परिचयकाभ्रेपलाञ्चोकधुलिखेलपनौतीबनेपापाँचखालअन्य
 
अञ्चल: बागमती अञ्चल
सदरमुकाम: धुलिखेल
जनसंख्या: ३८१९३७  (२०६८)
नगरपालिका(हरू):धुलिखेल,बनेपा,पनौती,पाँचखाल
गाबिस संख्या :- ८७
क्षेत्रफल:- १३९६ वर्ग बर्गमिटर
 

 



नेपाल एकीकरणपूर्व पनि वर्तमान काभ्रे जिल्लाभित्र पर्ने बनेपा, पनौती, धुलिखेल, पाँचखाल, खोपासी, नाला, साँगा, साठीघर भगवती(पलाञ्चोक), मण्डन, दाप्चा, नाल्दुम, चौकोट जस्ता नगरपालीका तथा गाउँ विकास समितीहरूले इतिहासको पानामा आफुलाई सुरक्षित गरेकै थिए। यी स्थानहरू धार्मिक पुरातात्विक राजनैतिक सामाजिक व्यापारिक अथवा औद्योगिक महत्वका दृष्टिले इतिहासमा पढिन्छन्।

विक्रम संम्वत् २०१९मा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नुभन्दा अगाडि हालको काभ्रे जिल्ला पूर्व १ नं. क्षेत्र अन्तर्गत तत्कालीन २८ वटा मौजाहरूको सदरमुकाम चौताराबाट प्रशासित थियो। "काभ्रे" वर्तमान काभ्रेपलाञ्चोक जिल्लाभित्र पर्ने एक गा.वि.स. हो भने "पलाञ्चोक" साठीघर भगवती गाविसमा पर्ने एक डाँडा हो जहाँ प्रसिद्ध पलाञ्चोक भगवतीको मन्दिर छ।
विसं २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा प्रशासनिक विभाजन गर्नु पूर्व यो पूर्व १ नम्बर क्षेत्र अन्तर्गत पर्दथ्यो। पूर्व १ नं. क्षेत्रका २८ मौजा मध्ये काभ्रे र पलाञ्चोक नामका दुई ठूला मौजा भित्र रहेका विभिन्न गाँउ क्षेत्रलाई मिसाई काभ्रेपलाञ्चोक जिल्लाको स्थापना गरिएको थियो। कम्तीमा एकदेखि बढीमा ५४ वटासम्म गाउँहरू समाविष्ट हुने त्यस्ता मौजाहरू मध्ये वर्तमान प्रशिद्ध पलाञ्चोक भगवतीबाट पलाञ्चोक र काभ्रे नित्यचण्डेश्वरीबाट काभ्रे चयन गरी यस जिल्लाको नाम काभ्रेपलाञ्चोक रहन गएको पाइन्छ।
देशको राजधानी काठमाडौँबाट काभ्रेपलाञ्चोक जिल्ला प्रवेशद्वार साँगा २१ किलोमिटर पूर्वमा पर्दछ भने सदरमुकाम धुलिखेल ३१ किलोमिटरको दुरिमा छ। यो जिल्ला ८५०२४' देखि ८५०४९' पूर्वी देशान्तर र २७०२१' देखि २७०८५' उत्तरी अक्षांशका बिच १४०४ बर्ग कि.मि. क्षेत्रमा फैलिएको छ। यस जिल्लाको पूर्वमा रामेछाप जिल्ला र दोलखा जिल्ला, पश्चिममा काठमाडौँ, ललितपुर जिल्ला र भक्तपुर जिल्ला, उत्तरमा सिन्धुपाल्चोक जिल्ला, दक्षिणमा सिन्धुपाल्चोक जिल्ला,सिन्धुली जिल्ला र मकवानपुर जिल्ला पर्दछन। पूर्वमा सुनकोशी, पश्चिममा नगरकोट डाडा एंव साँगा भञ्ज्याङ्ग, उत्तर इन्द्रावती एवं सुनकोशी नदी र दक्षिण कोखाजोर र एवं खानी खोलाले वेष्टित यो जिल्ला भौगोलिक विषमता र प्राकृतिक सम्पदायुक्त जिल्ला मानिन्छ। समुद्र सतह देखि ३१८ मिटर (कोखाजोर खोला) देखि ३०१८ मीटर (वेथान्चोक नारायण डाँडा) सम्मको उचाई रहेको यस जिल्लाको अधिकांश भाग पहाडी भू-धरातलले भरिएको छ।
यस जिल्लाका महत्वपूर्ण व्यापारिक स्थलहरूमा बनेपा, धुलिखेल (सदरमुकाम), पनौती, दोलालघाट, भकुण्डे वेंसी, पाँचखाल, ढांडखोला (सिपाघाट), लामीडाँडा, कुन्तावेसी, दाप्चा, मंगलटार, खोपासी, कात्तिके देउराली र नगरकोट आदि हुन्।
 


 

1)   धुलिखेल नगरपालिका   Dhulikhel 


                     धुलिखेल नगरपालिका (नेपालभाषामा : धौख्यः) नेपालको बागमती अञ्चलको काभ्रे जिल्लाको एक हो। धुलीखेल काभ्रेपलान्चोक जिल्लाको सदरमुकाम पनि हो ।  धुलिखेल नगरी हरियालीले ढाकिएका होचा अग्ला पहाडहरू र ती भन्दा पर सेता हिउँले सजिएका पर्वत मालाको पृष्ठभूमि पारेर पानपाते आकारमा बसेको छ । हिमाली चुचुरा र हिमनदी, सूर्‍योदयको बिहङ्गम द्रश्य आदिले पर्यटकहरूलाई मात्र नभै नेपालीहरू समेत लोभिएको कुरा हिउँदमा स्थानीय टुँडिखेलमा हुने बनभोजहरूको घुइँचो, होटलमा रात बिताउन आउने रसिकहरूको लामो लाईन, र पर्यटकहरूको बिहान ३ बजेदेखि नै भेला हुने बातावरणले नै बताउँछ ।
बिसं २०२२ तिर जिल्ला सदरमुकामको रूपमा चिनिन थालेको धुलिखेल, नेपालको इतिहासमा समेत स्पष्ट रूपमा उल्लेख भएको कुरा ऐतिहासिक पृष्ठभूमिमा नै उल्लेख भइसकेको छ। विसं १८२० कार्तिक १० गतेका दिन पृथ्वीनारायण शाहको फौजसँग पराजित धुलीखेलमा ५० घरपरिवार मात्र बाँकी रहेका थिए।
 
प्राकृतिक सौन्दर्य, होचा-होचा हरिया पाटनहरूले (घाँसे मैदान) भरिएको, स्वस्थ्यकर जलवायु भएको धुलिखेलको नामाकरण कसरी रहन गयो भन्ने सन्दर्भमा केही किम्बदन्तीहरू छन् । प्राचीनकालमा यहाँ बाघ लाग्ने घना जंगल थियो । त्यसै जंगलका बाघहरू खेल्ने डुल्ने ठाउँ भएकोले "धुंखेल" भनिन्थयो। जसको नेवारी भाषामा "धु"को अर्थ बाघ र "खेल"को अर्थ डुल्ने खेल्ने भन्ने बुझिन्छ । यसैगरी अर्को थरीको भनाइ अनुसार अघिका यी बन्य सम्पदा मासेर मानिसहरूले बस्ती बसाल्दै लगेपछि उजाडिएका डाँडाकाडाँमा हुरी बतासले गर्दा धुलैधुलो उड्ने भएकोले यसको नाम धुलिखेल रहन गएको हो ।
 धुलिखेल यातायातको दृष्टिले सुविधायक्त, मानिन्छ । यहाँ आवागमनको निम्ति बस, ट्याक्सी आदि सुविधा सदैव प्राप्य छ ।
 
यहाँबाट गगनचुम्बी हिमालहरूमध्ये मनास्लू, लमजुङ्ग, गणेश, लामटाङ, रोल्वालिङ, महालंगूर र कुम्भकर्ण हिमालयहरू देखिन्छन् । यसका अतिरिक्त अग्ला चुचुरा चढ्ने पर्वतारोहीहरूले मात्र साधारणतया: देख्न पाउने हिमनदी धुलिखेलको देवीस्थान डाडाँबाट सजिलै देख्न पाउने भएकोले पनि यो ठाउँ आकर्षकको केन्द्रबिन्दू बन्दै गएको छ। उपत्यकाको पूर्वमा रहेको नेवार बस्ती भएता पनि काठमाडौं र पाटनका नेवारहरूको भन्दा यहाँका नेवारहरूको संस्कृति र रीतिरिवाज धेरै अर्थमा बेग्लै र आफ्नै ढंगको छ ।
 
यहाँका बासिन्दाहरूको मुख्य ब्यवसाय कृषि र व्यापार हो। कूल जनसंख्याको ५३१ घरधुरीले वयापार र ५२८ घरधुरीले कृषि पेशा अपनाएको तथ्य २०५२ सालमा लिइएको बस्तीस्तरीय सर्भेक्षणबाट प्राप्त भएको छ। यहाँका पुरुषहरूले ब्यवसायमा लागेको पाइन्छ । यहाँ एउटा भनाइ मान्नुपर्छ - यहाँका नेवारहरू ब्यापार गर्न पूर्व लाग्छन् पश्चिम जाँदैनन् भन्ने जनसाधारणको भनाइ छ । हुन त यथार्थमा धुलिखेल ब्यापारीहरू पूर्वमा इलाम, दार्जीलिङ्ग, सिक्किम र भूटानसम्म पुगेको पाइन्छ ।
धुलिखेल, काभ्रेपलाञ्चोक जिल्लाको जिल्ला सदरमुकाम भएकले जिल्लास्तरीय सरकारी तथा गौरसरकारी कार्यालयहरू यहीं छन्। यहाँ ३ मा.वि.मा १०‍‌‌ + २ को कक्षा सञ्चालन भैसकेको छ भने निजी क्षत्रमा अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्न सफल काठमाडौं विश्वविद्यालय रहेको छ । प्राथमिक शिक्षा तालीम केन्द्र निजी क्षेत्रको लगानीमा स्थापित धुलिखेल अस्पतालले शिक्षा र स्वास्थ्यको क्षेत्र प्रदान गर्दै आएका छन् यहाँ रहेको नापी तालीम केन्द्रले प्राविधिक शीप प्रवर्द्धन गर्दौ आएको छ । गणेश, सरस्वती, वाराही, गीता, मन्दिर, गोखुरेश्वर महादेव, भैखण्डा मन्दिर र भगवतीको मन्दिर प्रसिद्ध छन् । दक्षिण पूर्व स्थित मन्दिर पनि रहेको छ ।

 

धुलिखेल होइन – धली ख्यः
 
नेवारी संस्कृतिको मौलिक पहिचान
 
हरिभक्त खोजु श्रेष्ठ
 
                        धुलिखेल धौख्यः को अपभ्रंश हो । राणा कालमा धौ ख्यःको अर्थ नजानेर उनीहरुले पठाउने लालमोहर, सनद पत्रहरुमा धैखेल, धौखेल आदि अपभ्रंश हुँदै धुलिखेल भएको हो । जस्तै बुइगः को बुइगल, सुकु को सुकुल, पस को पसल, डबु को डबली, नेपा को नेपाल, गोप को गोपाल, कपा को कपाल, नेवा को नेवार, आदि प्राचीन मौलिक नेवारी शब्दहरुमा क्रमशः ल÷र थपिई खस, नेपाली भएका हुन् (डा.डिल्लीरमण रेग्मी ब्लअष्भलत ल्भउब)ि । धौख्यः धुलिखेलको आधुनिक नेवारी नाम हो । धौ को अर्थ दही र ख्यः को अर्थ चौर, चरन क्षेत्र भन्ने बुझाउँछ । धली प्राचीन नेवारी शब्द हो । क्लासिकल नेवारी डिक्शनरीमा यसको अर्थ दही भन्ने बुझाउँछ । (धुलिखेलको सांस्कृतिक सर्वेक्षण नेपाल तथा एसियाली अनुसन्धान केन्द्र, त्रि.वि.वि.किर्तिपुर, पृष्ठ १६–१७ २०४२) धुलिखेललाई दहीको चौर अथवा धली ख्यः नाम राख्नुको आधारहरु निम्नानुसार छन् । 
पहिलो – धली ख्यः को पूर्वी किनार खाल्डोमा गौखुरेश्वर महादेवको मन्दिर अवस्थित छ । पौराणिक कथन अनुसार एक गाईले घना जंगल बीचको उक्त खाल्डोमा हल्का गहिरो चिसो पानीको सानो पोखरी बीचमा दुधको धारा खसाइ रहेको देखी गाई धनि हेर्न जाँदा गाई डराएर उफ्रिन्दा गाईको खुरले पानी भित्र रहेको कालो शिलामा कुल्चिएकाले ज्योति उत्पन्न हुँदा ढुङ्गामा खुरको छाप परेकाले त्यस शिलालाई गौखुरेश्वर भनिएको हो । मन्दिर र अन्य संरचनाहरु धेरै पछि बनेका हुन् । त्यस्तै पालुङ्ग, टिष्टुङ्गमा पनि गौखुरेश्वर महादेवको मन्दिर छ (नेपाल संस्कृति – १३३ पृष्ठ ९) । त्यहाँका किसानहरु अधिकांश नेवार गोपालहरु हुन् (डा.चुन्दा बज्राचार्य) ।
धली ख्यः को गौखुरेश्वर वरपरका क्षेत्र खरबारी चरन क्षेत्र हुन । हालको भीमसेन मन्दिर वरपर देखि पूर्व टुडिखेल लगायत जंगल किनारसम्म फैलिएका चरन क्षेत्र हुन् । त्यस क्षेत्र भित्र गज्या परिवारका वासिन्दाहरु हाल पनि बसोबास गरिरहेका छन् । गोपाल संस्कृत शब्द भए झैं गज्या प्राचीन नेवारीमा उही अर्थ बुझाउने शब्द हो । ग को अर्थ गाई, ज्या को अर्थ काम बुझाउँछ । प्राचीन सुमेर – एकेडेली भाषामा (संस्कृत भन्दा पुरानो भाषा) गुतको अर्थ गाई बुझाउँछ । (प्रा.बालकृष्ण पोखरेल– खस जातिको इतिहास पृष्ठ ४८, ३०४) नेवारी संस्कृतिमा प्राचीन सभ्यता देखि गाईको ठूलो आदर सम्मान रहेको छ । नेवार समुदायमा गोरु जोत्ने वा मासु खाने प्रचलन थिएन र छैन । गाइजात्रा नेवारी संस्कृति हो । साँढे पशुहरुको मालिक, सृष्टिकर्ता, पशुहरुको पतिको नामले प्राचीन सुमेर उर शहरबाट छ हजार वर्ष देखि सुरु भएको संस्कृति हो ९ीयकत ऋष्तष्भक उन डण्(डज्ञ एबग िद्यबजल० । यसको नाम सुमेर भाषिकामा क्शेवु रहेको थियो । कालान्तरमा शेवु हुँदै शिव बन्न पुग्यो । साँढे त्यस क्षेत्रका सबै पशुहरु भन्दा ठूलो, संयमी, अहिंसक, कल्याणकारी, त्यसै आक्रमण नगर्ने, उत्पादनशील भएकोले यसको नाम पशुपति राखिएको कुरा अथर्व वेद एवं अन्य प्राचीन पुरातात्विक महत्वका विषयहरुमा परेका छन् ÷ ९त्जभ ऋष्खष्ष्किभम म्झयलक उबनभ ज्ञज्ञढ, त्जभ क्ष्लमगक ऋष्खष्ष्शिबतष्यल ( क्ष्च ःयचतष्mभच ध्जभभभिच ( उन ज्ञण्छ० । हाल महादेव, शिवको प्रतिक एवं वाहन नन्दिको रुपमा हिन्दू करण गरिएको छ । त्यस्तै अफ्रिकाको साहारा मरुभूमिको दक्षिण भेगतिर पाइने ४ फूट अग्लो सर्पभक्षी पन्छीराज गरुड ९क्बनष्तबचष्गक क्भचउभलतबचष्गक० लाई आर्यहरुका बीर, निडर, छलकपटी नायक विष्णुको बाहन तथा नागजातिलाई हेयको दृष्टिकोणले गरुडको सिकार बनाइएको छ । विष्णु नाइल नदी, कुश क्षेत्र वरपरका नाईलोटिक वा नाईलोहेमेटिक कुश जातिका (?) पराक्रमी, पुरुषार्थी, गाढा, निलो, हल्का कालो वर्णका अग्ला हृष्ट, पुष्ट शरीरका अर्धवृत्तमुण्डाकार आकर्षक व्यक्तित्वशाली पुरुष हुन् । कुश घाँस विष्णुको जन्म क्षेत्रको स्मरणको आभास हुनुपर्छ । विष्णुलाई पछि आर्यहरुले दैविकरण गरी हिन्दू देवको रुपमा वर्णन गरेका हुन् । सुमेर, मेशोपोटामिया मूल थलो रहेका नागजाति तथा असुरहरु – (नेवार) सिन्धु उपत्यकामा आर्यद्वारा पराजित समुदाय हुन् । यिनीहरु आर्यहरु भन्दा पूर्वका आदिवासी थिए । साथै आर्यहरुले गोमेध यज्ञ गरेका र गोमांश प्रयोग गरेका वेदहरुमा छर्लङ्गै छ । त्यसैले शिव, गणेश, अष्ट मातृका, भैरव आदि पछि आर्य हिन्दूकरण गरिएका अनार्य, असुर (नेवार) समुदायका प्राचीन मौलिक देवी, देवता हुन (केदार प्रधान, रघुनाथ अधिकारी) । किनभने ऋग्वेदमा शिष्णदेव, लिङ्गदेव पूजकभनी असुरहरुलाई व्यंग्याइएको छ । महादेवलाई स्मासन बासी, भूत, प्रेत, पिशाच संगत गर्ने, भिष, भाङ, धतुरो खाने खरानी घस्ने, सर्पको माला लगाउने आसुरी स्वभावका तथा विष्णु धुर्त, छलकपट चरित्रका भनी पुरानहरुमा तथा स्वस्थानी व्रत कथामा व्याख्या गरिएको छ ।  शिष्णदेव लिङ्गदेव महादेव, शिवकै प्रतिक हुन् । भिमकाय साँढेको सृष्टि एवं उत्पादकत्व शक्तिको संकेत हो । ९त्जभ ऋष्खष्ष्किभम म्झयलक उबनभ ढद्द० । 
राणा शासन कालमा वि.सं. १९९४–९५ सालतिर बडा हाकिम र मिलिशियाका लप्टनका छोराहरुलाई अंग्रेजी, गणित, संस्कृत पढाउने शिक्षकहरु केशव प्रधान (माकजु परिवारका) र चौकोटका कुईकेल थरका पण्डितलाई हालको जेल पश्चिमको चौर र माल अड्डाको उत्तर न्याख्या परिवारहरु बसोबास गरेको खरबारी क्षेत्र तलबको रुपमा बडा हाकिमले दिएका थिए । तर, सो क्षेत्र चरन क्षेत्र भएकोले लिन हुँदैन भनी जिकिर गर्दा बडा हाकिमले तामाको पशुपतिको एक पैसा जरिवाना तिराई सजाय दिएको कुरा बूढा पाकाहरु भन्छन् ।
 
                         दोस्रो – धली ख्यः को दक्षिणी भेगतिर ठूल ठूला चौरहरु छन्, जस्तै कोटखि, सिफोर, ऐतखी आदि । खी को अर्थ ख्यः नै हो चौर, चरन खाली ठाउँ । हाल बारी, खेत र बस्ती बढेकाले साँघुरो भई लोप भै सकेका छन् । त्यस्तै धली ख्यः शहरको दक्षिणी किनार इटोलमा महेशपाल, म्हैस, हुँदै हाल मैस थरको परिवार बसोबास गरिरहेका छन् । बसोबासको हिसाबले धली ख्यः गोपाल महिषपाल कालमै स्थापित भैसकेको देखिन्छ । नेवार समुदायका गोपाल– महिषपाल हाल पनि काठमाडौं उपत्यका वरपर मातातिर्थ, थानकोट, किर्तिपुर–पाँगा, टिष्टुङ्ग पालुङ्ग, फर्पिङ हुँदै खुला चरन क्षेत्र खोज्दै सागा हालको साँगा धली ख्यः तिर वस्ति बसालेको देखिन आउँछ । मानव सभ्यतामा पशुपालन, खेती पहिलो र प्रमुख व्यवसाय भएकोले दुध, दही उत्पादन स्थल जनाउन त्यस ठाउँलाई धली ख्यः भनिएको हुनुपर्छ ।
त्यसैले भाषा, पुरातत्व, संस्कृति, सम्पदा, आदिको पहिचान झल्किने धली ख्यः नै धुलिखेलको नाम कायम रहनु पर्छ । संसारका धेरै देश, शहर, ठाउँका नामहरु आफ्नै मातृभाषामा परिणत भैसकेका छन् । सिक्किमका नेवार समुदाय भाषा खोज्दै भक्तपुर, काठमाडौं आएको समाचार अन्नपूर्ण दैनिकले छापेको छ । कोटखिः क्षेत्रमा भैरवनाथको देवस्थल छ । ऋग्वेदमा आर्य आगमन पूर्वका भैलस्थानको उल्लेख छ । ९त्जभ ऋष्खष्ष्किभम म्झयलक उबनभ ज्ञद्धज्ञ० यो सुमेर क्षेत्रका सृष्टि एवं प्रमुख आकाश देवता हुन् । यसको उच्चारण तत्कालीन भाषामा बेल हुन्छ । जस्तै ख्भ,ि दभ,ि खबष्बि । नेवार समुदायमा बेल पूजा भनेको यही खबष्बि देवताको पूजा हुनुपर्छ । यो ईश्वरसँग मिलन एवं भक्ती दर्शाउने विश्वास हो । सर्वोच्च देवता बेल प्रतिस्थापना गरी कुमारीको पूजा गरिएको मातृ सतात्मक र सभ्यताको स्मरण हो नेवार कुमारी देवीहरु झैं । रुखको बेल ख्बष्बि देवको प्रतिक मात्र हो । नेवार समुदायमा कुमारीको गुफा राखेको १२ औं दिनमा सर्वप्रथम सूर्य दर्शन गराउने चलन मिश्र, सुमेर सभ्यताको प्रकृति पूजाको निरन्तरता हो । प्रख्यात प्राचीन नवदुर्गा जात्रा नाचको प्रमुख देव सेती भैल ९ख्बष्बि० हुन् । श्रीखण्डपुरमा श्वेत भैरवको भव्य मन्दिर छ । उक्त मन्दिरका टुँडालहरुमा विभिन्न मुद्रा एवं सुमेर क्षेत्रका बच्चा पाइरहेकी महिला एवं सूर्य देवताका प्रतिक बाज वा चिल चराको काठका मूर्तिहरु रहेका छन् । साथै उक्त मन्दिरका काठका टँुडालहरुमा यौन एवं मैथुनका शिल्पहरु छन् । तान्त्रिक पद्धति अनुसार पाँच म हरु माछा, मासु, मदिरा, मुद्रा एवं मैथुन असुर – नेवारका तान्त्रिक पूजा विधि एवं जीवनशैली हुन् । वि.सं.को नयाँ वर्षको सुरआतमा विशेष रुखको काठको लिङ्गो ठड्याउने, नयाँ पालुवा तथा पूmलको प्रयोग गर्ने, लिङ्गोध्वजा, पताका लगाई विजय उत्सव, हर्ष उल्लास गरि मनाइने जात्रा बारे ऋग्वेदमा उल्लेख गरिएका छन् । साथै दिपावलीको नयाँ वर्षका बारेमा पनि चर्चा गरिएको छ ९त्जभ ऋष्खष्ष्शिभम म्झयलक ( उबनभ द्दछ० । नेवार समुदायको विस्केट जात्रा नयाँ वर्षमा फूल्ने बगैनाको नयाँ फूल सहित – विख्यास्वां – विस्केट फूल तथा भाइटिका पहिलो दिन मनाइने म्हपूजा यसै विवरणको निरन्तरता हुनुपर्छ । विस्केट जात्रा धली ख्यः तथा श्रीखण्डपुरमा भक्तपुरमा जस्तै धुमधाम मनाइन्छ । काठमाडौंको फर्पिङ्गलाई धली ख्यःमा झै शिखलापुर भनिन्छ । त्यहाँ पनि धली ख्यः मा जस्तै लिच्छवीकालीन शेषनारायणको मूर्ति एवं मन्दिर छ । त्यहाँ राजोपाध्याय नेवार पुजारी रहेको छ । अनन्त वा शेषनाग नागजातिका प्रभावशाली अग्रज पूर्वज मानिन्छ । नागरिक, नगर, देवनागरी लिपि र व्यापारिक स्वस्तिक चिन्ह (भार्गव जातिको) व्यापारी नागजातिबाटै विकसित एवं प्रचार प्रसार भएको हो (पोखरेल) । नाग जाति सुमेर क्षेत्रबाट पूर्वतिर सर्दै भारतको नागाल्याण्ड, नागपुर, मणिपुर, नेपालमा नागार्जुन, नगदेश, नागदह, तौदह आदि ठाउँमा बसोबास गरेका हुन् । ल्भनगक (महाराजा) शब्दबाट बनेको नागको प्राचीन अर्थ राजा हो (बाल कृष्ण पोखरेल) । सर्पको अर्थ नाग जाति विशेष गरी पानी मार्ग, जलमार्ग, आदि मार्फत अरब सागरबाट सिन्धु भारत भई ठूल ठूला व्यापार तथा नाउ, डुंगामै नाउँनगर, वस्ती चलाउने भएकोले आर्यहरुले नाग– मानवजातिलाई सर्प वर्गमा अथ्र्याएका हुन् (पोखरेल) । आधा सर्प र आधा मानवको शरीरका चित्रहरु यसै भावबाट आएका हुन् । नागपञ्चमी, नागपूजा आदि पूर्वज नाग जातिको स्मरण हुन. । त्यस्तै भ्यागुतालाई खाना, चारा दिने – ब्यां जानकेगु पुन्ही प्रकृति पूजा जस्तै हो । पनौतीमा १२ वर्षको मेलामा नागदह, तौदहका नाग जाने कुरा सर्प नभई नागजाति मानव नै हुन् । पनौतीमा बासुकी नागको दरबार रहेको कुरा अझै कायमै छ । तर उचित उत्खनन् हुन सकेको छैन (तुयुकाजी ताम्राकार) । साथै पनौतीको संग्रहालयमा सुरक्षित गोही, बोका, भेडा तथा चराको टाउको भएका मानव शरीरका धातुका मूर्तिहरु सुमेर र मिश्रका प्रचीन देवता तथा काठका अग्ला अग्ला दुब्ला पात्ला मूर्तिहरु अफ्रिकी – मिश्रेली मूलका सुडान, सोमालिया, कुश क्षेत्रका मानवहरुका प्रतिकहरु हुन् । धली ख्यः मा सर्प जातीका नामको थर विज्जु (बि को अर्थ सर्प) परिवार हाल पनि कायमै छ । त्यस्तै बनेपामा खिचा (कुकुर) तथा चौकोटमा छूँ (मुसा) थरका नेवार परिवारहरु अझै छन् । यी पूर्वज आभास ९त्यतझष्अ० झल्किने शब्दावलीहरु हुन् । शेषनारायणको अर्को नाम अनन्त नारायणको मूर्ति धली ख्यः लंखनामाईको मन्दिर मुनिको ढुङ्गेधाराको फेदमा रहेको ढुङ्गाको सानो मन्दिर आकारमा अवस्थित छ । तर मूर्ति चोरी भैसकेकोले त्यो सानो ढुङ्गाको मन्दिर खाली नै छ । त्यहाँ प्राप्त शिलालेखमा शिवलिङ्ग एवं धाराको संरचना सहित अनन्त नारायण भक्तपुर तुपलाछे टोलका प्रधानाङ्ग विश्वनाथ भटीले खेत राखी गुठी खडा गरी स्थापना गरेको विवरण दिइएको छ (ने.सं. ७९९ जेष्ठ १०) । तर, जिर्णोद्वार, संरक्षण, सम्भार नहुँदा यो संरचना दयनीय अवस्थामा छ । लंखनामाई स्वतः पखेटा उम्रेका प्राकृतिक शिला हो । तर यसलाई त्यहाँ प्राप्त शिलालेखमा लंकोविनायक भनी उल्लेख गरिएको छ । केही सामान हराएमा यस देवतालाई भाकल राखेमा हराएको वस्तु पाएको धेरै उदाहरणहरु छन् । यसको नजिकै प्राकृतिक (चरेस) दर्शन ढुङ्गा सरस्वतीको नामले स्थापित छ । यी शिलाहरु सुमेर क्षेत्रका स्थानीय इष्टदेवहरु ल्गmभल ीयअष् ( ल्गmष्लयगक क्तयलभ झैँ पारभौतिक शक्ति भएका देव देवीहरु हुन् । त्यस्तै चोच्छे टोलका पत्तन देवी, हरसिद्धिको पनि पारभौतिक शक्ति बेला बेलामा मानिसमा चढेको उदाहरण पाइन्छ । अदृश्य, अव्यक्त पारभौतिक शक्ति मानव शरीर, मन, बुद्धि विवेकमा प्रक्षेपण भएपछि सामान्य मानव स्वभाव भन्दा फरक देव देवीको भाव भङ्गी व्यक्त हुन्छ । यसलाई देवता चढेको, बोलेको भनिन्छ ।
 
                         शेषनाग जाति श्रेष्ठ नेवार समुदायका अग्रज, पूर्वज मानिन्छन् । शेषनाग जातिबाटै स्य स्य भएको र स्य स्य का ६४ व्यवसायिक थर मध्येबाट श्रेष्ठ व्यापारी भएको कथन (पदम श्रेष्ठ) प्रध्यापक बालकृष्ण पोखरेलको छ (खस जातिको इतिहास) । नेवार समुदायमा नाग, सर्प शब्दको उच्चारण बर्जित ९त्बदयय० छ । यसलाई ‘ताहाँम’ लामो किरा भनिन्छ । नाम उच्चारण गर्नु अपमान सम्झिन्छ । घर, जग्गा, खेतीमा नाग वस्ने, नाग लाग्ने, नाग पूजा गर्ने जनविश्वास अझै कायम छ । त्यसैले शेषनारायण, अनन्तनारायण श्रेष्ठ समुदायको पूर्वज आभास हुन्, पछि हिन्दूकरण गरिएको हो । त्यसैले घरको परिवारको कुनै सदस्यको मृत्यु पश्चात उनकोे प्रतिलिपी धातुको मुकुण्डोको चिनो धली ख्यः शेषनारायणको मन्दिर भित्र टांग्ने, राख्ने प्रचलन छ । यो पारंपरिक ऐतिहासिक विश्वास हालको मृत व्यक्तिको आत्मा र पूर्वज पितृ शेषनागजातिको आत्माको मिलनको संकेत हो । यो सुमेरेली, मिश्रेली पारंपरिक विश्वासको निरन्तरता हो । त्यस्तै काजकिरिया प्रक्रियाका विधिहरु जस्तै भाँडाकुडा, शैयादान, छाता, लौरो एवं १२ औं दिनमा बृखेश्वर यज्ञमा थुमा भेडोको बली चढाउनु मिश्रेली संस्कृति सूर्यका प्रतिक ब्mगल च्भ भेडोको टाउकोको स्मरणको निरन्तरता हो । तर त्यहाँ यी सबै मृत शरीरसँग गाडिन्छन् भने यहाँ हिन्दूकरण भएकाले पुरोहित ब्राम्ह्णलाई दान दिइन्छ । ९ध्यचमि ऋष्खष्ष्किबतष्यलक ( ख्यगिmभ ब् उन घद्द क्भखभलतज भ्मष्तष्यल० । गौखुरेश्वर र नारायणका पुजारी जंगम थरका परिवार नियुक्त गरिएको छ । तान्त्रिक विधि अनुसारका पुजारी कर्माचार्य मार्फत भगवती र हरसिद्धिको पूजा अर्चना गरिन्छ । धली ख्यः भगवती–दुर्गाको मौलिक शिलाको मूर्ति र मन्दिरको ढोका पूर्व फर्केको, पलाञ्चोक भगवतीको मुल ढोका पश्चिम फर्केको (धली ख्यः र पलाञ्चोक मन्दिर एक आपसको ठाउँबाट देखिन्छ) नालाको दक्षिण तथा काठमाडौं शोभा भगवतीको पूर्व फर्केको कारण यिनीहरु दिदी बहिनी भएकाले एक आपसमा कुराकानी गर्नलाई हो भनी पूजारी स्व.रामप्रसाद कर्माचार्यको भनाइ छ । (टर्कीमा दुर्गालाई टुर्गा भनिन्छ– पोखरेल)  भगवतीको मन्दिर तलेजु भवानी र भक्तपुरको पाँच तले मन्दिरको ढाँचामा भुँइतलाबाट तीन तला वरपर, चारैतिर चार कुने आकारका वेदीहरु माथि तीन तले मन्दिर चोच्छे टोलमा रहेको छ । मन्दिरका वेदीहरु तथा मन्दिरमा जाने ३ तिरका बाटाहरु सुमेर क्षेत्रका उर तथा उरुक (हालको इराक, बगदाद) शहरका जिगुराट मानव निर्मित पहाड आकारको टुप्पो, चुचुरो मन्दिरको झल्को देखाउँछ ९ीयकत ऋष्तष्भक उबनभ डण्(डज्ञ त्जभ ीबलनगबनभ या ज्बचबउउबलक( ःबबितष् उन। द्दद्दद्द० । दुटोलमा शेषनारायाण मन्दिरको बगलमा पूर्वतिर हरसिद्धिको मूर्ति सहितको भव्य मन्दिर छ । यहाँ १२ वर्ष हरसिद्धि जात्रा नाच वर्षाको मध्य याममा पाटन लुभु हरसिद्धिका मानव देवहरुबाट जल्ल–द्यः जल देवताको नामले संचालन हुने गरेको छ । विगत वर्षहरुमा झैं गत वर्ष यस जात्रा पश्चात फर्केका देव पाहुनाहरु पछ्याउँदै देवजु परिवारका १ महिला आमासँग जाने भनी रुदै कराउँदै गएकी देखिइन् । सुमेरको अर्थ सिमसार एवं जलदेवता नै हो (पोखरेल) । जलदेवताको संकेत मिलेको हिसाबले सुमेर सभ्यता त्यस क्षेत्रमा सात हजार वर्ष पहिले भएको जल प्रलय, वेद र हिन्दू साहित्यमा वर्णित श्वेतबराहकल्प महामारीबाट बाँचेर हरप्पा सिन्धु क्षेत्र हुँदै नेपाल भित्रिएको याद स्वरुप पूर्वज स्मरण गरिएको संकेत दिन्छ । बनेपामा हरसिद्धि जात्रा चलाईदैन । त्यस्तै विस्केटको सट्टा चण्डेश्वरी जात्रा गरिन्छ । चण्डेश्वरी मन्दिरको ढोकाको सामु दक्षिणाभीमूख अग्लो स्तम्भ खडा गरी राखिएको, पाकेको ईट्टाको मूर्तिको स्वरुप सुमेर क्षेत्रका वार्का÷उरुक शहरका ईनान्ना मन्दिर तथा मूर्तिसँग मिल्दो जुल्दो छ ९ीयकत ऋष्तष्भक उबनभ ठढ० । नन्ना, इनन्ना सुमेरेली गोपालकहरुका प्राचीन देवदेवी हुन् (पोखरेल पृष्ठ २२४) । अधिकांश नेवारी वस्तीहरु प्रायश सुमेर क्षेत्रका प्राचीन शहरहरु झैं दुई नदीहरको बीचमा रहेका छन् ।

 

                      धली ख्यःमा यी बाहेक गणेश र भिमसेनका मन्दिरहरुको बाहुल्यता रहेकोछ । यी दुवै अनार्य, असुर देव हुन । गणेश हिन्दू आर्य संस्कृति पूर्वका एशिया माइनर वरपरका कनान शहरका केनानीहरुका कणेश देव हुन् (पोखरेल) । प्राचीन प्रचलित नेवारी होली गीतमा शुरुको लयमा ‘बाल सुमेर हे शिव’ भन्ने लवज परेको छ । यसले बेल–भैल, सुमेर र शिवको स्मरणको संकेत दिन्छ । भगवतीको भजनमा सुमेर क्षेत्रमा प्रचलित प्राचीन छाग शब्द बोको बलीको प्रयोग गरिएको छ । त्यसैले हरसिद्धि मन्दिरमा ३ ओटा कलशमा पानी राखी स्थापना गरिएको प्रतिक, संकेत, अर्थ पनि उत्तिकै महत्वपूर्ण अध्ययनका विषय हुन् । सम्भवतः मौलिक स्थल सुमेर क्षेत्रका (हाल इराक) त्ष्नचष्क, भ्गउजचबतभक र म्ष्बबि नदीहरु वा प्राचीन तीन देव देवीहरु वा पृथ्वी आकाश तथा सूर्य देवका प्रतिकहरु हुन सक्छन् । मन्दिरको मुल द्वार शिरमा महाकाली, महालक्ष्मी, महासरस्वती त्रिशक्ति, त्रिदेवीका प्रतिकहरु रहेका छन् ।
हालको टर्कीको पूर्वी किनारमा रहेको बोगाजकुई (ईश्वरको घर– नेवारको द्योछेँ) भन्ने ठाउँमा मित्र, बरुण, इन्द्र तथा नासद्यः रहेको विवरण फेला परेको छ ९पोखरेल पृष्ठ २६५ खस जातिको इतिहास, ऋष्खष्ष्किभम म्झयलक ( ःबबितष् तथा क्ष्चबल ( च्। न्जष्चकजmबल ( ज्ञढटछ उबनभ टद्द० । नासद्यः विशेषतः नेवारी नाचगान, विद्या आदिका अभिन्न देव देवीका शक्तिका प्रतिक हुन् । यी देवहरु आर्य आगमन पूर्वका त्यहाँ रहेको ३४००–३५०० वर्ष पुरानो अभिलेखमा रहेको छ । नाशद्य मिश्रेली कुश क्षेत्रका प्रख्यात प्राचीन नर्टक, नर्टकी, खेलाडीहरु नेवारका पूर्वज पितृ देव देवीहरु हुन सक्छन् । शिवलाई कुशल शास्त्रीय नर्टक – नटराजको रुपमा चित्रण गरिन्छ । नासद्यः शिवको यही गुणको आंसिक प्रतिकको रुपमा सम्झिने गरिन्छ । शिवको शारीरिक बनोट र वर्ण विष्णु, इन्द्रको झैं कुश क्षेत्रका अफ्रिकी मूलका हिष्ट पुष्ट नाङ्गो शरीरबाट आकर्षित भएर कामान्धवश आर्य ऋषि पत्नीहरु पछि पछि लागेको विवरण स्वस्थानी वर्तकथामा पाइन्छ । इन्द्र पनि त्यसै क्षेत्रका निलवर्णका बलिष्ठ योद्धा एवं रणकौशलयुक्त व्यक्ति रहेकाले विष्णुलाई झैं आर्यहरुले आफ्ना युद्धनेता बनाएका हुन् । मित्र र बरुण अनार्य पक्षमै रही सिन्धु युद्धमा इन्द्रद्वारा पराजित भएका हुन् । पछि इन्द्रले मित्र बरुणलाई आफ्नो सहायकका रुपमा स्वीकारेका हुन् । यिनीहरु पहिलेदेखि अनार्य असुरका संयुक्त शासक देवका रुपमा रहेका कुरा बोगाजकुइ अभिलेखले बताउँदछ । कृष्ण पनि निलो कालो वर्णको मानिन्छ । उनी पनि संगीत नाचगानका साथै बलिष्ठ योद्धाको रुपमा चित्रण गरिएका छन् । यी सबै गुण अफ्रिकी मूलका नाइल नदी क्षेत्रका मानवहरुमा निहित रहेको विवरण यत्रतत्र, ऋगवेद, पुरानहरु आदिमा छरिएर रहेका छन् । यिनै विशेषतालाई आर्य हिन्दूकरण गरिएको हो । असुरहरुको भाषा संस्कृत, ज्ञान वेद तथा भूमी सिन्धु उपत्यका यी तीन कुरा विष्णु, इन्द्र लगायत आर्यहरुले त्यहाँका आदिवासी असुरहरुबाट खुसेका हुन् । बलीराजाको दानको कथा अस्वभावीक मिथक मात्र हो । अन्य नेवार वस्तीहरुमा झैँ धली ख्यः मा भगवती मन्दिर जाने बाटोको मध्य भागमा खुल्ला आकाश मुनि पूर्वाभीमुख अवस्थामा नासद्यः तथा द्योछेँ खाछेँ परिवारको घरमा स्थापित छन् । भू–मध्य सागरले दक्षिणी यूरोप, उत्तरी अफ्रिका, पश्चिमी एशियालाई जोडेको छ । यस वरपरका देशहरुको प्राचीन पुरातात्विक सम्पदा एवं संस्कृति हरप्पा – सिन्धु सभ्यता देखि काठमाडौं, भक्तपुर, पाटन, बनेपा, पनौती, नाला झैँ सुमेर, मेशोपोटामिया, मिश्र, आदि शहरी सभ्यताको उद्गम थलो हो । नेपालका नेवार वस्तीहरु पुरातात्विक, सांस्कृतिक, धार्मिक, भाषिक, मानवशास्त्रीय आधारमा यिनै सभ्यताको प्रतिनिधित्व गरेको पाइएको छ । भक्तपुरको दरबार हरप्पा, मोहनजोदाड़ो सभ्यताका दरबारहरुको प्रतिलिपी झैं देखिन्छ । प्राचीन नेवारी लिपी, बंगाली, मराठी संस्कृति एवं सुमेर क्षेत्रका कुनीफर्म – चित्रलिपीको तुलनात्मक अध्ययन हुनु अति आवश्यक छ । प्राचीन सुमेर, बोगाजकुई, मिश्र, एसिया माइनर तथा हरप्पा (आर्यहरुको आगमन पूर्व) देखि नेपाल काठमाडौं उपत्यका र बाहिरका नेवार वस्तीका संस्कृति, संस्कार, धर्म न त आर्य, न त हिन्दू नै हुन् । यि हुन पितृ आत्मा तथा प्रकृतिका प्रतिकहरु, बोटविरुवा तथा पशुपन्छीहरुका भक्त, संरक्षक एवं पूजक । मिश्रको नाइल नदिको पानी झल्कने ना, ल, नेवारी शब्दहरु र बनेपा देखि उत्तर तिर रहेको नाला सिमसार शहरको सामिप्यता अनुसन्धानको लागि ज्यादै रोचक देखिन्छ (पोखरेल र ःबबितष् ( त्जभ ीबलनगबनभ या तजभ ज्बचबउउबलक उन द्दद्दछ० । 
 
                       धली ख्यःमा थरहरु बारे पनि रोचक विवरण पाइन्छ । सात हजार वर्ष पहिले सुमेर क्षेत्रका उर शहरमा ९ीयकत ऋष्तष्भक उबनभ डण्० श्वेतबराहकल्प, महाविनाशकारी जलप्रलयबाट डुंगामा बसी बचेका नो अः ९ल्यबज० नामका मानव नै नेवा हुन् र मनु नो अः का पूर्वज हुन् तथा नाहिरीबाट आएकाले नेवार कहलिएका हुन् भन्ने प्राध्यापक बालकृष्ण पोखरेलको कथन छ । नेवारीमा हाल पनि मानिसलाई मनु भन्ने गरिन्छ । धली ख्यः का अधिकांश अभिलेखहरुमा श्वेतबराहकल्प उल्लेख गरिएको पाइन्छ । धली ख्यः मा नेवा थरका परिवार पनि छन् । त्यस्तै सुमेरमा झैँ पूर्वज आभास ९त्यतझभ० गण, गोत्र, कुल, वंशको चिन्ह झल्कने धोंजु (स्याल झल्किने), धूँजू (बाघ झल्किने– श्रीखण्डपुर) बी (सर्प), माक (बानर), व्याँ (भ्यागुतो, भालु, भू (विरालो), को (काग) ठाउँ विशेष झल्किने जस्तै तुंछें, तुंसु (इनार भएको, सुकेको घर) यगोल (यंगा– काठमाडौंको) ढालाछें (कुलो भएको ठाउँको) चो छे (अग्लो ठाउँको) ढोकासी – शहरी बजार प्रवेश ढोका झल्किने – भूख (भुकम्प सम्बन्धी), न्ह्यांगो (गोलबोकेर बारुद खाना पु¥याउने) बरुण (असुरहरुको शासक), म्ह्वासु (पहेला रंगको) त्वान्ना (न ली खुट्टा झल्किने) न्हसी (सिमसार – थलथले जमिन बासी) आदि हुन् । 
 
                     धली ख्यः सानो बस्ती भएपनि परम्परागत काठ, ढुंगा एवं ईट्टाका सम्पदा, संस्कृति तथा पक्की बाटो, ढल, नाल, राजकुलो आदि व्यवस्था भएको शासकीय रणनीतिक भौगोलिक स्थल पर्यटकीय रमाइलो शहर हो । पहिला चारैतिर शहर भित्र छिर्ने मूल ढोकाहरुको व्यवस्था थियो । हाल लोप भएका छन् । धली ख्यःमा सुरक्षाको लागि किल्ला जस्तै क्वाच्चा – क्वाथ (हाल हरसिद्धि विद्यालय भएको ठाउँ) तथा दरबार क्षेत्र हालको बसपार्क र जनकपुर जाने बाटोको बीचको (भख्वाचा भन्ने अग्लो ठाउँ हाल सो जग्गा फाडी घरहरु बनेका छन्) जग्गामा रहेका छन् ।
धली ख्यःमा ने.सं. ५०१ मा श्री जयार्जुनदेव (गोकर्णेश्वर – पृष्ठ २८, वेदमणि घिमिरे), तथा ने.सं. ७९० मा जितामित्र मल्ल राजा रहेको (नेपाल संस्कृति पृष्ठ २९ छेत्र बहादुर कायस्थ) विवरण पाइएको छ । यिनै राजाका पालामा उनका मन्त्री भायेराम भटी मार्फत धली ख्यःको एतिहासिक गौखुरेश्वर संरचना नेपाल संवत ७९० मा स्थापित भएको शिलाअभिलेख विवरण बनेपा नगरपालिका मार्फत प्रकाशित भएको छ । सो अभिलेख पुनरलेखन गराई पूर्ववत भीमसेन मन्दिर नजिकै पूनः स्थापना गर्न पुरातात्विक महत्वको हुनेछ । साथै गौखुरेश्वर संरचना, विस्केट जात्रा, भिमसेन, भगवती जात्रा एवं गुठी विषयक अभिलेखहरु पाइएका छन् । ठीक यस्तै गुठीहरु छ हजार वर्ष पूर्व सुमेर क्षेत्रका उरुक÷वार्का शहरमा व्यवस्थित भै सकेको विवरण छ ९ीयकत ऋष्तष्भक उबनभ ठढ० । नेवार हिन्दू वैदिक वर्ण जात विभाजन पूर्वका प्राचीन सुमेर, मेशोपोटामिया, मिश्र एवं एसिया माइनर क्षेत्रका विश व्यावसाय, संस्कृति, सभ्यताका सम्वाहक हुन् ।
 
                     नेवार समुदाय आर्यहरुको आगमन पूर्व सुमेर, भूमध्यसागर तटीय टापु शहरहरु, ९म्यच द्यबजबमगच द्यष्कतब ( एभयउभि या ल्भउब िउन।ज्ञढ, द्दण्ण्द्ध० मेशोपोटामिया एवं मिश्र देखि हरप्पा सम्म (सिन्धु सभ्यता) पशुपालन कृषि सिंचाइ, व्यापार, ईट्टा पार्ने, माटाका भाँडाकुडाँहरु बनाउने शहर वस्ती बसाल्ने, काष्ठकला, शिला एवं धातुका हस्तकला एवं शिल्पमा पोख्त भई विश व्यवसाय मार्फत प्रख्यात रहेका थिए । पछि सिन्धु सभ्यता माथि आर्यहरुको विजय पश्चात विशबाट वैश्य वर्णमा वर्गीकृत भएको ऋगवेदमा उल्लेख छ । अनि नेपालमा हिन्दू करण भई वैश्य जातमा परिणत गरियो । राज्य शासन, सुरक्षा एवं शैनिक व्यवस्थापन सीपको कमी तथा एक आपसमा मेल मिलाप नहुनाले प्राचीन संस्कृति देखि प्रचलित आयुध जिवीकोपार्जन (हात हतियार संचालन गर्ने समुदाय) संस्कृतिका योग्य पुरुषार्थीलाई सुरक्षा प्रमुख नियुक्ति गर्ने गर्थे । प्राचीन मिश्रका तेस्रो राज वंशका दोश्रो राजालाई हेका खासे – विदेशी राजा जोशेर भनिन्थ्यो । ९ब्लअष्भलत भ्नथउत ( न्ष्यचनष्य ब्नलभकभ, ःबगचष्शष्य च्भ उन।द्दद्ध० कालान्तरमा वैश्य नेवार शहरी राज्य वस्तीहरुमा जोशेरको पुनर्रुपान्तरण, पुस्तान्तरण हुँदै जुजु र विदेशी राजाको सट्टा ठकु जुजु (ठकुरी मल्ल राजा) भएको देखिन आउँछ । यसैले अनार्य नेवारी संस्कृतिमा जवर्जस्त ढंगले सामाजिक व्यवस्थापन राज्य संचालनको नाममा हिन्दू संस्कार घुसिएको देखिन आउँछ । राजनीति भन्दा आफ्ना व्यवसाय एवं पेशामा तल्लीन रहने स्वभावको ज्वलन्त उदाहरण अनार्य नेवार समुदाय जनघनत्व रहेका शहरी क्षेत्र बनेपा, पनौती, धली ख्यः लाई तीन सांसद चुनाव क्षेत्रमा विभाजन गरी नेवार समुदायलाई छुट्याउँदा पनि यस बारे कुनै चासो राखिएन । ऐतिहासिक सात गाउँ नेवार देश लगायत केही गा.वि.स.हरु थपी एक सांसद चुनाव क्षेत्र बनाउने विषयमा राजनीतिक, साहित्यिक, बुद्धिजिवी, कलाकार एवं सर्वसाधारण जनसमुदायको आवाज आएको पाइएन । त्यसकारण नेवार लगायत जनजाति समुदाय आर्य हिन्दू राजनीतिको उत्थानको लागि विविध राजनीतिक खेमामा विभाजित भई अगुवा नेता बनी टोपली समाज सेवा संस्कृतिमै हालसम्म आत्मरती भावले प्रपूmल्ल रहेका देखिन आउँछ । आर्य हिन्दू राजनीतिको उत्थानको लागि नेवार सहित जनजातिका देन, उपादेयता सामाजिक सेवा संस्कृतिको निरन्तरता मात्र हो । यसै संस्कृति मार्फत आर्य हिन्दूहरुले राजनीति चलाएका छन् भने जनजाति नेवार आर्य हिन्दू राजनीतिको नियत, प्रवृति, कुटील चालबाजी भित्र रणभुल्लमा परेका छन् । 
 
थप जानकारी, जिज्ञासा, समिक्षा, सुझावको लागि मोबाइल ९८४१२६५८५६ 
 
ध्भदकष्तभ स् धधध।मजगष्पिजभकिबmबव।यचन, भ्mबष् िस् चगअयमभक२नmबष्।िअयm यच चबmपजयवग२नmबष्।िअयm
 


   

पनौतीका साँस्कृतिक सम्पदाहरु र मकरमेला
पनौतीका साँस्कृति, धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण पनौती नगरपालिका बाग्मती अञ्चलको काभ्रेपलाञ्चोक जिल्लामा काठमाडौंबाट ३२ किमी दक्षिण पूर्वमा पर्दछ । पनौती नगरका रैथाने बासिन्दा नेवार हुन् । वि.सं. २०५३ माघदेखि सुब्बागाउँ, टौखाल, मल्पी, खोपासी र सुन्थान तत्कालीन पनौती गाविसमा गाभेर नगरपालिकामा परिणत भएको थियो । यहाँ जनै लगाउनेदेखि लिएर शहनाइ फुक्नेसम्मका सबै जातिका मानिसहरु बसोबास गर्छन् । असला माछा, आलु, धान, सुन्तला, लप्सी तथा घ्यू निकासीको लागि पनौती प्रख्यात छ । एउटै ढुङ्गाको जगमा अडिएकोले भूकम्पबाट खासै असर नपुग्ने शहरका रुपमा पनौतीलाई लिइन्छ ।
पनौतीको नामाकरण
परापूर्वकालमा एक साधुले पनौतीको पवित्रता र पुण्य जाँच्न मकर संक्रान्तिको बेला पानीले खिइएर चिल्लो भइसकेको ढुंगामा सुकेको बाँस गाडेर अन्य धार्मिक स्थलहरुतर्फ लागे । बा¥ह वर्षससम्म यताउती घुमिफिरी शची तर्थमै आइपुग्दा त्यहाँ बाँस पलाएको देखे । नेपालभाषमा ‘पं’ को अर्थ बाँस र लोह को अर्थ ढुंगा हुन्छ । त्यसैे यस ठाउँको धार्मिक महत्व थाहा पाइ ‘पं लोहंती’ अर्थात् ढुंगामा बाँस पलाएको भनी नाम दिए र यसैबाट ‘पन्ती’ शब्द बनेको विश्वास छ । अर्को कथन अनुार ‘पंंचुलि’ अर्थात् बाँसको टुसा (हाँगा) भन्ने मूल शब्दबाट नै ‘पाञ्चाली’ हुँदै पनौती हुनगएको भनाइ छ ।
पनौतीलाई नेपालभाषमा ‘पन्ती’ र स्थानीय भाषामा ‘पनाती’, पलाँती भनिन्छ । पनौती परम्परागत कलासंस्कृति, धार्मिक, ऐतिहासिक, साहित्यिक, व्यापारिक, शैक्षिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो । पछिल्लो समय बनेपा व्यापारिक एवं धुलिखे पर्यटकीय गन्तव्यको रुपमा विकसित हुन खोजे जस्तै पनौतीलाई धार्मिक एवं साँस्कृतिक गन्तव्यको रुपमा विकास एवं प्रचारप्रसार गर्न थालिएको छ । हिन्दू धर्मावलम्बीहरुको लागि त्रिवेणी संगमको नामले प्रख्यात पनौतीमा बाह् वर्षको एकपल्ट मकर संक्रान्तिको दिनदेखि एक महिनासम्म मकरमेला लाग्दछ । यो मेलामा यहाँ स्नान गर्नेहलाई धर्म तथा पुण्य प्राप्त हुने जनविश्वास छ । बा¥ह वर्षे मकर मेलाको शुरुवात कहिलेदेखि भयो भन्ने कुनै यकिन नभए तापनि राजा मानदेवको पालादेखि मनाउन थालेको विश्वास गरिन्छ ।
पनौतीको मकरमेला र रोशीको किंवदन्ती
पनौतिमा पुण्यमाता रा रोशीको सङ्गममा स्नान गर्नाले पाप पखालिन्छ भन्ने जनविश्वास छ । स्कन्दपुराण अन्तर्गत हिमवत्खण्डमा गौतम ऋषिकी पत्नी अहिल्यासँग अनैतिक सम्बन्ध राख्ने इन्द्रको श्रापमोचन पद्मावती (पुण्यमाता) र लीलावती (रोशी) को सङ्गममा पूर्णिमाको दिन बिहान सबेरै नुहाउनाले भयो भनी उल्लेख गरिएको छ ।
परापूर्वकालमा सृष्टिकर्ता ब्रम्हाले अहिल्या नाम गरेकी सुन्दरी सृष्टि गरी सुरक्षित राख्नको लागि गौतम ऋषिलाई नासोको रुपमा राख्न दिए । यो रहस्य ब्रम्हाजी र ऋषिमा मात्र सीमित थियो । अरुले अहिल्यालाई गौतम ऋषिकी धर्मपत्नी सम्झे तापनि ऋषिले कुनै वास्ता नगरी नासोको रुपमा नै सुरक्षित राखेका थिए । एक दिन स्वर्गका राजा देवराज इन्द्र शिकार गर्न जँदा अहिल्यालाई देखी उनको रुपमा मोहित भए । गौतम ऋषि स्नान गर्न गएका मौका पारी गौतम ऋषिको भेष धारण गरी अहिल्यालाई छक्याई उनीसँग अनैतिक सम्बन्ध राखे । स्नान गरी फर्केका गौतम ऋषिले सो कुरा थाहा पाइ इन्द्रलाई जीउमा हजारौं योनी उत्पन्न होस् भनी श्राप दिए ।
आफ्नो पतिको यस्तो रुप देखेर विव्हल भएकी इन्द्राणीले गुरु वृहस्पतिका सामु यो श्राप कसरी हटाउने भनी विन्ती चढाउँदा ब्रम्हाजीको आज्ञा लिएर तिमी र इन्द्रले कुञ्जपर्वत (हालको गोरखाथ डाँडा) को फेदीमा सुकेको बाँस गाड्दा टुसाएर आउने लीलावती र पद्मावतीको सङ्गममा जहाँ प्रत्येक ज्येष्ठ शुक्ल पूर्णिमाको दिन स्नान गरी १२ वर्षसम्म महादेवको तपस्या गरेमा उक्त श्रापबाट मुक्त हुने सल्लाह पाए । इन्द्र र इन्द्राणीले ब्रम्हाजीको आज्ञा लिएर लीलावती र पद्मावतीको दोभानमा आइ स्नान गरे । त्यहाँ इन्द्रले महादेव र इन्द्राणीले पर्वतीको तपस्या गरे । इन्द्राणीको तीस्याबाट प्रसन्न भएर माघ महिनाको पुण्य घडीमा रुद्रावती नदीको रुप लिई पार्वती त्यहाँ गुप्तरुपले बग्न थालिन् । दव्यचक्षुले इन्द्राणीले रुद्रावती नदी बगेको देखिन् । पनौतीका बासिन्दाहरु प्रयागमा गंङ्गा र यमुनाकोे सङ्गममा गुप्तरुपले सरस्वती मिसिन आए झैं यहाँ पनि पुण्यमाता र रोशीको सङ्गममा गुप्तरुपले रुद्रावती मिसिन आएकी छन् भन्ने विश्वास गर्छन् । त्यसैले पनौतीलाई उत्तर प्रयागको नामले पनि पुकारिन्छ । 
पद्मावती नदीको उत्पत्तिपछि त्यहाँ नजीकै शिवलिङ्गको उत्पत्ति भयो । सो शिवलिङ्गबाट महादेव प्रकट भई इन्द्रलाई भने, ‘यहाँ इन्द्राणीले तपस्या गरी रुद्रावती नदीको उत्पत्ति भएकोले यो ठाउँको नाम शची तीर्थ रहन गएको छ । यस शची तीर्थमा तिमीले नुहाएपछि तिम्रो निधारमा रहेको योनि बाहेक अरु सबै योनि तिम्रो शरीरबाट लुप्त हुनेछन् । यो शिवलिङ्ग तिम्रो नामले इन्द्रेश्वर भनी प्रसिद्ध हुनेछ र यसले मानिसहरुलाई चिताए अनुसार फल दिनेछ ।” महादेवले भने जस्तै इन्द्रेश्वर महादेवको बारम्बार परिक्रमा गरी ढोगेर ज्येष्ठ शुक्ल पूर्णिमाको दिन शची तीर्थमा नुहाए । यसरी इन्द्रको शरीरबाट श्राप चिन्ह हटे ।
धेरै वर्ष अघि पनौती र पाटनमा लामो समयसम्म वर्षा नभई खडेरी परेकोले पनौतीका राजा दिर्गरथ र काठमाडौंका राजा सत्यवर फूलचोकीमाई समक्ष पानी वरदान माग्न गए । फूलचोकीमाईले दुवै देशका राजालाई सुन र चाँदीको फूल चढाउन ल्याउनू भनी सपनामा आदेश दिइन् । ललितकलाको धनी काठमाडौंका राजा आफ्नो देशमा प्रशस्त कालिगढहरु हुनाले खुसी भए । तर कालिगढहरुको अभावले चिन्तित पनौतीका राजाले मन्त्री, भाइभारदारहरुसँग सल्लाह गरी सुन र चाँदीको फूलको सट्टामा क्रमशः तोरी र मूलाको फूल फूलचोकीमाईलाई चढाएछन् । कालिगढहरुको अभावको कारण साँच्चिकै फूल प्रस्तुत गर्नुपरेको बिन्ती चढाएपछि फूलचोकीमाई प्रसन्न भएर नदी सृष्टि गरी पनौतितर्फ पठाइदिइन्, जसलाई आजभोली रुद्रावती(रोशी) भनिन्छ । केही समयपछि काठमाडौंका राजा साँच्चिकै सुन र चाँदीको फूल लएर जाँदा पनौतीमा नदी पठाइसकेको कुरा थाहा पाए । उनले आफूलाई पनि वरदान मल्नुपर्ने प्रार्थना गरे । त्यसपछि फूलचोकी माईले आधा नदी त्यस तर्फ पठाइदिइन, जुन नदी गोदावरीको नामले चिनिन्छ । 
पनौतीको धार्मिक महत्व
पनौती पवित्र पूण्यभूमि भएकोले ढुंगामा पनि बाँस पलायो । यसैबाट पनौतीको नाम रहन गयो । “सहस्र भग भवः” भन्ने श्राप मोचनका लागि इन्द्र र इन्द्राणीले बा¥ह वर्ष तपस्या गरेको स्थल पनौती हो । पनौतीलाई उत्तर प्रयागको नामले पनि पुकारिन्छ । हिमवत्खण्ड अनुसार पनौतिमा इन्द्रेश्वर शिवलिङ्ग छ र त्रिवेणी सङ्गममा शची तिर्थ छ । यस ठाउँलाई कुञ्जपर्वत भनिन्छ भने पनौती नगपालिकाको प्रवेशमार्गमै धनेश्वर शिवलिङ्ग छ । यो उग्र तीर्थ हो भने यस ठाउँलाई चाहिं रौद्रागिरी भनिन्छ । हिमवत्खण्ड अनुसार ६४ शिवलिङ्गहरुमध्ये धनेश्वर पनि एक हो ।
बौद्ध विश्वास अनुसार पनौतीलाई पाञ्चाल देश भनिन्थ्यो । बौद्ध ग्रन्थ रत्नावदाने बुद्ध वचन मा उल्लेख गरिएअनुसार योमरीको प्रचलन लिच्छविकालका प्रख्यात राजा अंशुवर्माको पालामा पाञ्चाल नगर (अहिलेको पनौती) बाट भएको थियो । नमोबुद्धको बघिनीलाई पनौतीका राजकुमार महासत्वले आफ्नो शरीरको मासु काटेर खुवाई जीवनदान दिएका थिए ,
पौराणिक कथन अनुसार पनौतीलाई नागले वेष्ठित गरेको छ । वासुकि नागको जन्मथलो यही हो । यिनै वासुकि नागबाट यस पनौती नगर संरक्षित भएको मानिन्छ । नागलाई चोट लाग्ला एवं शान्तपूर्वक शयन गरिरहेका वासुकीनागलाई खलल पुग्ला भनेर यहाँ ढिकी कुटिदैन । यहाँ राजा आएर बास बस्न नहुने जनविश्वास छ ।
पनौतीको साँस्कृतिक महत्व
कलासंस्कृतिको दृष्टिले महत्वपूर्ण शहर पनौतीमा वर्षेनी अक्षय तृतीया, वैशाख शुक्ल पूर्णिमा, कुमार षष्ठी, ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि), पनौतीको स्थानयि रथ जुधाइने जात्रा, श्रावण कृष्ण चतुर्दशी (घण्टाकर्ण÷गठेमंगल), जनैपूर्णिमा, गाईजात्रा, भिमसेनजात्रा, कृष्ण र नारायणजात्रा, नमोबुद्ध जात्रा र पञ्चदान, तीज, भाद शुक्ल पूर्णिमा (येँयाः पुन्हि), दशैं, तिहार, कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्हि), योमरी पुन्हि, छयाला पुन्हि, माघे संक्रान्ति, भीष्मद्वादशी, माघ शुक्ल पूर्णिमा (सिपुन्हि), होली पुन्हि, संकटाजात्रा, शिवरात्री, चैतेदशैं, रामनवमी चाडपर्वहरु मनाइन्छन्् । धल्चा हालेगु, स्वोंतकी राख्नु, माधः हालेगु भजन गर्नुका साथै देवी नाच नचाइने एवं विभिन्न चाडपर्वका अवसरमा गुँलाबाजा, दाफाबाजा (नौबाजा), नाय्खिं बाजा, बाँसुरीबाजा तथा जुगीबाजा बजाउने गरिन्छ । यसैगरी पनौतीमा भक्तपुरको नवदुर्गा नाच, नमोबुद्ध, स्वस्थानी व्रतटोली पनि ल्याइन्छ । तर भाद्र शुक्ल पूर्णिमा (येँयाःपुन्हि) को दिन जालंद्यः को जात्रा, चैत्र कृष्ण चतुर्दशी (पिशाच चतुर्दशी) का दिन गरिने कोनाद्योजात्रा र त्यसको भोलिपल्ट गरिने क्वंद्यः जात्रा हाल लोप भैसकेको छ । यसको अलावा भाद्र महिनामा मनाइने तिंप्वाःजात्रा, जोगीनाच, बाँदरनाच र लाखेनाच पनि लोप भइसकेको छ ।
पनौतीका मठमन्दिहरु
क. त्रिवेणीघाट क्षेत्र–नेपालका पवित्र धार्मिक स्थलहरु मध्ये पनौतीको त्रिवेणीघाट पनि एक हो । प्रयागमा गंगा र यमुनाको संगममा गुप्तरुपले सरस्वती मिसिन आए झैं पनौती त्रिवेणीघाटमा पनि पुयण्माता र रोशीको सङ्गममा गुप्तरुपले पद्मावती मिसिन आएकी छिन् भन्ने जनविश्वास छ । त्यसैले यस त्रिवेणी सङ्गमलाई उत्तर प्रयाग र शची तीर्थको नामले पनि पुकारिन्छ । यसै क्षेत्रमा राम मन्दिर, वासुकी नाग, केदारनाथ, बद्रीनारायण, मुक्तिनाथ महादेव, वंशगोपाल (कृष्ण मन्दिर) र ब्रम्हायणी मन्दिर छन् । त्रिवेणीघाटको दक्षिणपूर्वी दिशातिर संकटा र भीमसेनका मन्दिरहरु पनि छन् ।
ख. इन्द्रेश्वर महादेव परिसर–यस परिसरमा तीनतल्ले प्रसिद्ध इन्द्रेश्वर महोवको मन्दिर छ । यस मन्दिरको पश्चिमतर्फ सूर्य र वेणुधर कृष्णको मूर्ति एवं शिलाबाट निर्मित तुलानारायणको विशाल मूर्ति छन् भने उत्तर पश्चिम कुनामा विश्वेश्वरको मन्दिर छ । इन्द्रेश्वर मन्दिरको उत्तरतर्फ उमामहेश्वरको मन्दिर एवं पुजारीको मठ छ भने इन्द्रेश्वर परिसको उत्तर कुनामा गौतम ऋषिकी पत्नी अहिल्याको प्रतीकस्वरुप शिला रहेको छ । त्यसै गरी इन्द्रेश्वर मन्दिरको दक्षिणतर्फ लहरै सत्यनारायण, लक्ष्मीनारायण, सूर्यनारायण र कृष्णनारायणका मन्दिरहरु छन् । मन्दिर हाताभित्रै अन्य दुईवटा शिवलिङ्गहरु पनि छन् ।
इन्द्रेश्वर मन्दिरको दक्षिण दिशामा कलात्मक उन्मत्तभैरवको मन्दिर छ । यस मन्दिरभित्र प्रवेश गर्नेबित्तिकै देव्रेतर्फ चार हात सहितको उन्मत्तभैरवको विशाल मूर्ति छ । उन्मत्तभैरवको मन्दिरभित्र पूर्व कुनादेखि पश्चिम कुनासम्म लहरै गणेशसहित उत्तराभिमुख माहेश्वरी, वैष्णवी, ब्रम्हायणी, कौमारी, इन्द्रायणी, बाराही, चामुण्डाका मूर्तिहरु छन् । मन्दिरको दायाँतर्फ पनौती जात्राको बेलामा रथमा राख्ने पित्तलको पाताले मोडिएको भैरवको मूर्ति छ । पनौती लाय्कू क्षेत्रमा तलेजुको मन्दिर, पशुपति र त्रिपुरासुन्दरीका मूर्तिहरु छन् । पनौतीको अन्य क्षेत्रमा महालक्ष्मी, ब्रम्हायणी द्यःछेँ, भद्रकाली मन्दिर र मानेश्वरीमाई महत्वपूर्ण छन् । अन्य नेवार वस्तीहरुमा जस्तै पनौतमिा पनि गणेशका थुप्रै मूर्तिहरु छन् ।
पनौती स्मारक क्षेत्र बाहिर रहेका मठमन्दिरहरु
पनौती –१ स्थित चौकटमा वाणेश्वर, श्वेतगणेश, कृष्ण मन्दिर, भीमसेनस्थान, हरिसिद्धिको देवल, नारायण थुप्रै मूर्तिहरु, हनुमान, दशहाते भगवतीको प्रस्तर मूर्ति, शिवलिङ्ग, सूर्य, सरस्वतीका मूर्तिहरु छन् । पनौती –२ स्थित पनौती नगरपालिका प्रवेशमार्गमै धनेश्वर महादेवको मन्दिर रहेको छ । धनेश्वर मन्दिरकै दक्षिणतर्फ जल (कणक) कुण्ड र यसको बगलमै कृष्णमन्दिर र लक्ष्मीनारायणको मन्दिर छ । मन्दिर अगाडि ढुङ्गेधारा एवं उमामहेश्वर, भगीरथका मूर्तिहरु छन् । मन्दिर परिसरमै अम्बिका (शिला), नारायण, गणेश शिवलिङ्ग, बुद्धका मूर्तिहरु छन् । सुब्बागाउँमा भीमसेनथान, सेतीदेवी, ठुल्ढुङ्गे देवीका मन्दिर छन् । हालै चमखुशीको बगलमै पशुपतिनाथको मन्दिर निर्माण गरिएको छ । टौखालमा गोठालो गणेश, अम्बिका देवी र महांकालको मन्दिर पनि छ । मल्पीमा नारायण, नवदुर्गा र भालेश्वरको मन्दिर छ ।
पनौतीबाट तीन किलोमिटर दक्षिणपूर्वमा बँदेली चुचुराको काखमा रहेको खोपासीमा भीमसेनस्थान, गणेश, रङ्गनाथ, द्रौपदी, फड्केश्वर महादेव, ललितादेवी, कमलादेवी, नरसिंहमठ, फूलचोकीदेवी र कृष्णमन्दिर छन् । खोपासी अन्तर्गत पस्थलीको रोशी खोलाको किनारमा जलेश्वरमन्दिर अवस्थित छ । सुन्थानमा शारदादेवीथान छ । पनौती वरपरका काभ्रे जिल्लाका अन्य दर्शनीय स्थलहरुमा बनेपा, धुलिखेल, पलाञ्चोक भगवती, दोलाघाट, लाँकुरीमञ्ज्याङ्ग, सांगा, देवीस्थान डाँडा, कामीडाँडा आदि छन् ।
पनौतीलाई धार्मिक एवं साँस्कृतिक गन्तव्य बनाउन भइरहेको प्रयास
पनौतीलाई धार्मिक एवं साँस्कृतिक गन्तव्यको रुपमा विकास गर्न थप संरचनाहरु निर्माण गर्ने, आसपासमा रहेका विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरु, आइटी पार्क, उद्योग वाणिज्यका सुविधाहरु उपयोग गर्दै आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि आवश्यक पर्ने सुविधाहरु थप्दै जाने, वातावरणीय पक्षलाई पर्यटक सुहाउँदो किसिमले बनाउने र यसका लागि यहाँका हरेक तप्काका बासिन्दाहरुलाई आवश्यक तालीम, ज्ञान, सीप दिई व्यवस्थित बनाउने हेतुले पनौतीका उत्साही पर्यटन व्यवसायीहरु संगठित भई विविध कार्य गर्दै आइरहेका छन् । दिगो पर्यटन विकासका लागि संग्रहालयको स्थापना, कोसेलीघरको व्यवस्था, प्रदेर्शनीस्थल, वेबसाईट निर्माण, देवीनाच एवं दाफ बाजाको प्रशिक्षण कार्य तथा राष्टुराँ, पेइङ्गग गेष्ट एवं होमस्टेको व्यवस्था गर्दै आइरहेको छ । यदि तपाईसँग आफ्नै वाहन छ वा पदयात्रा गर्ने सौख छ भने तपाईसँग उपलब्ध समयलाई विचार गरी धुलिखेल, नमोबुद्ध, पनौती पुगेपछि त्यहाँबाट लाँकुरी भञ्ज्याङ्ग हुँदै लुभु वा ¥यालेबाट फुलचोकी निस्की पाटन झर्न सक्नुहुन्द्ध । मौसम अनुसारको कपडा भए काफी हुने यी रुटमा बाटाभरि साना तथा मझौला खालका होटल लजको व्यवस्था हुनाले धेरै बजेट पनि चाहिँदैन । काठमाडौं बसपार्कबाट सीधै पनौती लाग्ने मिनिबस चढी एकाध घण्टा घुमफिर गरी धुलिखेल हुँदै पलाञ्चोक भगवती वा दोलालघाटतिर पनि जान सक्नुहुन्छ । एतिहासिक र धार्मिक शहरका रुपमा परिचित पनौतीको भ्रमण गरी आन्तरिक पर्यटनको प्रवद्र्धन गरौ ।
 

 


 

बनेपा



पाँचखाल 

काभ्रे





काभ्रे  


काभ्रे


 अन्य
  

 

         
    

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

 
 
 
 

सम्पर्क
E mail : chanyo.info@gmail.com
  


 

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव