चित्लांङ्ग

        काठमाडौँ उपत्यकासंगै जोडिएका रमणीय उपत्यकाहरुमध्ये मकवानपुर जिल्लामा रहेको चित्लांङ्ग पनि एक हो | यसको पूर्बमा फ़ाखेल,पश्चिममा टिष्टुङ्ग उत्तरमा तोप्लांग र थानकोट, दक्षिणमा मार्खु गाबिस पर्दछ | थानकोट गोदामबाट करीब १८ किमी अगाडी बढी ७,९५० फिट अग्लो चन्द्रागिरि डाँडा पार गरेपछि चित्लांग पुग्न सकिन्छ | 
 
नेपाली काब्यजगतको अमर रचना ‘यात्री’ कविताको सृजना लछमीप्रसाद देवकोटाले ढुंगेधारामा पानी खाएर संगैको चौतारीमा विश्राम गरिरहेका थिए | त्यही बेला उनले तीन – चारजना भरियालाई बोक्न लगाई एक भारतीय भक्त पशुपतिको दर्शन गर्न चित्लांगको बाटो हुँदै काठमाडौं उपत्यकातर्फ जाँदै गरेको दृश्य देखे | उक्त दृश्य देखेर देवकोटाको कबि दृश्य द्रबिभुत भई ‘यात्री ‘ कविता फुरेको थियो |

 
                 बिसं २०२२ सालमा त्रिभुवन राजमार्ग बन्नुअघि काठमाडौँ उपत्यकाबाट तराई छिर्ने छोटा बाटाहरुमध्ये चित्लांगको बाटो पनि एक हो | काठमाडौँ –भिमफेदी ए आवतजावत गर्दा बीच बाटोमा अशोककालीन चैत्य रहेको हुँदा नेपालभाषामा “चैत्य भएको बाटो “भन्दाभन्दै  ‘चैत्यलांग’ बाट ‘चित्लांग’ हुनगएको स्थानीय मीना श्रेष्ठ बताउनु  हुन्छ | चित्लांङ्ग नाम मूलरूपमा ‘चिलंचो चैत्य’ को कारण रहन गएको मानिन्छ | प्राचीनकालमा यही बाटो भएर नून ल्याइने हुँदा ‘चि हईगु ल ‘हुँदै ‘चिलं ‘भएको ‘ चीलं ‘ बाट चित्लांग शब्द बनेको हो भनी धारणा राख्नेहरु पनि छन् |  
 
चित्लांग र यसको वरिपरिको क्षेत्रमा प्राचिनकालदेखि नै ब्यबस्थित बस्तीको विकास भैसकेको थियो | टिस्टुङ्गको अंशुबर्माको शिलापत्रमा स्वस्ति नैपालेभ्य : (नेपाल /नेवाल जातिलाई नमस्कार )भनी उल्लेख गरिएको छ |त्यस्तै चित्लांग गणेशस्थानमा रहेको उद्यदेवको सं ४५ (ईसं ६२१ ) को अभिलेखले पनि यस स्थानको प्राचीनता लाई पुस्टि गर्छ |  
 
चित्लांगको वडा नं ३ मा अबस्थित चिलंचो चैत्य हात्तिसार  लायकू मूल बलामी बस्तीमा अबस्थित छ जहाँ पाटनबाट चित्लांग पुगेका कोछेमी ,थक्षेमि ,हिछेमी थरका खलक बलामिहरु बस्दछन् | थक्षेमिलाई काजी भनी राजकाजसम्बधी कार्य गर्ने जिम्मेवारी दिइएको थियो भने कोक्षेमिलाई नाचगान र बजाउने गुरुका रुपमा सम्मान पूर्वक राखिएको थियो | त्यस्तै हिक्षेमिलाई न्यायाधीशको गरिमामय नेतृत्व प्रदान गरिएको सूर्यमान बलामि बताउछन् | चित्लांग चैत्यलाई मुलमानी उल्लेखित बलामि खलकको नेतृत्वमा यस क्षेत्रका सम्पूर्ण जात्रा –पर्वहरु सम्पन्न गर्ने परम्परा छ | चिलंचो चैत्यलाई परिक्रमा गरी मानिने यहाँका प्रमुख जात्रा-पर्बहरुमा कार्तिक नाच ,बाथ:प्याखं ,मंसिर पूर्णिमाका दिन मनाइने महालक्ष्मीको खटयात्रा र बुद्ध जयन्ती रहेका छन् |
 
अन्य नेवार बस्ति जस्तै चित्लांग पनि धार्मिक र सास्कृतिक रुपले सम्पन्न छ | यहाँ चित्लांग चैत्य ,तलेजु ,भीमसेन ,सातधारा ,सरस्वती,नारायाणहिटी र भैरब मन्दिर गरी अनेक धार्मिक तथा सांस्कृतिक सम्पदा छन् | चित्लांगमा पनि काठमाडौँमा जस्तै सरस्वती ,नारयणहिटी ,भीमसेनस्थान आदि नामका टोलहरु बिद्द्यमान छन् | यहाँको प्रमुख देवता चित्लांग भैरब हुन् |प्राकृतिक सादा ढुंगाको रुपमा रहेको तान्त्रिक भैरब लाई ‘मसान भैरब ‘पनि भनिन्छ |यहाँ प्रत्येक बर्ष दश, गाईजात्रा र कार्तिक पुर्णिमा लगायतका पर्बहरुमा बिशेष मेला लाग्दछ | चित्लांगबासीको लाश जलाउने मसान समेत यहीँ ठाउँमा रहेको छ | चित्लांग भैरबलाई तान्त्रिक परम्पराअनुसार राँगा ,हाँस ,कुखुरा, बोका बली दिएर पूजा गर्ने परम्परा रहेको छ |
              बिसं २०५८ सालको जनगणना अनुसार यहाँ १,१३६ घरधुरी रहेका छन् भने यहाँको जनसंख्या ६,४४२ रहेको छ | चित्लांगको वडा नं १ मा तामांङ्ग ,वडा नं २ मा क्षेत्रि ,ब्राम्हण र वडा नं ३ को मुख्य बजारमा बलामी नेवारको बस्ति छ भने वडा नं ४ ,५,६,७ मा बलामी, श्रेष्ठ, कुस्ले, पोडे, खड्गी, दमाई, गोपाली लगायत मिश्रित जनजाती रहेका छन् | त्यस्तै वडा नं ८ र ९ मा गमाल ,क्षेत्रि ,र ब्राम्हणको बसोबास रहेको छ | यहाँको कुल जनसंख्या मध्ये नेवार ६१ प्रतिसत ,तामाङ्ग १३ प्रतिसत ,क्षेत्रि ११ प्रतिसत, ब्राम्हण ८ प्रतिसत ,मगर ४ प्रतिसत र अन्य ३ प्रतिसत रहेका छन् | बलामी ,गमाल ,गोपाली यहाँका आदिबासी हुन् जसले यस ठाउँको सभ्यताको विकास गरे | यहाँका बलामीहरु आफुलाई अंसुबर्मा र भ्रीकुटि का सन्तान भनी दाबी गर्छन् | यहाँको साँस्कृतिक गतिविधि मा बलामीहरुको नेत्रित्व अझै कायमै छ | सर्बप्रथम नेपाल भित्र्याईएको सबारी साधन ‘लरी’ समेत चित्लांगकै बाटोबाट बोकाएर ल्याईएको थियो | त्यसैले मधेशका बासिन्दाहरुले यस ठाउँलाई ‘लौरी नेपाल ‘  भन्ने गरेको स्थानीय बासिन्दा बताउछन् | तराई बाट हात्ती, घोडा र अन्य चौपाया ल्याउँदा यहाँ बास बस्ने परम्परा थियो | मोटर बोकेर ल्याईएको बाटो फराकिलो बनाई थानकोट-चित्लांग-हेटौडा मार्ग बनाउन बि सं २०१७ सालदेखि पहल शुरु गरीएको थियो तर हालसम्म पनि यो कार्य पूरा हुन सकेको छैन |    
चित्लाङ्गलाई पर्यटकीय दृष्टिकोणले समेत राम्रो मानिन्छ | हाल यहाँ बाह्यभन्दा आन्तरिक पर्यटकहरुको ओइरो लागेको छ | केही समय अघि गाउँ पर्यटन प्रबर्दन मंचद्वारा यस ठाउँमा ‘दुई दिन एक रातको फार्म ट्रीप को आयोजना गरीएको थियो | यहाँको उत्पादन बाख्राको चीज लगायत भुइँस्याउ पनि उत्तिकै प्रख्यात हुदै गएको छ |
हाईकिङ्ग गर्न रुचाउनेहरुका लागि थानकोट बाट ३ घण्टा लागेपछि चित्लाङ्ग पुगिन्छ | थानकोटबाट गाडीमा जाँदा करीब एक घण्टामा पुग्न सकिन्छ |


स्रोत:-    मतिना  २१
 

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

   

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव