इन्द्रजात्राकुमारीपूर्व कुमारी११ कुमारीअष्टमात्रिकानवदुर्गादशमहाविद्याबसुन्धराकलाअन्य
 
 

इन्द्रजात्रा:-
               काठमाडौं लगायत ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो।यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो। १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो। भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वजपतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैं, तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ । 

 
किम्बदन्ती:-
                 आफ्नी आमालाई वसुन्धराको व्रत निम्ति पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौँ आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा हामी इन्द्रजात्रा मनाउँदछौँ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ। इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो -ध्वजा) स्थापना हो । पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे । इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो । स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले । पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो । आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो। 
 
'जात्रा आरम्भ':-
                  भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठदिनसम्म मनाइन्छ। तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रूख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारक्षेत्रमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाइ 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। नेपाल भाषामा 'योसीं' भनिने उक्त लिंgगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन। इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।
 
यस पर्वमा हनुमानढोकालगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। इन्द्रध्वजाको लिङ्गो ठडयाएपछि सुरू भएको जात्राभरि।आठ दिनसम्म राजधानीका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु ), भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावतहात्तीको प्रतिकका रूपमा(किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ।यस उपलक्ष्यमा काठमाडौबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न भक्तजनको घुइचो लाग्छ। साथै कुमारीघरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दस अवतार देखाइन्छ।
 
यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ। यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन। यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ। त्यस दिन नेवार समुदायका मानिसहरूले समय्बजि खान्छन्। यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको। समापन गरिन्छ। यसरी आठदिन सम्म नेवार समुदायले इन्द्रजात्रा मनाउंछन।
 
इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ। संस्कृतिविद्हरूका अनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधि टिपेकोमा चोर सावित भै डोरीले बाँधी सवैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ। इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ। इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ। साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।
 
लिंगो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन क्वहने याः भनेर नेवार समुदायले मान्दै आएको जिवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यो जात्रा गर्नु अघि हनुमानढोकाको गद्दीबैठकमा राष्ट्रप्रमुख उपस्थित भइ गणेश भैरव र कुमारीको पूजा गरी जात्रा हेर्नुपर्ने प्रचलन छ | यो जात्रामा राष्ट्रप्रमुखको उपस्थिति जयप्रकाश मल्लको पाला देखि चलिआएको हो र कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जिवित देवी कुमारीको रथ जात्रा चलाई आफू स्वयम रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोक कथन छ। यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट बर्षभरिमा मृत्यु भएका ब्यक्तिका परिवारजनले सतविज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन। यसपछि बहुमतः निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाइ त्यसमा बत्ती बाली नगर परिक्रमा गराइन्छ। यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन। यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन थहने याः भनेर गणेश भैरव र कुमारीको रथलाई कान्तिपुर नगरिको माथिल्लो भाग मरुटोलबाट माथि असनसम्म परिक्रमा गराइन्छ। त्यस दिन नेवार समुदायका मानिसहरूले सम्यबजी खान्छन्। यंलागा चौथी(आश्विन कृष्ण चौथी)का दिन नानिचा याः भनेर गणेश भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिङ्गो ढालेर जात्राको समापन गरिन्छ।
 
 
साँझ बौद्ध धर्मावलम्बीले वर्षभरिमा दिवंगत भएका आफन्तहरू सुखावती भूवनमा बासको कामना गर्दै धारणी स्तोत्र पाठ गर्ने गर्छन्। उनीहरूले बाटोभरि दीयो दान गर्दै काठमाडौं नगर बस्ती बाहिरका बाटाहरू हुँदै नगर परिक्रमा गर्ने गर्छन्। ततपश्चात भोलिपल्ट वामन द्वादशीमा तिलगंगामा रहेको विष्णुविक्रान्त मूर्तिमा भक्तजनहरूले पूजाअर्चना गर्दै दीयो दान गर्ने परम्परा छ। उक्त मूर्ति सम्वत् ३८९मा राजा मानदेवले उनकी आमा राजमाता राज्यवतीको पुण्य बढोस् भन्ने कामनाका साथ स्थापना गरेका थिए। यसै दिनदेखि घरघरमा दलुचा (झ्यालमा झुन्ड्याउने एक प्रकारको दीयो) झुन्ड्याई इन्द्रको नाममा बत्ती बाल्ने चलन छ। इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै बुधबार तल्लो टोलहरू र बिहीबार माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ। इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः वसन्तपुर नै पुर्‍याएपछि इन्द्रजात्रा सकिन्छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि यो वर्षको इन्द्रजात्रा समाप्त हुन्छ।
 

हनुमान् ढोका दरबार परिसरमा रहेको गद्दी वैठकको दक्षिण प्राङ्गणमा रहेको कलाकृतिले भरिपूर्ण 'कुमारीघर' बि.सं.१८१३ मा  राजा जयप्रकाश मल्लले  बनाएको  थियो | धार्मिक एवं सामाजिक दृष्टिले पनि कुमारी-मन्दिरको ठुलो महत्व रहेको छ | कुमारी  (जीवित देवी) लाई तलेजु भवानीकी प्रतिनिधि वा अंशावतारको रुपमा मान्ने प्रचलन छ | इन्द्रजात्रामा कुमारीलाई रथमा राखेर शहर घुमाउने परम्परा रही आएको छ| कुमारी देवीको रुपमा चयन  गरिने बालिका उपयुक्त लक्षणले युक्त,बौद्ध धर्मावलम्बी नेवार समुदायकी कन्या हुनुपर्ने प्रचलन छ |नेपालमा कुमारी (देवी) को महिमा र मान्यता ठुलो छ | कुमरिपुजन एउटा विशिष्ट शैलीको सांस्कृतिक पद्दति हो |   

पूर्ब कुमारी

हीरामैयाँ शाक्य                                              १९७९-१९८०    
(चीनिशोभा शाक्य)                                         १९८०-१९८८
(चंद्रशोभा शाक्य)                                           १९८८-१९९०    
दिलकुमारी शाक्य                                          १९९०-१९९९    
नानीशोभा शाक्य                                           १९९९-२००६ 
(कयो मयजु शाक्य)                                        २००६-२०१२
हर्षलक्ष्मी शाक्य                                             २०१२-२०१८
नानीमयजु शाक्य                                           २०१८-२०२६
सुनिता शाक्य                                                 २०२६-२०३५
अनिता शाक्य                                                 २०३५-२०४१
रश्मिला शाक्य                                               २०४१-२०४८

 


पूर्ब कुमारी

हीरामैयाँ शाक्य                                              १९७९-१९८०    
(चीनिशोभा शाक्य)                                         १९८०-१९८८
(चंद्रशोभा शाक्य)                                           १९८८-१९९०    
दिलकुमारी शाक्य                                          १९९०-१९९९    
नानीशोभा शाक्य                                           १९९९-२००६ 
(कयो मयजु शाक्य)                                        २००६-२०१२
हर्षलक्ष्मी शाक्य                                             २०१२-२०१८
नानीमयजु शाक्य                                           २०१८-२०२६
सुनिता शाक्य                                                 २०२६-२०३५
अनिता शाक्य                                                 २०३५-२०४१
रश्मिला शाक्य                                               २०४१-२०४८

 


१.बसन्तपुर कुमारी२.मखं कुमारी३.किलाघ: कुमारी४.टोखा कुमारी५.सक्व: कुमारी६.बुंग: कुमारी७.यल कुमारी८.आजिवन कुमारी९.ख्वप: कुमारी१०.पनौती कुमारी११.नुवाकोट कुमारी 




किपा: रेखा शाक्य , शरण डंगोल



क्र.सं.     नाम                                           

१.      श्री महालक्ष्मी
२.      श्री ब्राह्मी
३.      श्री कौमारी
४.      श्री माहेश्वरी
५.     श्री वैष्णवी
६.     श्री इन्द्रायणी
७.     श्री बाराही
८.     श्री चामुण्डा



क्र.सं.     नाम                                           

१.      श्री शैलपुत्री
२.      श्री ब्रम्ह्चारिणी
३.      श्री चन्द्रघण्टा
४.      श्री कूष्माण्डा
५.     श्री स्कन्दमाता
६.     श्री कत्यायनी
७.     श्री कालरात्री
८.     श्री महागौरी
९.     श्री  सिद्धिदात्री
 


१.काली ( त: बहाल)

शवारूढांम्म्हाभिमाड्गोरदष्टां हसन्मुखीम् | चतुर्भुजा खड्गमुण्डवराभयकरां शिवाम् ||
मण्डमालाधारान्देवी ललज्जिह्वानदिगम्बराम् | एवं सञ्चिन्तयेत्काली श्मशानालयवासिनीम् ||
 
मुर्दामा उभिएदाहाकी, दाहा निस्कि डरलाग्दो हँसिली छिन् | चारभूजामा  खड्ग, मुण्डअनि वर र अभएका  मुद्रा  छन् ||
मुण्डहरुको हार गलामा, लतपताउँदो  जिभ्रो  छ | मसान जसको  वासभुमी  हो ति देवी  नै काली  हुन् ||
शिवारुप  ति  देवी  हुन् , महाकाली अनि परमेशी | भक्तिसहित ति देवीको म नित्य निरन्तर गर्दछु ध्यान ||
 
देवी कालीलाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:
१. बृही मास   ७. रत्न नीर
२. चिन्ह चाँदीको गाई   ८. धातु फलामको गाई
३. चन्दन कस्तुरी   ९. भाँडो तेल
४. फूल लक्ष्मीफूल   १०. कपडा निलो
५. समिधा दुम्बरी   ११. वाहान रांगो
६. धूप दुबो   १२. यज्ञोपवित(जजंका) निलो
 
पूजाको फल :
राजोगुण, सत्वगुणात्मिका गुण प्राप्त हुन्छ | अमृतीरुपी रस प्राप्त भइ पुनर्जन्म हुँदैन |

२.तारा (पुल्चोक)

प्रत्यालीढपदाप्पिंताङध्रिशवह्द्घोरात्तसापरा  | खव्डेन्दीवरकत्त्रिंखर्प्परभूजा हुन्कारबीजोद्द्वा ||
खर्व्वा नीलविशालपिंगलजताजुटैकनागैर्युता  | जाडद्दन्न्यस्य कपालकर्तृजगता हन्त्युग्रतारा स्वयम ||
 
 
तारो ताक्ने मुद्रामा, चरणकमल छन् मुद्रामा |  मुटु कमाउने गरी भयङ्कर अट्टहास पनि गर्दि छिन्  ||
चारहातमा खड्ग, पद्द्म अनि कैंची खप्पर घर्दी छिन् | हुंकारबीजको उद्भवरुपा, कदमा पुड्कीपुड्की छिन्  ||
 नील र पिंगल जटाजुटमा नाग एक पनि वेर्दी छिन् |   संसारी सब जीवहरुको जड्ता नास्ने देवीको  ||
 ध्यान उग्रताराको गर्दछु परा तारिणी ताराको  |
      
   देवी तारालाई पूजा गर्दा चढाउने विशिष्ट सामानहरुको विवरण :-
१. बृही मुगा, सर्स्युं   ७. रत्न पन्ना
२. चिन्ह चांदीको वाण   ८. धातु सुन
३. चन्दन कुमकुम   ९. भाँडो घ्यू
४. फूल अपामार्ग   १०. कपडा हरियो
५. समिधा असि   ११. वाहान कालो बहर 
६. धूप किला    १२. यज्ञोपवित(जजंका) हरियो 
 
पूजाको फल : - अन्नदाता,आगम निगमको विद्या प्राप्त हुन्छ |

३.भैरवी (बालुखा )

उद्दादानुसहस्त्रकान्तिमरुणक्षौमां   शिरोमालिका  | रक्तालिप्तपयोधराज्जपपटी विद्द्यामभितीं  व्वरम् ||
हस्ताब्जैर्द्दधर्तीन्त्रिनेत्रविलसद्वक्त्रारविन्द्श्रिय    | देवीवद्दहिमांशुरत्नमुकुटां व्वन्दे सुमन्दस्मिताम्    ||
 
 
उद्दत्सूर्यसहस्त्रद्द्युति  भै  अरुणक्षौपमत  पहिरेकी   | मुण्डहरुको माला पहिरी रक्तलिप्तकुचयुग्म भएकी   ||
जपमाला, अनि बिद्या लिएर अभय – वरद मुले युक्ता | त्रिनेत्रशोभित  मुखारविन्दश्रीसयुक्ता  स्मितवदना  ||
हिमाशुरत्नमुकुट पहिरेकी त्रिभृवनप्रथिता देवी हुन्  |त्रिपुर भैरवी तिनको नाम, तिनको नित्य म गर्दछु ध्यान || 
 
देवी भैरवीलाई पूजा गर्दा चढाउने बिशिष्ट सामानहरुको विवरण :-
१. बृही जुंगे धान, गहुँ    ७. रत्न माणिक
२. चिन्ह चाँदीको सूर्य   ८. धातु तामा, सुन 
३. चन्दन रक्त चन्दन   ९. भाँडो घ्यू
४. फूल  रातो करवीर,कमलको फूल   १०. कपडा रातो
५. समिधा आँख   ११. वाहान बाच्छिसहितको गाई
६. धूप धूप   १२. यज्ञोपवित(जजंका) रातो 
 
पूजाको फल :-  समाजमा सम्मानित स्थान तथा सम्मान प्राप्त हुने, शत्रु दलन हुने, सम्पति प्राप्त हुन्छ |  

४.भुवनेश्वरी ( नकवहिल) 

उद्द्यद्वदिनद्द्युतिमिन्दुकिरिटान्तुङ्गकुचांत्रनयनत्रययुक्ताम् |स्मेरमुखी  व्वरदाङकुशपाशाभीतिकराम्प्रभजे भुवनेशीम् ||
 
उद्धत्सूर्यसमानध्युती  भै  चंद्रमुकुट  पहिरेकी  देवी   | त्रिलोचना,  कुचयुग्म उठेकी, हँसिलो मुहारकी  देवी   ||
वरदाभयमुद्रा, अनि अंकुश पाश  लिएकी यी  देवी   | यी हुन् भुवनेश्वरी नामकी देवी , यिनको गर्दछु ध्यान  ||
 
देवी भुवनेश्वरीलाई पूजा गर्दा चढाउने बिशिष्ठ सामानहरुको विवरण :-
१. बृही चामल, अक्षता   ७. रत्न माणिक
२. चिन्ह चाँदीको खाता   ८. धातु तामा, सुन
३. चन्दन श्रीखण्ड   ९. भाँडो पंचामृत
४. फूल  सेतो फूल   १०. कपडा रातोपात
५. समिधा आँख    ११. वाहान  
६. धूप अंगुरु   १२. यज्ञोपवित(जजंका) सेतो

पूजाको फल :- अन्न प्राप्त, वंशीकरण, सम्मोहन, वाकसिद्दि सौभाग्यको लाभ तथा शत्रुको नाश हुन्छ | दरिद्रता, रोग, शत्रुभय, भ्रम आदिको स्थिति समाप्त हुन्छ | अकाल मृत्युको योग भए पनि बिस्तारै हट्दै जान्छ | पारिवारिक सुख तथा ऐश्वर्य प्राप्त भई अन्तमा मोक्ष प्राप्त हुन्छ |

५.छिन्नमस्ता

 प्रत्यालीढपदा सदेैव दढतीछिन्न शिर कचृका ।  दिग्वस्त्रां स्वकबन्धशोणितसुधाधाराम्पिवन्तीम्भुद्रा  ।।
 नागाबद्धशिरोमणिन्त्रिनयनां ह्द्युत्पलालडकृता । रत्यासक्तमनोभवोपरि  दृढाध्यायेज्जवासन्निभाम्   ।।
 
तारो ताक्ने मुद्रामा, नाङ्ग्रै हातमा शस्त्र लिएर   ।  बाम हातको  निज शिरलाई स्वरक्रधारा अर्पेर ||
शिरकोमणि बाँधेर नागले, उत्पल सिउरी छातीमा | रतिरत मनोजमाथि दृढ भै राज भएको त्रिलोचना ||
जपापुश्प झैँ सुन्दरवर्णा छिन्नमस्ताका देवी हुन् | मनमा ध्यान म  गर्दछु नित्य भक्तिसहित यी देवीको ||
 

देवी छिन्नमस्तालाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:

१. बृही गहत   ७. रत्न बैधुर्य
२. चिन्ह चाँदीको बोका   ८. धातु फलाम
३. चन्दन बिचित्र चन्दन   ९. भाँडो तेल
४. फूल  डालिनको फूल,म्रिश्रती फूल   १०. कपडा छिरविरे
५. समिधा दुबो   ११. वाहान बोको
६. धूप उसीर   १२. यज्ञोपवित(जजंका) सेतो

पुजाको फल:- शत्रुको नाश , भगवान परशुराम , गुरु श्री गोरखनाथ पनि यी देवीका उपासक यिए | अभीष्टशिद्धि , सुख ,रोगमुक्त , लक्ष्मी , पुत्र ,पौत्र , यंश , पत्नी धर्म , आयु आदिको प्राप्त हुन्छ |


६.त्रिपुरासुन्दरी

बालार्कमण्डालाभासां चतुव्र्बाहात्रिलोचनाम्। पासाङकुशशरांश्चापंन्धारयन्ती शिवांम्भजे ।।
 
बालसुर्यमण्डलको आभा,चार हात , अनि तीन नयन। चार हातमा पाश र अङश,धनु र वाणपनि घर्दी छिन् ।।
शिवारुपमा राज भएको त्रिपुरसुन्दरी षोडशी यिनी। ती देवीको नित्य निरन्तर निर्वाध रही गर्छु म ध्यान ।।
 
देवी त्रिपुरासुन्दरीलाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:
१. बृही चामल,केराउ   ७. रत्न हीरा
२. चिन्ह चाँदीको घोडा   ८. धातु कांश
३. चन्दन श्री खण्ड   ९. भाँडो घ्यू
४. फूल  जाई फूल,जाती पुष्प   १०. कपडा चिरविरे
५. समिधा खयर   ११. वाहान सवत्स गाई,सेतो घोडा
६. धूप बाल   १२. यज्ञोपवित(जजंका) सेतो

पूजाको फल :- ''कादि'' , ''हादि'' विद्या प्राप्त ,भोग तथा अपवर्ग प्राप्त ,शत्रुको नाश हुन्छ |


७.धुमावती (धुमबहाल) :-

विवण्र्णा चञ्चला दृष्टा दिग्र्धा च मालिनम्बरा ।विभुक्तकुन्तला रक्षा विधवा विरलद्रिजा ।।
काकभ्वजरथारुढा विलम्वितपयोधरा ।शुप्र्पहस्ततिरुक्षाक्षा धूतहस्ता वरान्विता ।।
प्रबुद्धघोणा तु भुशंङटिला कुटिलेक्षणा ।क्षुत्पिपासाद्र्दिता नित्यंम्भयदा कलहास्पदा ।।
 
विवण छिन्,अति चञ्चल छिन्,स्वभाव दृष्टछ,अग्ली छिन्।
मलिन बस्त्र पहिरेकी छिन्,झांक्रो फिजारी रुदी छिन्।।
विधवा , दांतहरु झरेकी,याल छ तीनको काकध्वज।
लामा स्तन छन्,करमा सूपो,रुखा आंखा कर छन् कम्पीत।।
एक हातमा बरमुन्द्रा छ,लामो नाक छ,कुटिल नयन छन्।
अति कुटीला,अनि भोक प्यासले पिडित छिन् डरलाग्दी छिन्।
झैझगडाको थलो भएको धुमावती हुन् यी देवी ।
भक्तिसहित यी देवीको नित्य निरन्तर गर्दछु ध्यान ।।
 

देवी धुमावतीलाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:

१. बृही कालो भटमास   ७. रत्न गोमेद
२. चिन्ह चाँदीको भेंडा   ८. धातु फलामको हतियार,सुन
३. चन्दन कृष्ण गुरु   ९. भाँडो तेल
४. फूल कृष्णपराजिता,अगस्ती पुरुष   १०. कपडा कालो
५. समिधा शमीसि   ११. वाहान घोडा
६. धूप साल धूप   १२. यज्ञोपवित(जजंका) कालो

पूजाको फल :- शत्रुको नाश , दुखीलाई निवृति अस्तु , लक्ष्मी , अविलाषी मनुष्यले निरन्तर स्तुतीले राम्रो हुन्छ |

८.बगला (बंगलामुखी ) :-

जिह्वाग्रमदाय करेण देवी ब्वामेन शत्रुन्यरीपीडयन्तिम् |
गादाभिघतेन च दक्षिणेन पीताम्बराढयान्द्विभुजन्मामी ||

वाम हस्तेले जिभ्रो तानी वैरीलाई सताउने|दायाँ क्ले गदाप्रहार गरी शत्रुको सेखी झार्ने ||
पिताम्बर पहिरेकी देवी यी हुन् बंगलामुखी सती |भक्तिसहित यी देवीको म नित्य निरन्तर गर्दछु ध्यान ||

 

देवी बगलालाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:

१. बृही धान   ७. रत्न पुष्पराज
२. चिन्ह चाँदीको किताब   ८. धातु कांश,सुन
३. चन्दन गोलोचन हलेदो   ९. भाँडो नुन चिनी
४. फूल चम्पक   १०. कपडा पहेंलो
५. समिधा आँख   ११. वाहान घोडा
६. धूप जटामसी   १२. यज्ञोपवित(जजंका) पहेंलो

पुजाको फल :- कलियुगमा यसको बढी उपासना हुन्छ र शिघ्र फल प्राप्त हुन्छ | अरुलाई वशमा राख्न, विद्रेष हुने , शत्रुनाश,रोग शान्त, विषको प्रभाव नष्ट ( प्रतिरोधात्मक क्षमता  वृद्धि) चांँडै हिड्ने सक्ने, अदृश्य वान्नसक्ने हुन्छ |

९.मातंगी ( स्वँठ ) :-

श्यामाङ्गी शशिशेखरन्त्रिनयनां रत्नसिहासनस्थिताम् |
वदेर्व्वाहुदण्डैरसि खट्क पाशाङ्गकुशधराम् ||

चन्द्रकुमुत पहिरेकी श्याम अङ्ग भएकी त्रिलोचन |
रत्नजटित सिंहासनसंस्था चार हात भइ सुशोभाना ||
खन्घ र खेटक, पाश र अंकुश धारण गर्ने मदमग्ना |
मनिकको बिणामा खेल्ने,मिठो बोल्ने मधुरसना ||
पन्न्कोआभाले युक्त मतंगकन्या मतंगी |
भत्तीसहित यी देवीको म नित्य निरन्तर गर्दछु ध्यान || 

 

देवी मतंगीलाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:

१. बृही गहुँ, मुसुरो   ७. रत्न मुगा
२. चिन्ह चाँदीको बहर   ८. धातु तामा, सुन
३. चन्दन रक्तचन्दन   ९. भाँडो चाकु
४. फूल  कमलको फूल   १०. कपडा रातो
५. समिधा खयर   ११. वाहान रातो वहर
६. धूप कुमकुम   १२. यज्ञोपवित(जजंका) रातो

पूजाको फल :- अभिष्ट , अभिमत फल गराउंदछ | पति पत्नीवीच सुख उपलब्धी प्राप्त हुन्छ | पति प्राप्त तथा पुत्र लाभमा पनि फल प्राप्त हुन्छ |

१०.कमला (पूर्णचण्डी) :-

कान्त्या काञ्चनसन्निभा हिमगिरि प्रख्यैश्चतुर्भिगजै |र्हस्तोत्क्षिप्तहिरण्ययामृतघटैरासिच्यमाना श्रीयम् ||
बिभ्रणां व्वरमब्जुयुग्ममभयं हस्तै किरितौज्ज्वला |क्षौमाबद्धनितम्बबिलतिताँ व्वन्दे s रविन्द स्थिताम् ||

 

सुनको जस्तो कान्ति भएकी,हिमगिरी जस्ता सेतो दिग्गज |
सबले सुँड उठाई स्नापित सुनको अमृत कलश खन्याई ||
दुई हातमा बरद अभयको मुद्रा छन् ती देवीका |
दुई हातमा कमलयुगल छन्, उज्ज्वल किरिट पहिरेकी छिन् ||
क्षिमाबेष्टितललितनितम्ब भई कमलमा राज भएकी |
यी श्री हुन  कमलात्मिका , कमला तिनको गर्दछु म ध्यान ||

देवी कमलालाई पूजा गर्दा चढाउने विशिष्ट सामानको विवरण:

१. बृही सेतो तिल   ७. रत्न मोती
२. चिन्ह चाँदीको चन्द्रमा   ८. धातु कांश 
३. चन्दन सेतो चन्दन   ९. भाँडो  
४. फूल  चापको फूल   १०. कपडा सेतो
५. समिधा पल्हाश   ११. वाहान सेतो बच्छि
६. धूप कर्पूर   १२. यज्ञोपवित(जजंका) सेतो

पूजाको फल :- धन धान्य प्रदान , सौभाग्य-वर्द्धक, लक्ष्मी, प्रदाजी, मनुष्यको सम्पुर्ण पाप नाश गराई स्फूर्ति दिन्छ |

 

श्री बसुन्धरा देवी या तिलाय व्रत 
तिलाय व्रत धायबले न्हिच्छी द्याँलाना सुचि जुया गुम्ह: द्द्य: यागु पूजायायेगु ख: वहे कथं पुजाबिधि अनुरुपव्रत च्वनिपिंसकलें च्वना गुर्जुपिन्सं पूजापाठ अले बाखं कना त:धंगुपूजायाइ उकियात तिलाय व्रत धाई | श्री बसुन्धरा देवी या व्रत आश्विनकृष्ण पक्ष गातिला तृतीया खुनु याइगु ख: | थ्व व्रत दनेबले यकोयाना म्हासुगु बस्त्र पुनेगु नं याइ | व्रत च्वनेबले चि, यको पु (बियाँ) दु फलफूल नय मज्यू | म्हासु छता नयेगु त्वतेमा उकिं छिक्छिक्बुं स्वाँनं नयेमज्यू | थ्व लिपा नं गब्लें नयमज्यू |
श्री बसुन्धरा द्द्य: स्वपा: ख्वाल खुका ल्हा: दुम्ह: स्वंगु रुप कया बिज्याना  च्वम्हं सुरजसमान तेजं थिनाच्वम्ह , स्वपा ख्वामध्ये दथुया ख्वाल म्हासुवरण, जवायागु ख्वाल कुम्कुम (सुन्तला) वरण , खवयागु ख्वाल हिंगुली (ह्यांगु) वरण    अथेहे प्रथमगु ल्हा:तँ जपमाला,द्दितियागु ल्हा:तँ ज्वालान्ह्याय्क, तृतीयागु ल्हा:तँ अभयवर   बिया , खवपाखें प्रथमं पुस्तक , द्दितियागु ल्हा: तँ वाग्विं (वा मा, धानको बाला) , तृतियागु ल्हा:, तँ कलश ज्वना , रत्नमाला या तिसां तिया, कलशया द्द्य: ने आशन याना दु:खिपिन्त उद्दार यायेत स्वन्गु रुप कया बिज्याम्ह: | सकसित थवमचा सरि अन्न ,धन, बिया उद्दार याना बिज्याम्ह: ख: श्री बसुन्धरा देवी |   
सकल प्राणी पिन्त थव मचा भापिया दु:खिपिन्त उद्दार यायेगु , छम्ह यक्षनी कुलया यकदम भिन्गु मन दुम्ह: ,धन मदुपिंत धन बिगु ,ज्या मदुपिंत ज्या बिगु जुनी सुयाँ थन वया तिलाय व्रत दन धासा थम्हं मने तयागु पुर्ण जुइ | उकिं थ्व व्रत कया वा, वाग्वि, हिसी ,म्हासु काप तया द्द्य: साधना याना पूजा यायेगु याइ | थथे व्रत न्ह्याब्लें मखुसा स्वक अयन मफूसा छक जुसां दन धासा थगु दु:ख फुना मोक्ष प्राप्ति जुइ | व्रत दने यात मागु सामग्री थथे दु -१) पुजाभू पा:- १  २) शंख-१ मस-१ (त्रिखुते)  ३) सुकुन्दा/देवा-१  ४) सिन्ह- स्वता ( अबिर, म्हासु, भुयु)  ५) धु , धुपांय  ६) जजंका च्यापु(८)   ७) तास्वाँ   ८) ताय, आखे  ९) ग्वा- १ , १०) निसला, किभू  ११) निल: थल:-१  १२) ग्वगु ग्वय-१  १३) स्वाँ   १४) मधिचधि  १५) फलफूल  १६) घ्यो- कस्ति  १८) दक्षिणा  १९) हिंसी -१  २०) वा छमना  २१) द्द्य: यात तिसा, दुसा बस्त्र  २२) इता  २३) छिकिछिकी बुं स्वाँ  २४) वाग्वि (वा मा ,धनको बाला)  २५) अर्गसी(दाख)  २६) गोजा-८(च्याग)  २७) म्हासु काप २८) जोलान्हाय्कं  २९) सादुरु  ३०) जाकी  ३१) बजि | 
श्री बसुन्धरा देवी प्यम्ह काइबले पुर्व ईदेश या बसुन्धरा, पश्चिमया सिंगुया (स्वयम्भु) बसुपुर , उत्तरया महाराजगंजया बसुन्धरा, दक्षिणया फुचोमाजु ख: | अथेहे जनबहा:, बुग्मति, पनौती, थिमी, चोभार, व मेमेथायनं दुगु खनेदु | बसुन्धरा देवी कर्पिनिगु दु:ख स्वहेमफुम्ह गुली फु उली ग्वाहलियाना दु:खी पिनिगु उद्दार जुइगु धैगु छ्गु बुद्दभगवान हे ब्युगु लंपु ख: धैगु कथन नं दु | झी मेपी द्द्य:पीपुजा  यायेबले “ॐ” चोयगु याइ धासा बसुन्धरा या पूजा यायेबले “ ब्रुँ” च्वयगु याइ | 
धर्मोदय धयाम्ह महाप्रतापी राजां प्रजापिंत विचार मयासें पापसं भुलाय्जुया, धर्म मयासें जुगुनी जल्ब्रिष्टि नं मजु , प्रजां दु:ख सिया च्वनेमाल | थथे जुगु स्वया देवदेवीगण ब्रम्हा बिष्णु महेश्वरं प्राणीया दु:ख खना तुषिताभुवनय् बसुन्धरा देविया चरणकमलय् बिन्ति याना बिज्यात | माता जननी बसुन्धरादेवी अश्वघोष नन्दिमुख थव दासी स: ता: सुर्योदय राजायात बोधयाना तिलाय व्रत दनका उद्दार याना बिज्यात | अथे याना यकोसियागु उद्दार यानाबिज्यागु खं त दु | न्हापयागु जुनी तता केहे जुया नय त्वनेबले ल्वापू याना जुगुलीं पुखु (खुशी) जुयानं ल्वानाच्वनेमागु , न्हापा भण्डारी जुया मेवयात मनकुसें नुगस्यना जुगुलिं बराह रुप कयाच्वनेमागु 
आदि यको यको दु:ख जुया च्वपिनी उपर दया तया उद्दार याना बिज्याक्म्ह देवे माँ ख: श्री बसुन्धरा देवी या चरण सं कोटी कोटी प्रणाम | 


आत्म


 चरित्र

 
 
 
 
 

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव