परिचयभक्तपुर शहरथिमीबोडेचाँगुनारायणनगरकोटसूर्यविनायकनगदेशलोकन्थलीअन्य
 
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: भक्तपुर नगरपालिका
जनसंख्या: २,५१,८४०
गाविस संख्या:१६
नगरपालिका(हरू):भक्तपुर नगरपालिका, मध्यपुर ठिमी नगरपालिका
देशान्तरः- ८५.२१" देखि ८५.३२" पूर्वी
अक्षांश:- २७.३६" देखि २७.४४" उत्तरी
सिमाना:- पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्तरमा काठमाडौं र दक्षिणमा ललितपुर जिल्ला पर्दछ।
क्षेत्रफल:- ११९ वर्ग किलोमिटर
लम्वाई:- पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर
चौडाई:- उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर
सरदर उचाई:- समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा
सबै भन्दा अग्लो भाग :-नगरकोट हाइट उचाई २१९१ मिटर

 



           भक्तपुर (भादगाउँ वा ख्वःप) नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चलमा अवस्थित एक प्राचिन सहर हो जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ।  क्षेत्रफलको हिसावले भक्तपुर जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला हो। मध्यपुर (थिमी) नगरपालिका पनि यही जिल्लामा पर्दछ। भक्तपुर जिल्ला भादगाँउले टोपी र जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रशिद्ध छ। न्यातापोल, भक्तपुरको सबैभन्दा प्रशिद्ध स्मारक यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा भक्तपुरको नामाकरण सम्बन्धमा विभिन्न शिलालेख र प्रमाणहरूका आधारमा विश्लेषण गर्दा लिच्छवीकालीन राजा मानदेवको पालामा देवपाटनमा रहेको रत्न संघको अभिलेखमा "खोपाङ्ग" ग्रामको उल्लेख भएको छ भने भक्तपुरको खलाछें टोलमा भएको अभिलेखमा "खृपाङ्ग" ग्राम उल्लेख भएको पाइन्छ। यसैका आधारमा भक्तपुरलाई ख्वप या खोप भन्ने चलन चलेको अनुमान छ जुन चलन हालसम्म पनि नेवारी भाषामा यद्यपि छदैछ। अर्को ऐतिहासिक प्रमाण अनुसार बि.सं. १९९२ तिर भक्तपुर नगरलाई भद्रगाउँ भन्ने नाम प्रचलनमा रहेको पनि देखिन्छ। यसै भद्रग्राम शव्दका आधारमा भादगाउँ रहन गएको भन्ने अर्को अनुमान पनि छ। भक्तपुर विभिन्न देवदेवीहरूका देवालय मन्दिर मठ तिर्थस्थलहरू जताततै भएको र मन्दिरमा कुँदिएको नेपाली शैलीको कलात्मक कौशल एवं सांस्कृतिक तथा धार्मिक भावनामा ओतप्रोत भएका  शहर हो |



मध्यपुर थिमी नगरपालिका

           काठमाण्डौ र भक्तपुर बिचमा रहेको आफ्नै कला सस्कृतिमा धनीे भएको शहर थिमि मध्यपुर थिमि महानगर पालिका अन्तर्गत  किरॉतकालीन पुरानो शहरहरुमध्ये एक शहर हो । यहां नेवारहरुको बाहुल्यता भएको बस्ती हो । यस थिमि शहर भित्र प्रसिद्ध बालकुमारी देवीको कलात्मक मन्दिर रहेको छ । यहांको मुख्य पेशाहरुमा कृषि, माटोको भाराकुरा,बिभिन्न देवदेवीहरुको मुकुण्डो बनाउने, खाद्यान्नको व्यापार, अन्य व्यापारहरु छन । यस शहरको उत्तरपुर्बमा बोडे शहर रहेको छ भने दक्षिणमा अरनिको राजमार्गसंग जोदिएकोे छ । यो शहर काठमाण्डौ रत्नपार्कवाट ९.६ कि.मी.पुर्बमा पर्दछ । साथै यस थिमि शहर निम्न कुरामा पनि प्रसिद्ध छ ।
१) प्राचिन कालदेखि  माटोको भाराकुरा,बिभिन्न देवदेवीहरुको मुकुण्डो बनाउनेमा प्रसिद्ध छ ।
२) भाद्र महिनामा नचाईने भैरब नाचको लागि पनि प्रसिद्ध छ ।

३) त्यस्तै प्रत्येक बर्ष बैशाख २ गते मनाइने ३२ वटा खतको विस्केट (सिन्दुर) जात्राको लागि पनि प्रसिद्ध छ ।



  कला सस्कृति र सम्पदाले भरिपूर्ण भक्तपुर जिल्लाको पश्चिम भेगमा रहेको मध्यपुर थिमि महानगर पालिका अन्तर्गत रहेका ५ शहर ( (१) बोडे (२) लोहकन्थली (३) बालकुमारी (४) चपाचो (५) नगदेश ) मध्ये बोडे प्राचीन समयदेखि नै प्रसिद्ध ऐतिहासिक शहर हो । यस बोडे शहर भित्र उपत्यकाको ४ चार महालक्ष्मीमध्ये १ मानिने महालक्ष्मी देवीको कलात्मक मन्दिर रहेको छ । त्यस्तै यस शहरको उत्तरपुर्बमा रहेको जंगलमा उपत्यकाको ४ बाराहीमध्ये १ एक मानिने नीलबाराही मन्दिर पनि रहेको छ । हाल उक्त मन्दिरको जंगल बनभोजको लागि प्रसिद्ध छ । यो शहर काठमाण्डौवाट १२ कि.मी.पुर्बमा पर्दछ । साथै यस बोडे शहर निम्न कुरामा पनि प्रसिद्ध छ ।

१) प्राचिन कालदेखि टिगनीबजी (चिउरा)को लागि प्रसिद्ध छ ।
२) प्रत्येक बर्ष भाद्र कृष्णपक्ष द्वितीयादेखि पंचमिसम्म नचाईने नीलबाराही नाचको लागि पनि प्रसिद्ध छ ।
३) त्यस्तै प्रत्येक बर्ष बैशाख २ गते मनाइने जिब्रो छेड्ने विस्केट जात्राको लागि पनि प्रसिद्ध छ ।
बोडेमा बस्ने बासिन्दाहरुमा
क) श्रेष्ठ     ख) जोशी      ग) कर्मचार्य  घ) डंगोल    ङ) कपाली   च) पोडे   छ) राजबाहक  ज) खडकी  झ) बज्राचार्य  ञ) मालाकार   त) नापित
 
क) श्रेष्ठ जातमा निम्नलिखित उपथर (बिना) छन् :-
 
१.सांछे      ६.ढंग          ११.बाग       १६.दै             २१.माकः        २६.ज्यो        ३१.पां            ३६.जिमा      ४१.चासी         ४६.गो          ५१.धों       
२.कस       ७.बूढा         १२.ब्यां        १७.दा            २२.म्वें            २७.जयना     ३२.प्वा          ३७.पिला       ४२.चन्द्यो      ४७.गःसी     ५२.हांय      
३.घो         ८.बासं         १३.बखूं       १८.दली         २३.भूइ           २८.जयखू      ३३.फःसी       ३८किला       ४३.कःमी        ४८.खमू       ५३.हः 
४.घौवजी   ९.बाटा         १४.दूवा       १९.अदूवा      २४.भासिंक     २९वागः        ३४.सिख्व      ३९लाखय्      ४४.तूक्षें           ४९.खपय्     ५४.था 
५.घवा       १०.बालाय्    १५.दूगू       २०.मस्तरां    २५नोको          ३०पूवा          ३५.भिन्दूवा   ४०यलाय्      ४५.तःमी         ५०.धेके        ५५.थापा
 
घ) डंगोल जातमा निम्नलिखित थर छन्:-
 
१.चक्रधर  २.साहुखल: ३.सिपाही   ४)होना    ५. महर्जन   ६.प्रजापति   ७.धौबंजा    ८.कसुला    ९.लोहला     १०.ख्याजु   ११.कोजु    १२.कुचुनानी
 


 

चाँगुनारायण नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, भक्तपुर जिल्लामा अवस्थित एक गाँउ विकास समिति हो। यो ठाउँमा ११०४ वटा घर छन। प्रसिद्ध चाँगुनारायण मन्दिर यस गाविसमा पर्छ।
चाँगुनारायण गाविसको नामाकरण उपत्यकाको सबैभन्दा पुरानो प्यागोडा शैलीको चाँगुनारायण मन्दिरको नामबाट रहन गएको हो। हालको चाँगुनारायण क्षेत्र परापूर्वकालमा घना जङ्गलको रूपमा रहेको चम्पाकारण्य वन अर्थात चाँपको वन थियो। नेपाल भाषामा चाँपलाई "चू" र वनलाई "गु" भनिन्छ। यही शब्द अपभ्रंस भई चाँगुनारायण रहन गएको हो भन्ने भनाई छ। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर राजा हरिदत्त बर्माले इसं ३२३मा बनाएका हुन् भन्ने भनाई छ। कान्तिपुरका राजा भुपालेन्द्र मल्लले नेपाल सम्बत् १८१४मा त्यस मन्दिरको जिर्णोद्दार गराएका थिए। राजा मानदेवले गरुडध्वजा चढाएका र गुठीकोलागि खेत दान दिएको उल्लेख विसं ५२१को अभिलेखमा पाइएको छ। यस चाँगुनारायण परिसर भित्र छिन्नमस्ता माई, किलेश्वर महादेवको मन्दिर, गरुड नारायण विश्वस्वरूपा आदि। देवदेवीका मुर्तीहरू छन्। यहाँ नागपञ्चमी, तीज, कृष्णाष्टमी, कुष्माण्ड नवमी, हरिबोधनी एकादशी र माघशुक्ल द्वादशीमा मेला लाग्दछ। यी दिनहरूमा टाढा टाढाका मानिसहरूको ठूलो भीड लाग्दछ। बैशाख कृष्ण औंसीमा मुख्य जात्रा, श्रावण द्वादशी तथा पौष पूर्णिमामा कलश यात्रा फागूपूर्णिमामा वंशगोपाल रथ यात्रा गर्ने चलन छ। उक्त रथलाई विश्वकै सबभन्दा सानो रथ मानिन्छ। जसको उचाई ८ फीट मात्र छ। चैत्र पूर्णिमामा लक्ष्मीनारायण जात्रा हुन्छ। प्रत्येक बुधवार खीरको भोज लगाइन्छ। यही खीरबाट यहाँका र वरपरका बासिन्दाहरूले बच्चालाई भात खुवाउने प्रचलन छ। बैशाखमा ध्वजा चढाउने आषाढ शुक्ल अष्टमीमा चाँपको फूल चढाउने र द्वादशीमा धागो चढाउने गरिन्छ। कार्तिक शुक्ल द्वादशीमा अखण्ड दीप बाल्ने मार्ग शुक्ल महास्नान माघ १ गते नारायणलाई घ्यूले छोप्ने र माघ शुक्ल दशमीमा माघेध्वजा पर्व मनाइन्छ। दशैं पर्व लगायतका १४ वटा पर्व पूजा गरिन्छ। शुक्ल पक्षको द्वादशी बुधवार परेको दिन चाँगुनारायणलाई भारतको बद्रीनारायणको रूपमा पूजा गरिन्छ।
 

चाँगुनारायण गाविसमा ऐतिहासिक धार्मिक पर्यटकीय सांस्कृतिक र भौगोलिक महवका स्थलहरू भएकोले स्वदेशी तथा विदेशीहरू भ्रमण पदयात्रा पूजा आराधना दृष्यावलोकन र वनभोजका लागि यहाँ आउने गर्दछन। चाँगुनारायण मन्दिर समुद्र सतहबाट करिब १५४१ मीटर उचाईमा रहेको छ। यस मन्दिरबाट पूर्वमा नगरकोट पश्चिममा थानकोट उत्तरमा शिवपुरी र दक्षिणमा फुल्चोकी डाडाँ एवम् काठमाडौं उपत्यकाको प्रायः सम्पूर्ण भागको मनोरम दृष्यावलोकन गर्न सकिन्छ। यसरी चाँगुनारायण मन्दिरको ऐतिहासिक सांस्कृतिक धार्मिक तथा पर्यटकीय विशिष्टता अत्यन्त महवपूर्ण रहेकोले यस गा।वि।स। नामाकरण यसै मन्दिरको नामबाट गरिएको छ।



नगरकोट काठमाडौं उपत्यका नजीकको प्रसिद्ध रमणीय स्थल हो । यो स्थान काठमाडौंबाट ३२ किलोमिटर उत्तर-पूर्वमा र भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा अवस्थित रहेको छ । यो समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको छ । गर्मी मौसममा पनि चिसो वातावरण हुने नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य देख्न सकिन्छ। यहाँवाट देखिने अन्य हिमाल चुचुराहरूमा धौलागिरि हिमश्रृंखलादेखि कञ्चनजंघा हिमश्रृंखलासम्मको मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन लागि पनि प्रसिद्ध छ ।

 
प्राचीन समयमा यहाँ एक जना मानिस आफ्नो कुनै कार्य गर्न लाग्दा आफूले लगाई राखेको कोट फुकाली राखी हेरिरहेका अन्य मानिसलाई "नचलाकोट" भनी कार्य सुरू गरेका थिए। त्यही मानिसले नचलाकोट भनेका आधारबाट नगरकोट नाम रहन गएको भन्ने स्थानीय बासिन्दाको भनाइ रहेको पाइन्छ। कालान्तरमा गएर नचलाकोटबाट अपभ्रंश भएर नगरकोट भएको होला भन्ने जनश्रुति छ। त्यस्तै नेपालको पश्चिम भागमा तामाङ मगर बस्ती रहेको डाँडाको अति चुच्चो भागलाई कोट भन्ने चलन छ। यस भेकमा पनि ताम्राङ रहको र नगर क्षेत्रबाट यो गाउँ अग्ला भएको हुँदा यसलाई नगरकोट भन्ने गरेको पाइन्छ। साथै नगरकोट दुई भिन्न शब्दहरू मिलर नगरकोट शब्द बनेको हो। त्यस शब्दलाई टुकर्याएर हेर्दा पनि नगरको अर्थ शहर र कोटको अथ अग्लो भाग भन्ने बुझिन्छ।अर्को जन श्रुती अनुसार १८०१मा नगरकोट विजय पश्चात् नगरकोटको नियन्त्रण पृथ्वीनारायण शाहले भक्तपुरका राजा(उनका मितबा)लाई सुम्पिएका पछि नगरकोटलाई कोतको रूपमा विकास गरिएको र नगरको कोतका रूपमा रहेकोले नगरकोट नाम रहेको भन्ने कथन पनि रहेको छ।
सुर्योदय
हरियाली तथा मनोरमता नगरकोट
नगरकोट नेपालको एक प्रसिद्ध पर्यटकिय स्थल हो। नगरकोटबाट देखिने उत्तरका चाँदिका शिखरले बिहान र बेलुकी सुनौलो रङ्ग फेर्दाको मनोहरितामा कुनै कविको कविता फुर्दछ भने कुने संगितकारको मानसपटलमा अमोद नाद। मन्दिरै मन्दिरको सहर भनिने हाम्रो देशको राजधानी काठमाडौँ घुम्न आउने पर्यटक मध्ये अधिकांश पर्यटकहरूले नगरकोटको भ्रमण गर्ने गर्दछन साथै काठमाडौँ निवासीहरूचाहिँ आफ्नो व्यस्त तथा कोलाहलपूर्ण जीवनलाई थातीराख्दै केही समय प्रकृतिसँग भलाकुसारी गर्न नगरकोट आउने गर्दछन। नगरकोट रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ। यहाँ साधारण देखि लिएर अति महँगा र सुविधा सम्पन होटल, रेष्टुराँ तथा लजहरू रहेका छन, जसले कुनै पनि देश, संस्कृति र स्तरका पर्यटकको आवश्यकताको पूर्ति गर्दछन्।
दशर्नीय स्थानहरू
महादेव कुण्ड
यहाँ प्रत्येक वर्ष रक्षा बन्धनको दिनमा ठूलो मेला लाग्ने गर्दछ। यहाँ काठमाडौ, भक्तपुर, साँखु र बनेपा देखिका भक्तजनहरूको भिड लाग्ने गर्दछ।यो नगरकोट गाविस र काभ्रेको टुकुचा गाविसको दोसाधमा रहेको छ।
महाँकाल मन्दिर
यस मन्दिर तान्त्रिक साधकहरूको लागि महत्वपूर्ण रहेको मानिन्छ।काठमाडौको महाँकाल मन्दिर यीनै देवलाई स्थानान्तरण गरि निर्माण गरिएको जनविश्वास रहेको छ। यो मन्दिर भक्तपुर जिल्लाको नगरकोट गाविस र काभ्रेको बालुवापाटी देउपुर गाविसको दोसाधमा रहेको छ भने काठमाडौ जिल्लाको सुनटोल गाविसको सिमा यहाँबाट ५ मिनेटको दुरीमा रहेको छ।
काली देवी मन्दिर
यो मन्दिरलाई ग्रामदेवीको रूपमा मानिदै आएको छ र प्रत्येक वर्ष पौष पूर्णिमाको दिन यहाँ मेला लाग्ने गर्दछ। यसै मन्दिरमा नगरकोट हत्याकाण्ड घटेको थियो
जालपादेवी मन्दिर
नगरकोटको तेलकोटमा अवस्थित जालपादेवी मन्दिर एक महत्वपूर्ण ठाउँ हो।
गीता मन्दिर
यो मन्दिर नगरकोट गाविसको फेदि–१, नयाँबस्ती, गीतानगरमा अवस्थित छ। यो ठाउँ नगरकोट, छालिङ र वागेश्वरी गाविसको बिचमा पर्दछ। याहाँ गीतामाता, सप्तऋषि, नागराज, बुढानिलकण्ठ, गणेश, कुमार तथा शिवको मन्दिर रहेको छ। यहाँ बिषेशगरी हरितालिका तिज, दशै, तिहार जस्ता पर्वहरूमा मेला लाग्ने गर्दछ । यो मन्दिर भक्तपुर शहरबाट ५ किलोमिटरको दुरीमा अबस्थित छ ।
खगोलीय अध्ययन केन्द्र
बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको यस केन्द्र २०६४ सालमा नगरकोटमा स्थापना भएको हो। आधुनिक दूरबिन प्रयोग गरी अध्ययन अनुसन्धान गर्ने सुविधा छ। वेधशालामा रहेको दूरबिन नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो हो। १६ इन्च व्यास रहेको दूरबिनले आकासीय वस्तुलाई पाँचदेखि आठ सय गुणासम्म ठूलो पार्न सक्छ। दूरबिनमा रहेको सफ्टवेयरले एक लाख ५० हजार वटा तारालाई चिन्न सक्छ। रोबोर्टिक अपरेटेड टेलिस्कोपबाट खगोल विज्ञानसम्बन्धी जुनसुकै अनुसन्धान गर्न सकिने व्यवस्था रहेको छ। खगोल विज्ञानको अध्ययन गर्न विदेशी अनुसन्धानकर्ताहरू नेपाल आउन थालेका छन्। विदेशी अनुसन्धानकर्ताहरू बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले नगरकोटमा निर्माण गरेको वेधशालामा अनुसन्धान गर्न आउने गरेका छन्। खगोल विज्ञानसम्बन्धी चर्चित अमेरिकी वैज्ञानिकहरूको संस्था (नासा), इन्टरनेसनल एस्ट्रोनोमिकल युनियन तथा प फ्रान्सेली अनुसन्धानकर्ताहरू अनुसन्धानका निम्ति नगरकोटको वेधशालामा आएका थिए। खगोल अध्ययनका लागि उचाइ भएको ठाउँ उपयुक्त हुने भएकाले विदेशीहरू पनि नेपाल आउने गरेका छन्। रातिको समयमा उपत्यकाको आकास प्रायः खुला रहने र उचाइका कारण खगोल विज्ञानको अध्ययन गर्न उपत्यकालाई उत्कृष्ट स्थल मानिन्छ। चार वर्षअघि नगरकोटमा निर्माण गरिएको वेधशाला दुई हजार एक सय १५ मिटर उचाइमा रहेको छ।
अरनिको राजमार्ग खुल्नु पूर्व नगरकोट काठमाडौं उपत्यका पूर्वी जिल्लाहरू जोड्ने एक प्रसिद्ध नाकाको रूपमा रहेको थियो। दोलखा, ओखलढुंङ्गा, सिन्धुपाल्चोक साथै गोसाईकुण्ड जाने सजिलो बाटोको रूपमा पनि। हाल पनि यसलाई हेलम्बु राजमार्गको वैकल्पिक रूपमा प्रयोग गरिदै आइएको छ। 

सूर्यविनायक
भक्तपुर




नगदेश
भक्तपुर  


लोकन्थली
भक्तपुर


 अन्य
  भक्तपुर

 

         
 
   

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

 
 
 
 

सम्पर्क
E mail : chanyo.info@gmail.com
  


 

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव