कुमार चार गणेश चार नारायणचार बाराही चार महालक्ष्मी चार करुणामयचार भगवती६४शिवलिङ्ग
कुमार :- 
 

             कुमार कार्तिक भगवान शिव र भगवती पार्वतीको पुत्र हुन् ।  उनको  बालक स्वरूपको एउटा रहस्य छ ।भगवान कार्तिक छवटा बालक रूपमा जन्मको थियो  उहाँको पालनपोषण कृतिका (सप्त ऋषिको पत्नि) ले गरेका थिइन् |
संस्कृत ग्रंथ अमरकोष अनुसार कुमार कार्तिकको निम्नानुसर नाम रहेका छन् :-
१. कार्तिकेय                                  २. महासेन
३. शरजन्मा                                  ४. षडानन
५. पार्वतीनन्दन                              ६. स्कन्द
७. सेनानी                                       ८. अग्निभू
९. गुह                                           १०. बाहुलेय
११. तारकजित्                               १२. विशाख
१३. शिखिवाहन                             १४. शक्तिश्वर
१५. कुमार                                     १६. क्रौञ्चदारण
 


परिवार
बुबा - भगवान शिव
आमा - भगवती पार्वती
भाई - गणेश (छोटे भाई)
बहिनी - अशोक सुन्दरी
पत्नि - देवसेना (कुमारी)
वाहन - मोर (संस्कृत - शिखि)


                                                                                                                                                                                                   
 सूर्यविनायक

            काठमाडौं उपत्यकामा रहेका चार विनायकहरू मध्ये एक हो- सूर्यविनायक । सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ। सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। हरियाली रमणीय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकीय एवं वनभोज स्थलको रूपमा पनि प्रख्यात छ। सूर्यविनायकको जंगलमा ९९ प्रजातिका चराचुरुङ्गी पाइने हुनाले यो स्थलले चरा अवलोकनको लागि पनि क्रमशः प्रसिद्धि पाउँदै आएको छ।
 
यो मन्दिर अरनिको राजमार्गको सूर्यविनायक चोकबाट करिब २ किलोमिटर दक्षिणमा छ। भक्तपुर दरबार क्षेत्रदेखि दक्षिण दिशामा घना जंगलको बीचमा रहेको यो मन्दिर पुग्न केही उकालो चढ्नुपर्छ। मन्दिरको द्वार अगाडिको अग्लो सिँढी चढेपछि मूल मन्दिर भएको स्थानमा पुगिन्छ। पूर्वतिर फर्केर रहेको मन्दिर अगाडि फराकिलो ढुंगा छापिएको खाली भाग छ, जहाँ दर्शनार्थीहरू लाममा बस्छन्। मन्दिरको बायाँ भागमा रहेको सत्तलमा दैनिक भजनकीर्तन गरिन्छ। मन्दिरको दाहिने भागमा रहेको ढुङ्गेधारा सूर्यविनायकलाई जल चढाउने कार्यमा प्रयोग गरिन्छ। यो मन्दिरको अगाडि रहेको मुसाको स्तम्भ आकर्षक छ।
 
इँट्टाद्वारा निर्मित सूर्यविनायकको मन्दिर शिखर शैलीमा निर्माण भएको छ। सेतो रंगको स्तम्भको गजुरबाट चारैतर्फफर्किएका धातुका र्सपका कारण मन्दिर शोभायमान देखिन्छ। मन्दिरको दायाँबायाँ धातुका चन्द्रसूर्य अङ्कित झन्डा छन्। सूर्यविनायक मन्दिरको निर्माण विक्रम संवत् १८९०को पौषशुक्ल सप्तमीमा पूरा भएको शिलालेखबाट प्रस्ट हुन्छ। मन्दिरअगाडि रहेका दुई सत्तलमा केही शुल्क तिरेर विवाह, बेलविवाह, व्रतबन्धजस्ता मांगालिक कार्य गर्न पाइन्छ। विवाह-व्रतबन्ध गर्नका लागि शुल्क तोकिएको भए पनि भक्तजनले इच्छाअनुसार दिने गरेका छन्।
 
मन्दिरको गर्भभित्र शिलारूपी गणेशको मूर्ति छ। त्यही मूर्तिलाई भक्तजनहरू सूर्यविनायकका रूपमा पूजा गर्छन्। गणेशको मूर्तिलाई धातुकलाको उत्कृष्ट रूपमा सिंगारिएको छ। मन्दिरको दाहिनेतिर विभिन्न देवीदेवताका मूर्ति छन्। दर्शनार्थीहरूलाई समेत घामपानी आदिबाट बचाउने गरी राखिएको पित्तले छानाको तल्लो भागमा विभिन्न बुट्टासँगै गणेशको आकर्ष मूर्ति छ। सूर्यविनायकबाट केहीमाथि डाँडामा माताको मन्दिर छ। बोली नफुटेका कतिपय शिशुलाई माताको दर्शन गराएपछि बोली फुट्छ भन्ने विश्वास छ।

जलविनायक 

जलविनायक काठमाडौंका चार विनायकमध्येको एक हो । जलको प्रतीक मानिने चोभार गणेश जलविनायक लाई स्थानीय भाषामा कोयना द्यो भन्ने गरिन्छ।
 
चोभार गल्छी ह्रासिकाप खोंचमा अवस्थित तीनतले पेगोडाशैलीको यस मन्दिरमा गणेशको मूर्ति भने सादा ढुंगामा पूजिन्छ। प्र्रत्येक मंगलबार र भाद्र महिनाको गणेश चौथीका दिन यहाँ विशेष पूजा गर्ने चलन छ। यसका अलावा उपत्यकाका चार गणेश दर्शन गर्ने भनी बेला-बेलामा विशेष पूजा गर्ने परम्परा रहेको छ। पौराणिक कथनअनुसार नेपालमण्डल अर्थात् काठमाडौं उपत्यका पानीले भरिएको बेला स्वयम्भू ज्योति दर्शनार्थ महाचीन तिब्बतबाट आएका बोधिसत्व माजुश्रीले चोभार ह्रासिकाप गल्छी काटेर पानी बाहिर पठाएको बताइन्छ। त्यससँगै यहाँ गणेशको मन्दिर स्थापना भएको किम्वदन्ती छ। चोभार गणेशस्थान नजीक माजुश्री गुफा छ। यही आधारले यहाँ चहलपहल भइरहन्छ। सँगै रहेको हिमाल सिमेन्ट कारखाना बन्द भएपछि यस क्षेत्रको वातावरण स्वच्छ बनेर आगन्तुकको संख्या वृद्धि हुन थालेको स्थानीय बासिन्दा पार्वती तुलाधर बताउनुहुन्छ।
 
ने.सं. ७२२मा निर्मित कोयना गणेश मन्दिर परिसरमा सुःखावती लोकेश्वर वरुण विष्णु सूर्य शिव पार्वती आदि देवीदेवताको मूर्तिसमेत प्रतिस्थापन गरिएको छ। परम्परागत शैलीमा सिंगारिएको धातुको पेगोडाशैलीयुक्त छाना आकर्षणको अर्को पाटो हो। मन्दिरको प्रवेशद्वारको दायाँ बायाँ दुई वटा सिंह र होचो स्तम्भमा गणेशको वाहन छुचुन्द्रो र टुँडालमा अष्टमातृका अष्टभैरव कुँदिएका छन्। कोयना गणेशलाई लड्डु पेंडा होइन राँगा हाँस कुखुरा आदिको पशुपक्षी बलि दिने मौलिक परम्परा छ।

 

चन्द्रविनायक

उपत्यकाको चार विनायक मध्ये एक चावहिल गणेश यस मन्दिरमा कार्तिकमा मनाइने ‘धुनि जगाउने’ जात्रा काठमाडौंको महत्वपुर्ण जात्रा मानिन्छ। यस क्षेत्रकै ठूलो पर्वका रूपमा रहेको नेवार समुदायमा प्रचलित यस जात्रा नेपाल संवत ८००/८०४ देखि भुपालेन्द्र मल्लकै पालाबाट मनाउन थालिएको इतिहास तथा संस्कृतिविद्हरूको ठम्याई छ |
 
कात्तिक पूर्णिमादेखि कात्तिक कृष्णपक्षको तृतियासम्म काठमाडौंको चाबहिल गणेश मन्दिरमा हरेक वर्ष ४ दिन मनाइने चन्द्रविनायक तथा भैरवनाथको जात्राको पहिलो दिन कात्तिक पूर्णिमाको साँझ मन्दिर परिसरमा ठूलो धुनि बाल्ने गरिन्छ। जसलाई ताप्दा स्वास्थ्यलाभ र पुण्यलाभ मिल्ने धार्मिक मान्यता रहँदै आएको छ। यसै दिन चाबहिल, कुटुवहालमा शाक्यहरूले कुल देवताको पूजागरी त्यहाँ रहेको जम्बक राजा (स्याल देवता)को प्रस्तर मूर्तिलाई भातले मोडी पूजाआजा गरेर मूर्तिका अगाडि धुनि जगाई रातभर जाग्राम बस्ने चलन रहँदै आएको छ। त्यस्तै जात्राको दोस्रो दिन गणेश र भैरवको रथहरू सजाउने र साँझ जात्रा सम्बन्धी विशेष पूजा गर्ने गरिन्छ। सिन्दूर जात्राको रूपमा पनि चर्चित यस जात्राको तेस्रो दिनलाई मूख्य दिनका रूपमा मनाउँदै आएको छ। उक्त दिन विहान चन्द्रविनायक र भैरवनाथको खटहरू सरसफाई गर्ने, साँझ साँस्कृतिक द्धारेले पूजा गर्ने, गुठियारहरूले गजुर, गणेश र भैरवनाथको प्रतिमा ल्याई रथारोहण गराउने गरिन्छ। त्यस्तै सोही दिन बेलुकी द्वारेद्वारा गणेश र भैरवको रथमा सिन्दूर चढाएपछि स्थानीय बाजागाजा सहित गणेश र भैरवको उठाउने र नचाउने गरिन्छ। यस दिन रातभर रथहरूलाई मन्दिर वरपरका घर तथा चोकहरूमा राखेर पूजाआजा गर्ने गरिएको स्थानियवासीहरू बताउँछन्। जात्राको अन्तिम दिन रथहरूलाई विभिन्न चोक र स्थानहरूको परिक्रमा गराई राति द्धारेले गणेश र भैरवको मूर्तिमा पुनः सिन्दूर चढाई विधिवत रूपमा जात्राको समापन गर्ने गरिन्छ। यसैदिन जात्रा समापन गर्न दिनभर सिन्दूर जात्रा गर्ने प्रचलन रहि आएको जात्रा समन्वय समितिले बताएको छ।

कार्यविनायक

बुङ्मतीको कार्यविनायक उपत्यकाका चार विनायकहरू मध्य एक हुन्।
 
कार्यविनायक आकृतिविहीन सादा ढुंगामा पूज्ने परम्परा रहिआएको छ। भाकल गर्दा अन्य वैदिक सम्प्रदायले शिव र पार्वतीका सन्तानका रूपमा रहेका गणेशलाई लड्डु पेडालगायत सात्विक प्रसाद चढाउने परम्परा रहे तापनि तन्त्रपरम्परा उजागर भएको उपत्यकामा यहाँका गणेशलाई गणको प्रमुखका रूपमा लिइन्छ। सोही आधारले यहाँ भाकल पूरा गरेकाहरूले राँगा कुखुरा हाँस भेडा आदिको बलि दिने परम्परा छ।कठिन कार्य पूरा गराउनका लागि कार्यविनायकमा भाकल गर्ने चलन छ।
 
लिच्छवीकालभन्दा अगाडिदेखि यहाँ पूजा-आजा गर्ने चलन चलेको स्थानीय बूढापाका बताउँछन्। तर मन्दिरको औपचारिक स्वरूप भने ने.सं. ७८१मा बनेको मन्दिरअगाडि रहेको शिलालेखलाई आधार मान्दा प्रस्ट हुन्छ। कार्यविनायक मन्दिरको छाना पित्तल र तामा मिलाएर बनाइएको छ। छत्राकार शैलीमा निर्मित मन्दिरको प्रवेशद्वारमा चारतर्फ ढुंगे सिंह घण्टा छुचुन्द्रो मूर्ति प्रतिस्थापित देखिन्छ। मुसालाई गणेशको वाहनको प्रतीक मानिँदै आएको भए पनि यहाँ भने छुचुन्द्रोलाई प्रतीकका रूपमा प्रतिस्थापित गरिएको छ। भोजघरले घेरिएको यस मन्दिरमा भोज खाने भजन गर्ने तथा आराम गर्ने पाटी छ। बुङ्मतीको मूल थलोबाट केही पर खोकनातर्फ लाग्दा पिकनिक स्थलबीच कार्यविनायक मन्दिर अवस्थित छ। धार्मिक गतिविधिबाहेक शनिबार र अन्य सार्वजनिक बिदाका दिनमा यस क्षेत्रमा वनभोजका लागि आउनेको बाक्लो चहलपहल देखिन्छ।
 
 



हिन्दु धर्म अनुसार चार नारायण शक्तिशाली मानिन्छ । ति हुन् भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचँगुनारायण र ललितपुरको विशङ्खुनारायण । त्यसो त बिभिन्न चाडपर्वहरुमा यी नारायणस्थलहरुमा भक्तजनहरुको भिड लाग्छ । अन्य समयमा पनि यहाँ दर्शनार्थीहरुको प्राय: सधै भिडभाड नै हुन्छन । 

चाँगुनारायण

 

                   चार नारायण मध्येका प्रमुख एवम् पहिलो नारायण मानिन्छ भक्तपुरको चाँगुनारायण मन्दिर । उपत्यकामा रहेको चारनारायणको दर्शनमा जाँदा भक्तालुहरु पहिलो पटक भक्तपुरको चाँगुनारायण जाने गर्छन । चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालिन राजा हरिदत्त बर्माले ईसापूर्व ३२३ मा बनाएको भन्ने भनाई पाइन्छ । नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिरभक्तपुर जिल्लाको चाँगुनारायण गाविसमा अवस्थित छ ।

भक्तपुर नगरबाट ६ किमी उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।सस्कृतमा यिनलाई चम्पकनारायण भनिन्छ । चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। । लिच्छवी कालमा यस मन्दिरको नाम डोलाशिखर स्वामी थियो । चाँगुनारायण मन्दिर अवस्थित डाँडोको नाम डोलागिरी र यसको शिखरको स्वामीको रूपमा यिनलाई डोलाशिखर स्वामी भनिएको हो । मल्लकालमा यिनको नाम नेपाल भाषामा कथिन पुग्यो । नेपाल भाषामा ‘चाँप’लाई ‘च’ र ‘वन’लाई ‘गुँ’ भनिन्छ। त्यही चंगुनारायण अपभ्रंस भएर पछि चाँगुनारायण हुन गएको हो ।changu

चाँगुनारायण मन्दिरको निर्माण लिच्छविकालमा राजा हरिदत्त बर्माले गरेका भए पनि लिच्छविकाल मै अर्का राजा मानदेवको बि.सं ५२१ मा चाँगुनारायण मन्दिरमा गरुडको मुर्ति स्थापना गराइ अभिलेख राख्न लगाएका थिए । सोहि समयमा राजा मानदेवले चाँगुनारायण मन्दिरको गुठीको लागि जमीन चढाएको कुरा उक्त अभिलेखमा अंकित छ । राजा मानदेवले चाँगुनारायण मन्दिरमा आफ्नो र आफ्नो श्रीमतीको मुर्ति समेत प्रतिस्थापन गर्न लगाएका थिए।

यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो । यसको पेटी एक तल्लाको मात्र छ । मन्दिर दुई तल्लाको रहेको छ । दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् ।
 

शेषनारायण

राजधानीबाट दक्षिण फर्पिङ्मा पर्छ यो मन्दिर । उपत्यकाबाट करिब २० किमी टाढा पर्छ । यो मन्दिर लिच्छवी राजा बिष्णुगुप्ताले बनाएको बताइन्छ । यो १७ औ शताब्दीमा निर्माण गरिएको हो । तिज लगायत बिभिन्न चाडपर्वमा यहाँ भक्तजनहरुको भिड लाग्छ ।

sheshउपत्यकाको प्रसिद्ध शक्तिशाली दक्षिणकाली नजिकै फर्पिङमा शेषनारायणको मन्दिर पर्वतको खोचमा रहेको छ । पर्वतको पहराले नारायणको मन्दिरमा शेषनागले झैं ओडाइरहेकोले पनि शेषनारायण भनिएको भन्ने जनविश्वास छ ।

अत्यन्तै रमाइलो प्राकृतिक वातावरण र मनोरम दृश्यले भरिएको यस परिसरमा महादेवका साथै विभिन्न देवताका प्रस्तर मूर्ति पनि छन् । मन्दिरको तल्लो भागमा कुण्ड पनि छ । एकतले मन्दिरमा भित्र गरुडमा सवार भएका चार हात भएका नारायणको प्रस्तर मूर्ति रहेको छ । शिखर नारायणका नामले पनि परिचित शेषनारायणको मन्दिर भगवान् श्रीकृष्णका छोरा प्रद्युम्नले बनाएका हुन्, भनिन्छ ।

 

 

बिशंखुनारायण

बिशंखुनारायण मन्दिर ललितपुरमा पर्छ । हरेक वर्षको कार्तिक महिनामा पर्ने ठूलो एकादशी अथवा हरिवोधनी एकादशीको दिनमा यस नारायणस्थानको पनि दर्शन गरिन्छ । अन्य बेलामा पनि यहाँ दर्शनार्थीहरुको भिड लाग्छ । काठमाडौंबाट १० किलोमिटर टाढाको विशंखुनारायण उपत्यकाको दक्षिण–पूर्व कोणमा पर्छ ।bishankhu

गोदावरीबाट सीधा माथि पर्ने स्थानमा विशंखुनारायणको मन्दिर गुफामा रहेको छ । विशंखुनारायण भएको स्थानमा शंखको आकृति भएकाले नै विशंखुनारायण भनिएको जनविश्वास छ । चार नारायणमध्ये तीन नारायणका जस्तै यो मन्दिरमा चार हात भएको नारायणको मूर्ति छैन । यहाँ नारायण मानेर पूजा गरिने ढुंगाको अष्टदल मात्र छ । यसैलाई भक्तजनहरूले नारायण देवता भनी मान्ने हो ।

 


इचंगुनारायण

अर्को प्रशिद्ध नारायण हो- इचंगुनारायण । उपत्यकाको उत्तर–पश्चिम कोणमा इचंगुनारायणको मन्दिर काठमाडौंबाट ८ किलोमिटर टाढा छ । पैगोडा शैलीमा बनाइएको दुईतले मन्दिरको चारैतिर प्राकृतिक मनोरम दृश्य देखिन्छ । यस्तो प्राकृतिक मनोरम दृश्यसँगै सानो थुम्कोमा रहेको यो मन्दिरमा कुँदिराखेको कलाले मन्दिरलाई आजसम्म पनि आकर्षित एवं जीवन्त राखेको छ । ichangu

मन्दिरभित्र रहेको नारायणले चार हातमा शंख, चक्र, गदा र पद्म लिइराखेको छ । गरुडमा आसीन नारायणसँगै अन्य देवताहरूको मूर्ति पनि रहेका छन् । इचंगुनारायणको मन्दिर लिच्छविकालीन राजा हरिदत्त बर्माले बनाएका हुन् भनी वंशावलीमा उल्लेख गरिएको छ । हाल भएको मन्दिर भने १८औं शताब्दीमा बनाइएको हो ।

 

 
काठमाडौं उपत्यकामा चार प्रसिद्ध बाराही मन्दिर छन्— श्वेतबाराही, नीलबाराही, धुम्रबाराही तथा बज्रबाराही। यी मन्दिर नेवारी समुदायका लागि निकै महत्त्वपूर्ण मानिन्छन्।
वंशावलीअनुसार नेपाल संवत् ७ सय ८६ मा पाटनका राजा श्रीनिवास मल्लले ललितपुरको चापागाउँमा श्रीमाई बज्रबाराही देवीको देवगृह बनाई मन्दिर निर्माण गराएका थिए।
यो मन्दिरको प्रांगणमा रहेको राँगाको मूर्तिमा दूध चढाउने प्रचलन रहेको एक इतिहासकार  बताउँछन्। मन्दिरको दायाँपट्ट िनाग, मूलढोकाको दायाँबायाँ सिंहको मूर्ति, अगाडि
पित्तलको मण्डप र नजिकै राँगाको मूर्ति छ। आफ्नो घरमा भएका पशु बिरामी भए सोही राँगाको मूर्तिमा दूध चढाइने श्रेष्ठले जानकारी दिए। बज्रयान, तन्त्रयान तथा महायान
सम्प्रदायको धार्मिक विधिअनुसार पूजापाठ हुने उक्त मन्दिर क्षेत्रमा नेवार समुदायको बाहुल्यता छ। यो मन्दिर क्षेत्रको जंगलमा उम्रने घाँसपात घरमा ल्याउन नहुने तथा त्यसरी
ल्याइएको पात हावाले उडाएर बेलुका फेरि सोही जंगलमा पुर्याउने धार्मिक विश्वास पनि छ। यो मन्दिर बौद्ध तथा हिन्दूहरूको प्रसिद्ध धार्मिक स्थलका रूपमा प्रख्यात छ।
      
 

 

मध्यपुर थिमि बोडेस्थित महालक्ष्मी मन्दिर 

रेनराजेन

     काठमाडौं उपत्यका भित्रका चार महालक्ष्मीमा मध्यपुरथिमि नगरपालिका वडा नं १ बोदेस्थित भांगुटोलमा अवस्थित महालक्ष्मी एक हो । भांगुटोल ऐतिहासिक बोदे नगरको मध्यभागबाट उत्तरी किनारामा पर्दछ । महालक्ष्मी मन्दिर साँस्कृतिक, ऐतिहासिक र कलात्मक महत्वले ओतप्रोत भएको मन्दिर हो । मन्दिर प्रांगणको भव्यता र यहाँ स्थापना गरिएका विभिन्न स–साना मन्दिरले यसको महत्वलाई ईंगित गर्दछ भने यस प्रांगणमा सम्पन्न हुने विभिन्न साँस्कृतिक क्रियाकलापले यसको साँस्कृतिक महत्वलाई दर्शाउँछ । यसबाहेक मन्दिर परिसरमा भेटिने थुप्रै अभिलेखहरुले यसको ऐतिहासिकतालाई परिचय दिन्छ ।

ऐतिहासिक पृष्ठभूमि
         महालक्ष्मी मन्दिरको मूलद्धारको लिन्टलमा कुँदिएको विवरण अनुसार नेसं ७४९ मा समरसिंह र उनकी श्रीमतीले तोरण, इलां, कुंसा, चिकंअपा दान गरेको उल्लेख छ । यसबाट उक्त मन्दिर सोही सालमा बनेको अनुमान गर्न सकिन्छ यद्यपी यस मन्दिरसँग जोडिएका विभिन्न सांस्कृतिक क्रियाकलापहरुले त्यसअघि उक्त स्थानमा महालक्ष्मीको मन्दिर (?) वा मूर्ति हुनसक्ने अनुमान लगाउन सकिन्छ । त्यसैगरी नेसं ७७२ को अर्को अभिलेखमा उक्त मन्दिरको लागि दुईवटा सिंह प्रदान गरेको उल्लेख छ भने मन्दिरमा रहेको स्वर्णझ्याल नेसं ८१० मा बनाएको कुरा मन्दिरमा रहेको अर्को अभिलेखबाट थाहा हुन्छ । नेसं ८१३ को अभिलेखमा मन्दिरको विशेष पूजाको लागि ३२ रोपनी जग्गा चढाएको उल्लेख पाइन्छ । यसबाहेक नेसं ८३३, ८५७, ८६०, ८५९ अंकित विभिन्न उत्कीर्णपत्रहरुमा विभिन्न समयमा विभिन्न व्यक्ति वा दाताले यस मन्दिरको लागि थरीथरीका कलाकृति एवम् पूजा तथा गुथि संचालनको लागि जग्गा प्रदान गरेको विवरण पाइन्छ ।

सांस्कृतिक महत्व
      महालक्ष्मी मन्दिरको सांस्कृतिक पक्ष रोचक छ । स्थानीय जीवनशैलीमा यसले निकै ठूलो महत्व राख्दछ । विभिन्न चाडपर्व र अवसरमा गरिने पूजाआजा यस मन्दिरसँग प्रत्यक्षरुपमा सम्बन्धीत परम्पराले यसको महत्वलाई उजागर गर्दछ । वर्षभरी बोदे नगरक्षेत्रमा बनाइने विभिन्न चाडपर्वहरुमा यहाँ विभिन्न सांस्कृतिक क्रियाकलापहरु सम्पन्न हुन्छ । यसमध्ये हरेकवर्ष चैत्र मसान्तबाट प्रारम्भ हुने बिस्काजात्रामा यहाँ थुप्रै क्रियाकलापहरु सम्पन्न गरिन्छ । यस क्रममा महालक्ष्मी मन्दिर अघिल्तिर लिंगो ठड्याउने गरिन्छ । यसैगरी वैशाख १ गतेका दिन यस मन्दिरमा क्षमा पूजा गरिन्छ । जसलाई स्थानीय भाषा अन्नरश (चामलबाट निर्मित एक प्रकारको अमल) चढाउने भनिन्छ । यो कार्य स्थानीय पश्ताः गुथिमार्फत् सम्पन्न गर्दछ । यसक्रममा १२ कुरुवा चामलबाट निर्मित अन्नरशलाई मन्दिरको अघिल्घिर ल्याई चढाइन्छ र गुथियारले आफ्नै घरमा बुनेको ३२ हात लामो ध्वजापताका चढाइन्छ । यसक्रममा मन्दिरको टुप्पामा पुगेर गुथियारले उक्त पताकाको एक छेउ गजूरमा बाँधेर खसाल्छ । तर उक्त पताका मूलगुरुले ओढ्नेमा थाप्ने गरिन्छ । उक्त पताका ओढ्ने परेन वा भुईमा खसेमा देशमा विघ्नबाधा पर्छ भन्ने स्थानीय जनविश्वास रहेको पाइन्छ । सोहि दिनको साँझपख उक्त अन्नरशलाई गुथि थाकुलिं (गुथियारमा सबभन्दा जेष्ठ व्यक्ति) को उपस्थितिमा ३ मानाको सोमा (एक प्रकारको घैंटो) मा सारेर मन्दिर भित्रको महालक्ष्मी र भैरवनाथको मूर्तिको बीचमा रहेको सानो खाल्टोमा खन्याइन्छ । यसलाई स्थानीय भाषामा गलः थनेगु (खाल्टो भर्ने) भनिन्छ । कुनै वर्ष उक्त खाल्डो ४–५ घैंटोले भरिन्छ भने कुनै वर्ष २०–२२ घैंटा भर्नुपर्दछ । यसरी खन्याउँदा धेरै घैंटो लाग्यो भने उक्त वर्ष वर्षा राम्रो नहुने बेलैमा धान रोप्ने नपाइने अनुमान लगाइन्छ । यसबाट स्थानीय जनजीवीकामा समेत महालक्ष्मी मन्दिरको प्रभाव र महत्व रोचक एवम् महत्वपूर्ण रहेको पाइन्छ ।

महालक्ष्मी मन्दिरको साँस्कृतिक महत्वको चर्चा गर्दा बिस्का जात्रामा बोदे नगरभित्र सम्पन्न हुने ८ देविदेवताहरुको खतयात्राको नेतृत्व यिनै महालक्ष्मीले गर्दछ भने बिस्काजात्रा कै क्रममा बैशाख २ गतेका दिन सम्पन्न हुने प्रसिद्ध जिब्रो छेड्ने जात्रासँग पनि यसको सम्बन्ध अन्योन्याश्रित रहेको छ । यस क्रममा जिब्रो छेडिसकेपछि नगरपरिक्रमा पश्चात् सुइरोलाई यिनै महालक्ष्मी मन्दिर परिसरमा पुगेर निकाल्ने र मन्दिरको उत्तर पट्टिको मन्दिरको थाम, निदाल आदिमा ठोकिन्छ । यसबाहेक बोदेको प्रसिद्ध द्यःप्याखं (नीलबाराही नाच) महालक्ष्मी मन्दिर परिसरमा पुगेर विशेष नाच सम्पन्न गर्नुपर्ने परम्परा रहि आएको छ ।

कलात्मक महत्व
दुईतले पगोडा शैलीको यो मन्दिरको केही वर्षअघि मात्र जीर्णोद्धार गरिएको थियो । झिंगटिले छाएको यस अघिको छानालाई जीर्णोद्धारपछि तामाले छाएको छ । मन्दिरको सबभन्दा माथि तीनवटा गजूर प्रतिस्थापन गरिएको छ भने मन्दिरतिर अघिल्तिर पहिलो छानामा अर्को एउटा गजूर राखिएको छ । यसले उक्त मन्दिर प्रारम्भमा एक तले भएको पनि कालान्तरमा यसलाई दुईतले बनाइएको थाहा हुन्छ । झण्डै ४० फिट अग्लो मन्दिरको कलात्मक पक्ष निकै आकर्षक रहेको छ । मन्दिरको पहिलो छाना मुन्तिर कलात्मक बुट्टा कुँदिएको भोसुझ्याः (झुकेको सँझ्याः) बनाइएको छ । यसले मन्दिरको सौन्दर्यलाई निखारेको मात्रै छैन मन्दिरको अन्य भागलाई समेत प्रभावमा पारेको अनुभव हुन्छ । यस भोसुझ्याःको मुनि हरेक मोहडामा स्वर्णलेपन गरिएको पाताले मोडिएको बुट्टेदार एकमुखी तिकिझ्याः राखिएको छ भने दोस्रो छानामुन्तिर एकमुखी तिकिझ्याः देख्न सकिन्छ ।

मन्दिरभित्र झण्डै ३ फिट लामो दुईवटा शिलालाई घोप्ट्याएर राखिएको छ जसलाई भैरव र महालक्ष्मी मानिन्छ । यस शिलामाथि स्वर्णलेपन गरिएको छिफ्वः सहितको आकृति स्थापना गरिएको छ । छिफ्वःभित्र महालक्ष्मी, कुमारी र चामुण्डाको आकृति कुँदिएको छ भने यसको मुन्तिर दायाँबायाँ क्रमशः गणेश र कुमारको आकृति अंकित छ । उक्त मूर्ति एवम् शिलामाथिको छानामा स्वर्णलेपन गरिएको इलां राखिएको छ ।
मन्दिरको वरपर चाकःमतः राखिएको छ र मूलद्धारको दायाँपटि शिलास्तम्भमा घण्टा झुण्ड्याइएको छ भने बायाँपटि अर्को घण्टा झुण्ड्याइएको छ जुन अलिकति सानो छ । मन्दिरको अर्को आकर्षणको रुपमा नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोकेको सिंहको प्रतिमा रहेको छ । स्वर्णलेपन गरिएको तामाले मोडेको उक्त सिंहलाई अन्दाजी १५ फिट अग्लो कंक्रिटस्तम्भको टुप्पोमा प्रतिस्थापन गरिएको छ ।

(स्रोत – मध्यपुरथिमी डट कम)

१.पद्मपाणि लोकेश्वर                                              बुंगद्यो:                      यल

२.अमोघपाश लोकेश्वर                                           जनमाद्यो:                  जनबहा:,  यें

३.श्रृष्टिकान्ता लोकेश्वर                                         नाला करुणामय:           नाला,  भोंत

४.आनन्दादि लोकेश्वर                                           चोबहाःद्यो: ,               चोबहाः यें
 

रातो मच्छिन्द्रनाथको रथयात्रा
 
 
 
रातो मच्छिन्द्रनाथको रथ

करिब एक हजार ६०० वर्ष पुरानो मच्छिन्द्रनाथको रथजात्रा बैशाख शुक्ल प्रतिपदादेखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ। सो जात्राको विशिष्ट सांस्कृतिक एवं धार्मिक महत्व रहिआएको संस्कृतिविद बताउँछन्।पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा रहेको सो जात्रा वैशाखशुक्ल प्रतिपदादेखि सुरू भई असारशुक्ल चौथीमा समाप्त हुने गरेको छ|

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन्।

लोक कथन अनुसार टौदहका नागराज कर्कोटकले नागिनीको आँखाको रोग निको पार्ने किसान वैद्यलाई उपहारस्वरूप दिएको रत्नजडित भोटो किसान वैद्यले खेतको आलीमा राखी काममा व्यस्त भएको बेला हराएको र पछि मछिन्द्रनाथको जात्रा हेर्न भेला भएको भीडमा भूतले भोटो लगाएर आएको देखेपछि किसानले आफ्नो भोटो चिनेर दावी गर्‍यो। दुवैका बीचमा भोटो खोसाखोस गर्दै विवाद पर्‍यो। सो विवाद राजासमक्ष पुर्याउँदा लिच्छवी राजा गुणकामदेवले पर्याप्त प्रमाणको अभावमा भोटो कसको हो भनेर निर्णय गर्न सकेनन्।

उनले प्रमाण लिएर नआउन्जेल सो भोटो मछिन्द्रनाथको जिम्मा लगाए र रथमा राखेर अर्को वर्ष कसैको प्रमाण छ कि भनी जानकारी लिने उद्देश्यले त्यसलाई देखाए। सोही परम्पराअनुसार प्रत्येक वर्ष मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन सो भोटो कसको हो भनी रथको बुर्जाबाट गुठी संस्थानका अधिकारीले चारैतिर घुमाउँदै तीनपटकसम्म देखाउने प्रचलन रहिआएको छ। जात्राका प्रमुख अतिथिको उपस्थितिमा सिल तोडेर भोटो निकाल्ने र देखाइसकेपछि तत्कालै सिल गरेर राख्ने प्रचलन छ। संस्कृतिविद् सत्यमोहन जोशी कालो मखमलको कपडामा मणिमाणिक, बहुमूल्य नवरत्नजडित सो भोटोको दर्शन गर्नाले मानसिक चिन्ता हट्ने, शान्ति मिल्ने र शुभफलदायी हुन्छ भन्ने सांस्कृतिक मान्यता रहेको बताउँछन्।

 

रथको धःमाको अधिल्तिर राखिने भैरवको मुकुट पुनर्निर्माण गरी जात्रा गरी ल्याएको (दिन २०६९ भदाै १९ गते)

लिच्छवीकालीन राजा नरेन्द्रदेवको पालादेखि राजा(राष्ट्र अध्यक्ष) भोटोजात्राको प्रमुख अतिथि बन्ने परम्परा छ|

मछिन्द्रनाथको रथ स्थानीय वाराही जातिले निर्माण गर्नुपर्ने धार्मिक मान्यता रहिआएको छ। भुतप्रेत पन्छाउन भोटोजात्राको अघिल्लो दिन रथ वरिपरि भात छर्ने गरिन्छ। जावलाखेलको नाम पनि यही भात छर्ने प्रसङ्गसँग जोडिएको छ। नेपालभाषामा यो ठाउँलाई जा ह्वला ख्यः (भात छर्ने चौर) भनिन्छ जुन पछि अपभ्रंश भएर जावलाखेल हुन पुगेको हो। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङमतीको मन्दिरमा छ महिनाका लागि विराजमान गराउन लैजाने परम्परा छ।

सहकालका देवताका रूपमा मानिने मत्स्येन्द्रनाथ हिन्दू धर्मवलम्बीमध्ये शैव धर्मावलम्बीका नाथ सम्प्रदायका भगवान् हुन् भने बौद्ध धर्मावलम्बीमाझ श्री करुणामय वंगद्यः पद्मपाणि आर्यावलोकितेश्वर, लोकनाथ आदि नामले पुकारिन्छ। ललितपुर स्थित रातो मत्स्येन्द्रनाथको जात्राको सुरूआतमा सर्वप्रथम म्हेपिदों हालको म्हेपी डाँडाको माटोबाट श्री करुणामयको मूर्ति बनाइ कलशमा रहेको भँवरारूपी देवताको आत्मा त्यस माटाको मूर्तिमा प्रतिस्थापन गरिन्छ। विभिन्न तिथिमा विभिन्न किसिमका कर्म र कृत्य गरेपछि वैशाख कृष्ण प्रतिप्रदामा श्री करुणामयको न्हवं (स्नान) कार्य गरिन्छ। वैशाख शुक्ल प्रतिपदामा रथारोहण भई अक्षय तृतियाका दिन गौदान सहितको शान्ति स्वस्तीपश्चात् चौथी तिथिमा श्री मीननाथले पुल्चोक ललितपुरमा स्वागत गर्दै नगरबासीलाई श्री पद्मपाणी अवलोकितेश्वरको दर्शन दिलाउन र ललितपुर नगरको भ्रमण गराउन श्री करुणामय रातो मत्स्येन्द्र नाथको रथयात्रा आरम्भ गरिन्छ। यसरी रथयात्रा आरम्भ भएपछि नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बु·मतीमा लगेर राखिन्छ।

यस प्रकारले मनाउने मत्स्येन्द्रनाथको जात्राको सुरूआत र नेपाल मण्डलमा पदार्पण कुन रूपमा भएको थियो भन्ने कथन अनुसार मुलुकमा १२ वर्षसम्म पानी नपरी सुख्खा भई दुर्भिक्ष वा अनिकाल भएका कारण लिच्छवीकालका भक्तपुरका राजा नरेन्द्रदेव काठमाडौंका तान्त्रिक वज्राचार्य गुरु बन्धुदत्त र पाटनका किसान रथचक्रले करुणामयलाई आसामको कामरूपा कामख्याबाट ल्याएका हुन् भन्ने भनाइ छ। यिनीहरूले आपसमा सरसल्लाह गरी श्री सूर्य दक्षिणायण गरी १२ पक्ष अर्थात् ६ महिना बु·मतीमा राखेर श्री सूर्य उत्तरायण भरी १२ पक्ष अर्थात् पछिको ६ महिना मात्र पाटनमा राख्ने निधो गरे। पाटनबाट दक्षिणायण उक्त ठाउँ बु·मती रहेको र सो ठाउँबाट उत्तरायण पाटन क्षेत्र रहेका कारण ६ महिना पाटनमा र ६ महिना बु·मतीमा श्री करुणामय रातो मत्स्येन्द्रनाथको बासस्थान रहने प्रचलन अद्यापि छ। तर जयदेव द्वितीयको संवत्, १५७को पशुपतिको अभिलेखमा तिनलाई कामरूप विजय गर्ने भनी वणिर्त छ। जसबाट जयदेव द्वितीयले कामरूपबाट ल्याएका थिए भन्ने कुरा पनि सत्यताको नजीक देखिन्छ। सम्भवतः वि.सं. १६७८मा धार्मिक राजा श्री सिद्धिनरसिंह मल्लले नै ज्योतिषीबाट साइत हेराइ उत्तरायण र दक्षिणायण स्पष्ट जनाउन ६/६ महिना पाटन र बु·मतीमा राख्ने चलन चलाएको भन्ने भनाइ छ। रातो मत्स्येन्द्रनाथको स्थानान्तरण गरिएको प्रमाण स्वरूप मार्गशीर्ष योमहि्रः पुन्ही र पाटनको म·लबजारमा गाइने मेघः मल्हार राग र श्री करुणामय बुंगद्यबाट बुझ्न सकिन्छ। मत्स्येन्द्रनाथ बु·मतीबाट पाटनमा ल्याइँदा चौधौं शताब्दीमा बनाइएको मच्छिन्द्रवहाल (तःवहाल)को मन्दिरमा राखिन्छ र पाटनबाट बु·मती लैजाँदा सहरबाट अलि पर रहेको ज·लमा अवस्थित चौधौं शताब्दीतिरै बनाइएको शिखर शैलीको मन्दिरमा राखिन्छ।

नेपालमा रातो मत्स्येन्द्रनाथबाहेक लिच्छवीकालीन र मल्लकालीन समयमा स्थापित भएका अन्य चारवटा मत्स्येन्द्रनाथका मूर्ति र मन्दिरहरू रहेका छन्। त्यस अन्तर्गत काठमाडौंको सेतो मत्स्येन्द्रनाथ, नालाको सेतो मत्स्येन्द्रनाथ हुन्। त्यस्तै रातो मत्स्येन्द्रनाथमा पाटन, दोलखा र किर्तीपुर चोभारको मत्स्येन्द्रनाथ पर्दछन्। पाटन दोलखा र काठमाडौंका मत्स्येन्द्रनाथहरूलाई परम्परागत रूपमा रथमा विराजमान गराइ सहर परिक्रमा गराउने गर्दछन्। नालाको करुणामयको रथयात्रा ४/५ दशक अघिसम्म विद्यमान नै रहे पनि अहिले भने बन्द छ। चोभारको रथयनत्रा गराइँदैन। अन्य मत्स्येन्द्रनाथको दाँजोमा पाटनको मत्स्येन्द्रनाथको १२ वर्षे जात्रा गरिने हुनाले यो जात्राले आधिकारिकता प्राप्त गरेको छ।

बाह्र वर्षे मत्स्येन्द्रनाथ जात्राको समयमा बु·मतीमा रथ निर्माण गरी त्यहीँबाट रथ तानेर ल्याई ललितपुर नगरको साबिक बमोजिम परिक्रमा गराई सो रथलाई पुन बु·मतीमै पुर्‍याई समाप्त गरिन्छ। यो रातो मत्स्येन्द्रनाथ रथयात्रा सो समयमा दुई पटक पाटन जावलाखेल र बु·मतीमा भोटो देखाई समाप्त गरिन्छ। सो नियम सम्बन्धमा नेपाल संवत् ८५२मा लेखिएको ठ्यासफुमा उल्लेख भएको छ।

मत्स्येन्द्रनाथलाई नाथ सम्प्रदायका प्रमुख देवता भनिए पनि यिनी सबै धर्मावलम्बीद्वारा समान रूपले पूजित रही एउटै परब्रहृमाको रूपमा मानिएका छन्। उक्त कुरा नेपाल संवत् ७९२को सुवर्णपत्रमा नेपालका प्रख्यात कणर्ाट राजा श्री श्रीनिवास मल्लद्वारा ललितपुर बु·मती स्थित मत्स्येन्द्रनाथ मन्दिरको प्रवेशद्वारमा प्रतिस्थापित भएबाट प्रष्ट हुन्छ। यिनको उल्लेख ई.सं. १०१५को अभिनवगुप्तकृत तन्त्रालोकमा "तन्मे स मच्छेन्द्रविभू"को रूपमा मत्स्येन्द्रनाथको बारेमा वर्णन पाइन्छ। पर्वतिया वंशावलीमा पनि अनावृष्टिको कारण मत्स्येन्द्रनाथ कामरूपमा अवस्थित भएको कुरा स्पष्ट रूपले उल्लेखित छ।

गोपालराजवंशावलीमा "संवत् ५०७ वैशाष शुदि ४ श्री जयस्थितिराज मल्लदेव ठाकुरस त्रियपुत्र सहन वुगय यात्रा विज्याङ दिन १४ ..." भनी वर्णन गरेबाट १४ औं शताब्दी राजा श्री जयस्थिति मल्लले शरद ऋतुमा गरिने मत्स्येन्द्रनाथ जात्रालाई वसन्त ऋतुमा सञ्चालन गरिने परम्परा चलाएको अनुमान हुन्छ। नेपालको रथजात्रामध्ये सबैभन्दा ठूलो रथजात्रा व्यवस्थित र धेरै गुठी जग्गा भएको यस मत्स्येन्द्रनाथ जात्रामा बाहुन पूजारीले गौदानसहित शान्ति स्वस्ती गर्दछन् भने वज्राचार्यद्वारा हवन गरिन्छ। शाक्यद्वारा पूजाआजा गर्दछन् र ज्यापु समुदायले रथ तान्ने कार्य गर्दछन्। जात्राको अघिल्लो राती बाहुन क्षेत्री महिला लगायत अन्य जातका महिलाले पनि बत्ती जगाउने काम गर्दछन्।

रथजात्रा नुगःमा ललितपुरका तत्कालीन राजा श्रीनिवास मल्लले चलाएको र उनले नुगःटोलको विकास गरी नेपालसंवत् ७८१ -वि.सं. १७१८) देखि चलाएको मुनीन्द्ररत्न वज्राचार्यले 'नेपालका चार प्रसिद्ध करुणामय लोकेश्वर' पुस्तकमा उल्लेख गरेका छन् । पुस्तकमा नुगःमा मत्स्येन्द्रनाथको 'त्वाय् -मीत)' रहेकाले उनलाई भेट गराउन लगेको भन्ने पनि उल्लेख छ ।संस्कृतिविद् हरिराम जोशीले बुङ्मतीमा मत्स्येन्द्रनाथ मन्दिरको मूलद्वारमा ललितपुरका राजा श्रीनिवास मल्लले नेपाल संवत् ७९२मा राखेको सुवर्णपत्रमा 'मत्स्येन्द्र योगिना मुख्या' भनी संस्कृतभाषामा श्लोक लेखिएको उल्लेख गर्दै भने, 'मत्स्येन्द्रनाथ योगीहरूका मूख्य देवता हुन् । त्यसैले आश्विन कृष्णद्वादशी वा त्रयोदशीका दिन कानफट्टा योगीहरू मत्स्येन्द्रबहालमा आई रोटी दान गर्ने चलन चलेको हो ।'

३२ हात अग्लो, ३२ हात लामो र ३२ तलाको रथ अनि गुडाउने पाङ्ग्राको परिधीसमेत ३२ हातकै हुने पुरानो बास्तुकलाको नमुना र जिवित सम्पदा मानिने रातो मच्छिन्द्रनाथको रथलाई हरियो धुपीले सजाएर घुमाइन्छ| यति अग्लो रथ पल्टिए वा भाच्चिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ। तीन वर्षअघि(वि स्ं २०६६) रथ भाच्चिएका कारण शुरुदेखि निर्माण गर्नुपरेको थियो।

रातो मत्स्येन्द्रनाथको रथलाई बालकुमारी टोल चक्रबहिलनेरबाट लगनखेल पुर्‍याइए पछि राति रथअगाडि एक/एकवटा राँगा, बोका, जिउूदो माछा र हाँसको फुल बलि चढाएर महाबलि पूजा गरिन्छ र ३२ पानेजूद्वारा पञ्चरक्षाको पाठ पनि गरिन्छ। भोलिपल्ट तानेर नरिवल खसाल्ने ठाउँ थती टोल तर्फ चलाउनु अघि रथलाई लगनखेलस्थित खरिबोटको दुईपटक परिक्रमा गराइन्छ| रथ थती टोलस्थित नरिवल खसाल्ने ठाउू पुगेको भोलिपल्ट धान्यपूर्णिमामा पकाइने योमरी र ल्होंचामरीले रातो मत्स्येन्द्रनाथको अभिषेक गरेपछि पूजाअर्चना गरी रथको टुप्पोबाट नरिवल खसालिन्छ । नरिवल खसालेको भोलिपल्ट बिहान सबेरै 'याकःमिसा भूजया' भनी महिलाहरूले मात्र रथलाई तानेर त्यहाँबाट अलिपर थतीको चौबाटोमा पुर्‍याउूछन् ।नरिवल खसाल्ने दिनमा नै मत्स्येन्द्रनाथको देवाली दिन पनि तोकिन्छ । तोकिएको दिन कुलदेवता पूर्णचण्डी (सिद्धिलक्ष्मी) मन्दिरमा मत्स्येन्द्रनाथसहित बराहीको देवाली पूजा गरिन्छ । त्यसै दिन मंगलबजारको मणिमण्डपमा चार दिशाको चार थाममा चार जोशी बसेर रथलाई जावलाखेलतर्फ रथ तान्ने साइत हेरिन्छ र साइत नजुरेसम्म रथलाई त्यसै ठाउूमा विश्राम गराइन्छ । साइत जुरेको दिन रथलाई तानेर जावलाखेल पुयाइन्छ र त्यसको चार दिनपछि भोटोजात्रा हुन्छ । भोटोजात्रा सकिएपछि मत्स्येन्द्रनाथलाई खटमा राखी बाजागाजासाथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍याइनेछ । मीननाथलाई तानेर चक्रबहिलमा पुर्‍याएपछि पुल्चोकमा रथारोहण गराई सुरु गराइएको मत्स्येन्द्रनाथको रथयात्रा समापन हुन्छ| मत्स्येन्द्रनाथको महास्नान सकिएपछि तःबहालमा दसकर्म गरी नामकरण संस्कार गर्दा आर्याअवलोकितेश्वर भनी नामकरण गरे तापनि जनजिब्रोका करुणामय, रक्तावलोकितेश्वर, लोकनाथ, पद्मपाणि बुंगम लोकितेश्वर आदि विभिन्न नामबाट पुकारिन्छ । तर नेवार समुदायमा भने 'बुंग द्यः' नामबाट लोकपि्रय भएका छन् ।

रथ निर्माण

गुठियाहरूका अनुसार चैत पूणिर्माको दिन विधिवत पुजा गरेपछि भोलीपल्टदेखि रथ निर्माणको काम शुरु हुन्छ। तलामा राखिएका काठमा डोरी र बेत कँस्ने काम यँवालहरूको हो। काम शुरुभएपछि दशौं दिनमा बाराहीहरूले रथमा पाङग्रा जोड्छन् र धःमा-बाड्गो काठ) समेत राख्ने गर्छन्। लगातार तीन दिन बाराहीहरूले तला थप्ने काम गर्ने गर्दछन| ग एक क्विन्टलकोे बयामो भनिने गजुर राखिने भाग रथको टुप्पोमा पुर्‍याउनु निकै कठिन हुने भएकोले रथको तला-तलामा बसेका व्यक्तिहरूले टाउकोमा राखेर रथको माथिल्लो भागमा वयामो अड्याउछन्। रथ वनाउन ललितपुरको गोदावरी र हेटौडाको मनहरीबाट सान्दानको काठ ल्याइन्छ। बोसी थरका नेवारहरूले साइत हेराएर जंगल जाने, काठ काट्ने र तबहालस्थित गुठी संस्थानको कार्यालयअघि ल्याएर त्यसलाई आकार दिने गर्छन। १२ जनाको टोलीले रथ निर्माणको साईत शुरुहुनुभन्दा पहिले नै आफ्नो काम सम्पन्न गर्ने चलन रहेको छ|

अन्न र वृष्टिको देवता मानिने रातो मत्स्येन्द्रनाथको रथजात्राका लागि त्रयोदशी भुवनको प्रतीकका रूपमा तेह्र तला र बत्तीस लक्षणको हिसाबमा बत्तीस हातको रथ बेत र काठमात्र प्रयोग गरी पुल्चोकमा तयार पारिन्छ| दुई सातादेखि रथ निर्माण थाली विभिन्न प्रक्रिया र धार्मिक विधिसँगै क्षमापूजा गर्ने र रथारोहण सकिएपछि अक्षयतृतीयाका दिन मृतकहरूका आत्माले सजिलै वैतरणी नदी तरुन् भन्ने कामना गर्दै मत्स्येन्द्रनाथको रथ अगाडि गाई दान गरिने गरिने परम्परा छ । त्यसको भोलिपल्ट (वा कहिले काहि तिथिको कारण त्यही दिन ) साईत अनुसार अपरान्हमा पाटनको आठ टोलबासीले रथ तानेर गावाहालतिर तानिन्छ|रथ तान्ने शुरु गर्ने दिन गुरुज्यूको पल्टनले विगुल बजाएर हर्षबढाई गर्ने चलन छ। रथारोहण गराउन मूर्तिलाई तःबहालस्थित मन्दिरबाट खटमा राखी पुल्चोक पुर्‍याउने चलन छ । त्यसै अवसरमा मत्स्येन्द्रनाथका बाबु भनिने मीननाथलाई पनि चक्रबहीबाट सानो रथमा राखेर गाःबहाल पुर्‍याइनेछ । मीननाथको रथलाई अघिअघि लगाएर मत्स्येन्द्रनाथको रथलाई पछि तान्ने चलन छ । साथमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक खड्गलाई पनि छत्रले ओढाई राजकीय सम्मानका साथ लगिने चलन छ । मूर्तिलाई पुल्चोक लग्नुअघि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवको ऐतिहासिक खड्गलाईर् भक्तपुर राजदरबारबाट छत्रले ओढाइ म्वाली (सहनाई) र नायखी बाजा बजाई मत्स्येन्द्रनाथको मन्दिरभित्र लगेर कोतः पूजा गरिनेछ । ललितपुरकी जीवित देवी कुमारीलाई पनि हख बहालको मूलढोकामा राखिन्छ । जात्रामा बाजागाजा र सार्दूलजंगको पल्टन सम्मिलित हुने गरेको छ ।रथ गाःबहाल पुगेकै रातमा 'छोय्ला भू' भनी भोजको आयोजना गर्ने र समय् बजी बाँड्ने परम्परा छ । मंगलबार बिहान भक्तजनहरूले मत्स्येन्द्रनाथको पूजाअर्चना गरी काँसको थालमा चामल चढाउने चलन छ ।गाःबहाल जात्रापछि मीननाथको रथ अगाडि र मत्स्येन्द्रनाथको रथ पछिपछि तान्दै महापाल, मंगलबजार, सुन्धारा, महाबौद्ध, थैना, टंगल हुँदै थतीटोल पुर्‍याइन्छ ।

भारतबाट झिकाइएको नरिवलको वनकेरा र नरिवलको जटाले बनेको डोरीले रथ कँस्ने काम हुन्छ। पाङ्ग्रा र रथको तला जोड्ने काठलाई गठामह भनिने चिरुवा वेतको मुठोले कसिन्छ। रथ निर्माणमा लागि गुठी संस्थानले सञ्चालन गरेको गुठीबाट गुठीयार कामदारले सुविधा र पारिश्रमिक पाउछन्।रथ निर्माणमा यँवाल थरका नेवार गुठियारले बेत कँस्ने र बाराही थरका गुठियारले काठसम्बन्धि सम्पूर्ण काम गर्छन। रथको धःमा र पाङ्ग्रा सिंगार्न चार जना चित्रकारको समूह हुन्छ। नेकु भनिने कलाकारले सुनको कोदालो प्रयोग गरेर स्वयम्भुबाट ल्याएको माटोबाट रातो मच्छिन्द्रनाथको मूर्ति बनाउँछन्। जात्राको बेलामा भक्तजनले अनियन्त्रित ढंगले रथ ताने त्यसलाई रोक्न काठको 'बे्रक' (घकु) लगाउने छुट्टै समूदाय हुन्छ। रथ निर्माणमा आइपर्ने फलामको काम गर्ने नकर्मीको गुठी हुन्छ, दशौ क्विन्टलको तौल हुने विशाल रथमा एउटापनि फलामको किला प्रयोग गरिदैन। जात्राको क्रममा रथमा जम्मा भएको फोहोर व्यवस्थापन गर्नेहरूको टोलीसमेत छुट्टै हुन्छ।

काठ र बेतको कुशल संयोजनबाट रथ मजवुत हुने बताउने कालिगढ का अनुसार पाङ्ग्राले ओगटेको क्षेत्रको अनुपातमा अग्लो हुने रथ आधा ढल्कदा समेत पल्टिदैन। निकै अग्लो र सन्तुलित ढंगले निर्माण हुने रातो मच्छिन्द्रनाथको रथ विश्वको उत्कृष्ट कालीगढी नमुनामा पर्छ। पुल्चोकमा रथारोहण गराएपछि सुरु भएको मत्स्येन्द्रनाथको जात्रा लगनखेलमा भोटो देखाई मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि रथजात्रा समापन हुन्छ । यो जात्रा मुलुकभरिमा मनाइनेमध्ये लामो मानिन्छ । 

सेतो मच्छिन्द्रनाथ
 

 

               किम्बदन्ती अनुसार परापूर्व कालमा जमल क्षेत्रको खेतमा एक जना ज्यापुले खेत खन्दा सेतो मच्छिन्द्रनाथको मूर्ति फेला पारेका थिए। उक्त मूर्तिलाई घर लगी धानको भकारीभित्र लुकाइराख्दा त्यस भकारीबाट जति धान झिक्दा पनि नसकिएपछि मूर्तिलाई अन्नदाता ठहर्‍याई जनबहालमा स्थापना गरिएको किम्वदन्ती छ। सोही परम्परा अनुसार हालपनि मूर्ती फेला परेकै स्थान जमलमै रथ बनाउने चलन छ। उपत्यकामा जनबहाल र बनेपा, नालाको सेतो, ललितपुरको बुङमति र चोभारको रातोसहित चार वटा मच्छिन्द्रनाथ छन्। धार्मिक सहिष्णुताको प्रतिक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरका रूपमा पुज्ने परम्परा छ। बर्षा र सहकालका देवता मानिने आर्याअवलोकितेश्वरको मुर्तिको रथयात्रा गरी मनाइने जात्रा हो। उपत्यकाका बृद्धबृद्धालाई दर्शन गराउन रथलाई नगर परिक्रमा गराउने चलन छ। करुणामय र आर्याअवलोकितेश्वरको नामबाट पनि चिनिने सेतो मच्छिन्द्रनाथलाई जनबहालबाट नगरपरिक्रमा गराई जमलमा बनाइएको रथमा प्रतिस्थापन गराइएपछि नगर परिक्रमा गर्ने प्रचलन छ। अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीन पटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ।

(स्रोत-स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)

शोभा भगवती 

परिचय
शोभा भगवती काठमाडौंको पश्चिममा बिष्णुमति नदीको किनारमा रहेको पबित्र देवी पिठ हो |
"ऊँ ह्रीं स्वाहा भगवत्यैय नमः" भन्ने स्तोत्रले सबै भक्तजनलाई स्वागत गर्ने प्यागोडा शैलीमा रहेको यो मन्दिरमा श्रद्धालु भक्तजनहरूको प्रशस्त घुइँचो लाग्ने गर्दछ। एतिहासिक महत्व राख्ने भगवतीको मूर्ति साढे दुई फिट उचाइको प्रस्तर मूर्ति हो। मूर्तिमा भगवतीको बयान गर्दा विविध आयुधहरू समातेको, महिषासुरको दमनको रूपमा छ। यो शोभाभगवतीको मूर्ति तान्त्रिक आधारमा बनाएको छ। तन्त्रशास्त्रमा यिनीलाई 'वगला' पनि भन्ने गर्दछन्। नेपालीहरूको जनजीवनमा अत्यन्त शुभकारिणी भगवती भनेर मान्ने यी भगवतीलाई शुभाभगवती पनि भन्ने गरेको छ। नवौँ शताब्दीतिर मातृका देवीको अनेकौँ मूर्तिहरू बनाउने सिलसिलामा शोभाभगवतीको पनि स्थापना गरेको अनुमान छ। नेपालमा शक्तिपूजाको परम्परा निकै पुरानो छ। उसबेला भक्तजनहरू गाउँगाउँ, टोलटोल, पीठपीठमा, मूलबाटो, देवालय, मन्दिरमा शक्तिपूजाका लागि देवदेवीहरूको मूर्ति स्थापना गरेको हुन्छ। नेपालमा पनि शक्तिपूजाको सुरुवात निकै पुरानो भएकोले विभिन्न भगवतीहरूको स्थापनाको सिलसिलामा शोभाभगवतीको पनि स्थापना भएको हुनुपर्छ।
 
प्रतिमा स्वरूप
पलाञ्चोक भगवती, नक्शाल भगवती र शोभा भगवतीको प्रतिमा एकै शिल्पकारले बनाएको किम्बदन्ति रहेको छ | मूर्तिकारहरूले यसमा आफ्नो कुशल कलाकारिता देखाएकोले पनि भगवतीको मूर्ति निकै प्रभावशाली भएको छ। नेपालमा प्राचीनकालदेखि नै प्रसिद्धि पाएका चार भगवतीहरूमा गुहृयकाली, दक्षिणकाली, बज्रयोगिनी र शोभागवती उल्लेख्य छन्।
 
तन्त्रशास्त्रमा शोभाभगवतीलाई बगला मानेकोले यसका प्रमुख तीन लक्षणहरू शास्त्रमा उल्लेख गरिएको :-
 
तातो सुनको जस्तो वर्णकी, चतुर्वाहु, त्रिनेत्र, कमलमाथि बसेकी, दायाँ बाहुमा मुद्गर र पास, बायाँ बाहुमा जिभ्रो र बज्र लिएकी पीताम्बरा हेमकुण्डला अर्धचन्द्र शेखरा पीतभूषणा स्वर्णसिंहासनस्थित वृत्त पीनधनस्तनी बगलाको ध्यान गर्नुभएको।
दुई बाहुकी, बायाँ हातमा शत्रुको जिभ्रो र दायाँ बाहुमा मुद्गर लिएकी, पीताम्बरा, क्षीरसमुद्रको माझको मणिमण्डपको रत्न सिंहासनमा विराजमान बगलाको दोस्रो रूप हो।
सुवणरासना त्रिनेत्रा पीताम्बरा, सुरर्णवणरा चन्द्रार्धमुकुटा चाँपको फूलको माला लाएकी, चतुर्बाहुमा मुद्गर, पाश, वन्धन र रशना धारण गरेकी बगला अर्को रूप हो।
परापूर्वकालदेखि नै दुःख, दरिद्र, युद्धमा विजय, शत्रुको संहार, कामकाजमा सफलता, पदोन्नति, साहसिक कार्यका लागि भगवतीको आराधना गर्ने नेपालीको धार्मिक आस्था हो। समय-समयमा पौराणिक देवदेवीहरूले विभिन्न रूप धारण गरेका हुन्छन्। धार्मिक क्षेत्रमा स्त्रीशक्तिको निकै महत्वपूर्ण स्थान छ। सर्वोत्तम शक्तिको उपासना स्त्रीको रूपमा हुन्छ। यसैले हरेक भगवती मन्दिरमा हिन्दू र बौद्ध धर्मावलम्बीहरूको घुइँचो लाग्ने गर्दछ। यो नेपाली समाजको धार्मिक समन्वय, सहिष्णुता र सहअस्तित्वको पहिचान हो।
 
किम्बदन्ती
शोभाभगवती मन्दिरको एउटा विशेषता के छ भने यस मन्दिरभित्र भगवतीको मूर्तिका पछाडि सँगै जोडिएको एउटा बौद्ध चैत्य छ। यो बौद्ध चैत्य रहनुमा किंवदन्ती नै छ। कुनै समयमा गर्जु बज्रबाद आˆना शिष्यहरूले हैरान गरिरहँदा दिक्क भएर भचाखुसी (निर्मल तीर्थ) नजीकैको कर्णदीपमा ध्यान बस्दाबस्दै त्यहाँ बालुवाको विशाल चैत्य निर्माण गरियो तर त्यस चैत्यलाई कोही विध्वंसकारीहरूले भत्काइदिँदा सोही चैत्यबाट शोभाभगवती प्रकट भई यस्तो चैत्य भत्काइनुहुन्न भन्ने आज्ञा दिइयो। सो चैत्य यथास्थितिमा राखियो। आजसम्म पनि सो चैत्य शोभाभगवती मन्दिरसँगै जोडिएर रहेको देख्न सकिन्छ। यस्तै यस शोभाभगवती मन्दिरको दक्षिण भागको माथिल्लो स्थानमा प्रसिद्ध विजयश्वरी देवीको मन्दिर छ। यो शोभाभगवतीस्थित चैत्य र यहाँ रहेको विजयश्वरी देवी -विद्याधारी) सँग पनि प्रगाढ सम्बन्ध रहेको छ। बाला चतुर्दशीका दिन विजयश्वरी देवीको गरगहना मात्र बाहिर ल्याई जात्रा गर्ने चलन छ। यस्तै, बाह्र वर्षे मेलाको अवसरमा भित्र आगम् (बही) बाट मूर्ति नै बाहिर ल्याई निर्मल तीर्थ -भचाखुसी)मा ल्याई महास्नान गराई शोभाभगवतीसँगै भित्र रहेको बौद्ध चैत्यमा पूजाआजा गरी जागा गर्ने चलन यद्यपि छँदैछ।
 
पूजाआजा
निक्कै प्रसिद्धी पाएको शोभाभगवती मन्दिर भित्र श्रीदुर्गा सप्तशती, श्रीअर्गलस्त्रोत्र प्रथम श्लोक "मार्कण्डेय उवाच : जयन्ती महाकाली, भद्रकाली कपालिनी दुर्गाक्षमा शिवाधात्रि स्वाहा स्वधानमोस्तुते" जस्ता मन्त्रोचारण भित्तामा कोरिएको छ। मन्दिर वरिपरि अष्टमातृका-ब्राम्ही, वैष्णवी, माहेश्वरी, बाराही, इन्द्राणी, कौमारी, चामुण्डा र महालक्ष्मीका मूर्तिहरू कुँदिएका छन्। यस्तै, नवदुर्गा ब्रम्हचारिणी, एक स्कन्ध माता, कृष्माण्डा, चन्द्रघण्टा, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री र अन्य मूर्तिहरू ठाउँठाउँको भित्तामा कुँदिएका छन्। कलाकारिता पूर्णरूपमा सजिएको तोरण र अन्य महाकाल मूर्तिले शोभा दिएको छ। जसरी नेपालका बौद्ध बज्राचार्यहरू, काल भैरव, स्वेत भैरव, महाकाल भैरव, सङ्कटा, पलाञ्चोक भगवती, नुवाकोट भगवती, मनकामना भगवतीको पूजारी भएझैँ यहाँ शोभाभगवतीको नित्य पूजा गर्ने पूजारीमा मखनबहालका एक बज्राचार्य परिवारले गर्दै आएका छन्। बौद्ध भइकन पनि हिन्दू देवदेवीहरूको पूजारी हुनु यहाँको आफ्नै विशेषता छ।
 
बर्सेनि विजयादशमी, नवरात्रिको अवसरमा द्वितीयापूर्वका दिन निर्मल तीर्थ भचाखुसीमा नवरात्रि मेला लाग्दछ। दसैँको अवसरमा सबै दिन भक्तजनहरू पूजापाठका लागि शोभाभगवती दर्शन गर्न आउँछन्। बर्सेनि मङ्सिर कृष्णपक्षको चतुर्दशी 'बालाचतुर्दशी'को दिन छवटा देवदेवीका जात्रामा शोभाभगवतीको मूर्ति पनि रथमा राखी विधिपूर्वक जागा गरी नगर परिक्रमा गराइन्छ।
 
शोभाभगवती वरिपरि विभिन्न मसानघाटहरूमा नजीकै कर्णदीप छ भने पूर्वतिर खोलापारि इन्द्रायणीघाट छ। साथै यहाँ विशाल इन्द्रायणी मन्दिर छ, जसलाई लुती अजिमा भन्ने गर्दछन्। यसैले यो ठाउँको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व रहेको छ। यस शोभाभगवतीको संरक्षणार्थ धेरै वर्ष अघिदेखि नै प्रयास हुँदै आएको छ। सबैको कल्याण भई शुभकार्य गरिदिने, शोभाभगवती मन्दिरको जीर्णोद्धार पहिलेदेखि नै हुँदै आएको छ। हाल शोभाभगवतीको संरक्षणको लागि व्यवस्था गर्न विभिन्न समितिमा 'शोभाभगवती देवस्थल संरक्षण समिति २०३८' शोभाभगवती विजेश्वरी तथा इन्द्रायणी विकास समिति गठन गरिएको पाइन्छ। यहाँ धेरै अघिदखि दैनिकरूपमा विभिन्न देवदेवीहरूको स्त्रोत्रको भजन गर्दै आएका छन्। निकै प्रसिद्धि पाएको शोभाभगवती मन्दिरमा आ-आफ्नो मनोकामना पूरा गर्न विभिन्न पूजा र बलि चढाउन आउनेहरूको घुइँचो हुने गर्छ। अझ विशेष गरेर कर्मचारी वर्ग पदोन्नतिका लागि श्रद्धापूर्वक भगवतीको दर्शन गर्न आउँछन्। धार्मिक विश्वासका कारण धर्मप्रति आस्था राख्ने नेपालीहरूको शुभकार्य गरिदिने शोभाभगवती देवीले सबैको कल्याण गरेकीले दर्शनार्थीहरू झन्झन् बढ्दै गएका छन्। कोही शुभविवाह गर्न, कुनै पूजा गरी भोजभतेर गर्न पनि अचेल यहाँ आउने गर्छन्।
 

  (स्रोत-स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट)

नेपालमंडलको विभिन्न स्थानमा विद्यमान  भई रहेका ६४ शिवलिङ्गहरु

क्र.सं.    महादेवको नाम                                            जिल्ला                                                स्थान
१.      श्री कुशेश्वर महादेव
२.      श्री भीमेश्वर महादेव
३.      श्री काफेश्वर महादेव
४.      श्री कश्यपेश्वर महादेव
५.      श्री फटिकेश्वर महादेव

६.      श्री चंण्डेश्वर महादेव
७.      श्री धनेश्वर महादेव
८.      श्री विकतेश्वर महादेव
९.      श्री इन्द्रेश्वर महादेव
१०.     श्री भालेश्वर महादेव
११.     श्री गुप्तेश्वर महादेव
१२.     श्री तीलेश्वर महादेव
१३.     श्री चंपेश्वर महादेव
१४.     श्री रामेश्वर महादेव
१५.     श्री कालेश्वर महादेव
१६.     श्री नटारंभेश्वर महादेव
१७.     श्री उदारकेश्वर महादेव
१८.     श्री गोपलेश्वर महादेव
१९.     श्री चंपेश्वर महादेव
२०.     श्री उन्मत्तेश्वर महादेव
२१.     श्री नन्दिकेश्वर महादेव
२२.     श्री गोखुलेश्वर महादेव
२३.     श्री पण्डुकेश्वर महादेव
२४.     श्री कूटेश्वर महादेव
२५.     श्री अशितेश्वर महादेव
२६.     श्री भैरबेश्वर महादेव
२७.     श्री ब्रम्हेश्वर महादेव
२८.     श्री स्कन्देश्वर महादेव
२९.     श्री शतरुद्रेश्वर महादेव
३०.     श्री काकेश्वर महादेव
३१.     श्री मणिचूडेश्वर महादेव
३२.     श्री जोगेश्वर महादेव
३३.     श्री नारायणेश्वर महादेव
३४.     श्री जोतिलिंगेश्वर महादेव
३५.     श्री रत्नचूडेश्वर महादेव
३६.     श्री बागीश्वर महादेव
३७.     श्री किलेश्वर महादेव
३८.     श्री बाल्मीश्वर महादेव
३९.     श्री मंगलेश्वर महादेव
४०.     श्री बिमलेश्वर महादेव
४१.     श्री अनन्तलिंगेश्वर महादेव
४२.     श्री विश्वरुपेश्वर महादेव
४३.     श्री सोमलिंगेश्वर महादेव
४४.     श्री गोभराटेश्वर महादेव
४५.     श्री भ्रिंगेश्वर महादेव
४६.     श्री त्रिलिंगेश्वर महादेव
४७.     श्री कुपितेश्वर महादेव
४८    . श्री सर्ब्बेश्वर महादेव
४९.     श्री गोलेकेश्वर महादेव
५०.     श्री चंडन भरोतेश्वर महादेव
५१.     श्री यक्षश्वर महादेव
५२.     श्री चण्डिकेश्वर महादेव
५३.     श्री धर्म्मेश्वर महादेव
५४.     श्री गोकर्णेश्वर महादेव
५५.     श्री कोतिलिंगेश्वर महादेव
५६.     श्री वाणेश्वर महादेव
५७.     श्री ज्ञानेश्वर महादेव
५८.     श्री पर्व्बतेश्वर महादेव
५९.     श्री जलेश्वर महादेव
६०.     श्री गुह्येश्वर महादेव
६१.     श्री किराटेश्वर महादेव
६२.     श्री भस्मेश्वर महादेव
६३.     श्री भुवनेश्वर महादेव
६४.     श्री रुद्रगारेश्वर महादेव
 

 

Photo Gallery
{gallery}s/shyam/family/{/gallery}

 

 

 

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

 
 
 
 

सम्पर्क
E mail : chanyo.info@gmail.com
  


 

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव