संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत एजेन्सीमध्ये एक संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन -युनेस्को) ले विश्वका बहुमूल्य सम्पदालाई सूचीकृत गर्ने गर्दछ । यसरी सूचीकृत विश्वका स्मारक तथा स्थान नै युनेस्को विश्व सम्पदा क्षेत्र हुन् । सन् २०१२ अपि्रलसम्ममा १५३ मुलुकका सांस्कृतिक ७२५, प्राकृतिक १८३ र मिश्रति २८ सम्पदा विश्व सम्पदाका रूपमा सूचीकृत भएका छन् ।

युनेस्को विश्व सम्पदा क्षेत्रमा नेपालका सात वटा सांस्कृतिक र दुई वटा प्राकृतिक सम्पदा सूचीकृत छन् । नेपालका अन्य केही सम्पदालाई पनि सूचीकृत गर्न नेपालले विभिन्न मितिमा प्रस्ताव गरिसकेको छ ।

नेपालका सूचीकृत सम्पदामा सांस्कृतिक सम्पदामा काठमाडौँं उपत्यकाभित्रका सात स्मारक क्षेत्र तथा लुम्बिनी र प्राकृतिक सम्पदामा चितवन तथा सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । काठमाडौंँ उपत्यकाका सम्पदा र सगरमाथा राष्ट्रिय निकुञ्ज सन् १९७९ मा सम्पदा सूचीमा सूचीकृत गरिएका हुन् भने चितवन राष्ट्रिय निकुञ्ज सन् १९८४ मा र लुम्बिनी सन् १९९७ मा सूचीकृत भएका हुन् ।

भक्तपुर दरबार क्षेत्र  :- 

             यहाँ नेपालको मध्यकालीन कलाको राम्रो अवलोकन गर्न पाइन्छ । यहाँका प्रमुख स्मारकमा सिंहद्वार, स्वर्णद्वार, चारधाम, पचपन्न झ्याले दरबार, तौमढी, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर, पूजारी मठ, भूपतेन्द्र मल्लको सालिक आदि रहेका छन् । यहाँको पचपन्न झ्याले दरबार त राजा यक्ष मल्लको समयमा सन् १४२७ मा बनेको र सत्रौं शताब्दीमा आएर राजा भूपतेन्द्र मल्लका पालामा पुनर्निर्माण गरिएको हो । कला सङ्ग्रहालय यहाँको अर्को उल्लेख थलो हो ।

 

पशुपतिनाथ मन्दिर :-

          प्यागोडा शैलीमा निर्माण गरिएको पशुपतिनाथको मन्दिर विश्वभरिका हिन्दु धर्मावलम्बीको पवित्र तीर्थ स्थलका रूपमा रहेको छ । भारतको चार धामको दर्शनपछि पशुपतिनाथको दर्शन गरेर मात्र चार धामको दर्शन पूरा हुने मान्यता छ ।

 

 

 

बौद्धनाथ :-

          काठमाडौंँको बौद्धमा रहेको ३६ मिटर अग्लो बौद्धनाथ स्तूप दक्षिण एसियाकै ठूला स्तूपमध्ये एक हो । मण्डल आकारमा रहेको बौद्धनाथ स्तुपको निर्माण पाँचौं शताब्दीमा भएको हो । यो स्तुप बनाउन १२ वर्ष लागेको भनाइ छ । आठौँं शताब्दीमा यसको जीर्णोद्धार गरिएको थियो ।

 

 

 

स्वयम्भूनाथ :-

          काठमाडौँं उपत्यकाको पश्चिमतर्फको पद्मकण्ठ गिरि पहाडको थुम्कोमा रहेको स्वयम्भूनाथ अति प्रसिद्ध बौद्ध मन्दिर र चैत्य हो । ३६० वटा खुड्किलो पार गरेपछि स्वयम्भूनाथको महाचैत्यमा पुग्न सकिन्छ । दुई हजार पाँच सय वर्षभन्दा बढी पुरानो तथा बौद्ध धर्ममा आधारित यो महाचैत्य बौद्ध धर्मावलम्बीका एक महत्वपूर्ण स्थल हो । केही वर्षअघि मात्र स्वयम्भूको पश्चिमी भागमा शाक्यमुनि बुद्धको विशाल मूर्ति बनाइएको छ । यस क्षेत्रमा थुप्रै स्तुप छन् ।


 

काठमाडौंँ दरबार क्षेत्र :-

          काठमाडौँं नगरका मध्यमा रहेको यो स्थान हनुमानढोका नामबाट पनि परिचित छ । यस क्षेत्रमा रहेका ऐतिहासिक भवन तथा मन्दिर राजा रत्न मल्लदेखि पृथ्वी वीर विक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । यहाँका महìवपूर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, कालभैरव, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप आदि रहेका छन् ।

 

 

पाटन दरबार क्षेत्र :-

               यस क्षेत्रमा रहेका स्मारक अधिकांश १६ औंँ देखि १८ औं शताब्दीमा निर्माण गरिएका हुन् । मूलचोक, सुन्दरीचोक, मणिकेशवनारायाण चोक, भीमसेन मन्दिर, कृष्ण मन्दिर, तलेजु मन्दिर, कुम्भेश्वर आदि यहाँका आकर्षण हुन् ।

 

 

 

चाँगुनारायण :-

              विष्णुको मन्दिरको रूपमा रहेको चाँगुनारायणको निर्माण चौथौ शताब्दीमा भएको बताइन्छ । यहाँ रहेको शिलालेखले यो मन्दिर काठमाडौँं उपत्यकाका पुराना मन्दिरमध्ये एक रहेको जनाउँछ । यहाँका प्रस्तर, काष्ठ तथा धातुकला उदाहरणीय छन् । यहाँका उल्लेख्य कलामा विश्वरूप, विष्णु विक्रान्त, नरसिंह विष्णु आदि रहेका छन् ।

 

 

लुम्बिनी :-

               शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी ऐतिहासिक एवं धार्मिक दृष्टिले अति महìवपूर्ण रहेको छ । काठमाडौंँबाट करिब तीन सय किलोमिटर दक्षिण-पश्चिममा अवस्थित लुम्बिनीका प्रमुख सम्पदामा मायादेवी मन्दिर, अशोक स्तम्भ, शाक्य पुष्करिणी तलाउ आदि रहेका छन् । यहाँ विभिन्न मित्रराष्ट्रले बौद्ध स्तूप निर्माण गरेका छन् । यहाँ सङ्ग्रहालय र अनुसन्धान केन्द्र पनि रहेको छ ।

 

 


चितवन राष्ट्रिय निकुञ्ज :-

               तराईको समथर मैदानमा रहेको तथा सन् १९७३ मा घोषणा गरिएको यो राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । ९३२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज एसियाकै संरक्षित क्षेत्रमध्ये एकको रूपमा रहेको छ । वनस्पति तथा वन्यजन्तुका निकै सम्पन्न चितवन राष्ट्रिय निकुञ्ज पाटेबाघ, एक सिङ्गे गैंडा, घडियाल गोही आदि जस्ता दुर्लभ जनावरको महìवपूर्ण वासस्थलको रूपमा रहेको छ ।

 

 

सगरमाथा राष्ट्रिय निकुञ्ज:-

               पूर्वी नेपालको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लामा रहेको यो निकुञ्ज विश्वको सर्वोच्च शिखर सगरमाथालाई भित्र पारी फैलिएको छ । यसै निकुञ्जभित्र छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चो ओयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिम चुचुराहरू पर्दछन् । कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, झारल आदि यहाँका मुख्य वन्यजन्तु हुन् । यसको स्थापना सन् १९७६ मा भएको हो ।

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

 

 
स्यस्यःसमाज               उदाय समाज ज्यापु समाज मेमेगु समाज      
१.जोशी ११.आचाजु २१.मल्ल ३१.दुगु ४१.फसि ५१.लाभाछा ६१.किसिमाक ७१.जाकिसो १.कसाः १.महर्जन १.बज्राचार्य ११.नकर्मी २१.मधिकर्मी ३१.धौबन्जा
२.पःमा १२.भंडेल २२. कल्हे ३२.वैद्य ४२.डोंफैं ५२.अमात्य ६२.कराङकुरुङ ७२.माथेमा २.ताम्राकार २.डंगोल २.राजकर्णिकार १२.हाडा २२.मुनिकार ३२.भुजु
३.भनि १३.कचिङ २३.भौ ३३.भुजिं ४३.महाभू ५३.टट्टु ६३.खाखिपुच ७३.कायस्थ ३.तुलाधर ३.सुवाल ३.बासुकला १३.शाक्य २३राजवंशी ३३.धाख्वा
४.खोसीं १४.डौंचंख २४. चाकु ३४.मिखुं ४४.वकूला ५४.शैजु ६४.नेपाखाचा ७४.बजिमय ४.बनिया ४.सिं ,५.मू ४.मुनंनकर्मी १४.नापित २४.ख्वाउजु ३४.न्याछ्यो
५.वन १५.विस्यत २५.ग्वंगः ३५.मास्के ४५.नेवाः ५५.ख्ये ६५.सिङख्वा ७५.पांयवजी ५.शिलाकार ६.प्रजापति ५.रञ्जिकार १५.कपाली २५.मानन्धर ३५.गोर्खाली
६.मुल्मी १६.प्रधान २६. साहि ३६.वांला ४६.चिपालु ५६.लाखे ६६.ध्वाकसिपो ७६.केमिख्य ६.स्थापित ७.अवाःल ६.राजोपाध्याय १६.तमोट २६.चित्रकार ३६.लाकौल
७.छुच्चुं १७.कसाछें २७.कसु ३७.तुकं ४७.सिवलों ५७.नेकु ६७.प्रधानाङ्ग ७७.धौभडेल ७.सिख्राकार ८.ग्वाला ७.ब्यञ्जनकार १७.शाही २७.कारंंजित ३७.लाखे
८.ख्याउं १८.सुल्प्या २८.मुस्या ३८.दुवा ४८.काउले ५८.सिंह ६८.राजभण्डारी ७८.सिङक्यो ८.सिन्दुराकार  ९.काबुजा ८.नगरकोटी १८.देउला २८.बलामी ३८.चक्रधर
९.जासि १९.न्याछ्यों २९.पाउंछा ३९.वोके ४९.छेन ५९.साखः ६९.कर्माचार्य ७९.लायलव ९.सेलालिक १०.लावत ९.ताण्डुकार १९.बनिया २९.उलक ३९.साहूखल
१०.श्रेष्ठ २०.मलेकू ३०.काकः ४०.वासिं ५०.मल्टा ६०.ढुसि ७०.राजवंशी     ११.पहि(पहरी) १०.गुरुवाचार्य २०.माली ३०.बिजूक्छे