काठमाडौँकिर्तिपुरसाँखुबालाजुथानकोटटोखा नुवाकोट
 
राष्ट्र  :-  नेपाल
अन्चल :-  बागमती
जिल्ला :- काठमाडौँ
क्षेत्रफल जम्मा :- ५०.६७ किमी (१९.६ वर्ग मी)
जनसंख्या जम्मा :-९,७५,४६३    (१०१२)
अबनति :-१,४००  मी (४,५९३ फीट )
अक्षांश,देशान्तर :- २७४२' उत्तर , ८५२०' पूर्व


काठमाडौ (नेपाल भाषा:येँ देय्‌) नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो। प्रागऐतिहासिक इतिहास भएको यो नगरलाई मध्यकालमा कान्तिपुर भनिन्थ्यो । इतिहासका बिभिन्न कालखण्डमा विभिन्न राजबंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपालको राजधनीको रूपमा रहेको छ। काठमाडौं उपत्यका भित्र पर्ने यो सहरमा राष्ट्रपति निवास तथा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्रीको कार्यालय (सिंहदरवार), नेपाल सरकारको केन्द्रीय सचिवालय मन्त्रालयहरू, प्रायः सबै केन्द्रीय कार्यलयहरू, सरकारी तथा निजी टेलिभिजन स्टेसनहरू तथा थुप्रै सरकारी तथा निजी रेडियोहरू तथा समाचार संस्थाहरू रहेका छन। नेपाली सेनाको केन्द्रीय कार्यालय जंगी अड्डा, सशस्त्र प्रहरी-बलको प्रधान कार्यालय तथा नेपाल प्रहरीको केन्द्रीय कार्यालय पनि यही रहेका छन् ।

पुरातात्विक रुपले काठमाडौँमा मानव वस्ती धेरै प्राचीन समयदेखि रहेको पाइन्छ। काठमाडौँमा नवपाषाण युगका अवशेषहरु भेट्टाइएका छन। काठमाडौंको मालीगाउँमा १८५ इस्वी सम्बतको मूर्ति सबैभन्दा प्राचीनतम तिथि सहितको अवशेष हो। चावहिलमा अवस्थित सम्राट अशोकको पुत्रीद्वारा निर्मित धन्दो चैत्य करिब दुई हजार वर्ष पुरानो चैत्य हो।
काठमाडौं नगरको प्राचीनतम् इतिहास धार्मिक ग्रन्थ तथा वंशावलीहरुबाट प्राप्त गर्न सकिन्छ। यस्ता ग्रन्थहरु तथ्यपरक भन्दा पनि भावात्मक हुने भएकाले यिनीहरुलाई ठोस प्रमाणको रुपमा भने लिन सकिन्न। यस्ता ग्रन्थहरु मध्ये एक प्रमुख ग्रन्थ स्वयम्भू पुराण हो। यो ग्रन्थ अनुसार काठमाडौं उपत्यका प्राचीन समयमा एक दह थियो। यस दहको नाम नागदह थियो। महाचीनबाट बुद्ध धर्मका बोधिसत्त्व मञ्जुश्रीले यस दहमा आलौकिक रश्मि देखेर यहाँ मानव वस्ती निर्माण गर्ने निधो गरे। उनले यस दहको दक्षिणमा रहेको कच्छपाल पर्वतमा चन्द्रह्रास खड्गले प्रहार गरेर यहाँको पानी निकास गरिदिए। तत्पश्चात, वर्तमान काठमाडौँमा मञ्जुपत्तन नामक एक नगर स्थापना गरी धर्माकारलाई त्यस नगरको राजा बनाएर आफू चीनतर्फ लागे। वर्तमान काठमाडौंको मजिपात (मञ्जुपत्तनको अपभ्रंश)मा रहेको मञ्जुश्रीको मन्दिरलाई सो प्रथम सभ्यताको केन्द्रको रुपमा सांस्कृतिक रुपमा लिइने गरिन्छ।
 
गोपाल राजवंशावली संस्कृत र नेपालभाषामा लिखित नेपालको राजवंशावली हो। यस वंशावलीको पहिलो केही पृष्ठहरु अनुपलब्ध छन। यस वंशावलीका उपलब्ध पृष्ठहरु अनुसार नेपालमण्डलमा (काठमाडौं लगायत उपत्यका वरिपरिका क्षेत्रमा) गोपाल, महिषपाल, आभीर, किरात, सोमवंशी, लिच्छवि आदि वंशहरुले शासन गरेका थिए।
 
काठमाडौं केन्द्रित किरात राजा यलम्बरले महाभारत युद्धमा सहभागी भएको भन्ने विश्वास छ। साथै, सातौं किरात राजा जितेदास्तीको समयमा बुद्ध वा बौद्ध भिक्षुहरु काठमाडौं उपत्यका आएको पनि ग्रन्थहरुमा उल्लेख गरिएको छ। यसकालमा काठमाडौँमा यम्बु भन्ने मुख्य वस्ती थियो र यँगाल भन्ने (मञ्जुपत्तन निकट) सानो वस्ती थियो। काठमाडौंलाई अहिले पनि केही भोट-बर्मेली भाषाहरुमा यही नामबाट "यम्बु" भनिने गरिन्छ। साथै, नेपालभाषामा काठमाडौंको नाम येँ पनि यही शब्दबाट उत्पन्न भएको नाम हो।
 
लुम्बिनीमा शाक्य वंश माथि विरुढकद्वारा आक्रमण भएपश्चात बचेका शाक्य र कोलियहरुको आगमन पश्चात काठमाडौँमा रहेका बस्तीहरुको नाम यम्बुबाट कोलिग्राम र यँगालबाट दक्षिणकोलिग्राममा परिवर्तन भए |
 


        
 

 कीर्तिपुर  काठमाडौं उपत्यकाको काठमाडौं जिल्लामा रहको एेतिहासिक नगर हो। यहाँ प्रसिद्ध बाघभैरवको मन्दिर रहेको छ। काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो ताल टौदह यहाँ पर्दछ। कीर्तिपुरमा झन्डै ७० हजार मानिस बसोबास गर्दछन।
कीर्तिपुरमा गोपाल वंशकालदेखि नै बस्ती विकास भइसकेको थियो। पशुपतिको उत्पत्तिका बारेमा लेख्दा कीर्तिपुरमा रहेका ग्वालाहरूको ुबहुर्‍हीु नामको गाईले दिनदिनै दूध चढाउन जाने गरेको उल्लेख गरिन्छ।
काठमाडौं उपत्यकाभित्र रहेका कान्तिपुर, ललितपुर र भक्तपुर पछिको ठूलो प्राचीन सहर कीर्तिपुर थियो। भौगोलिक अवस्थितिका कारण यो सहरमाथि विजय प्राप्त गर्न पृथ्वीनारायण शाहलाई समेत धेरै धन, जन र समय खर्चिनुपरेको थियो।
कीर्तिपुरमा परम्परादेखि चल्दै आएको मुख्य चाडमा गथांमुगः, गथुप्याखः, इन्द्रायणीजात्रा, गाइजात्रा र दशैं(तिहार निकै रमझमका साथ मनाइन्छ। यस नगरका बाघ भैरव, उमा महेश्वर, नारायण सरस्वती र इन्द्रायणी मन्दिर उल्लेख्य वास्तुकलाका नमुना हुन् भने लोदेंगः, शाक्यमुनि बुद्ध मन्दिर, लोकेश्वर मन्दिर शिखरशैलीका उत्कृष्ट नमुना हुन्। यसैगरी चैत्यहरूमा चीलंचो प्रख्यात छ। नेपालको पहिलो र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालय पनि यसै नगरमा छ। |
 
 

साँखु नेपालको एक प्राचीन शहर हो। काठमाडौंबाट करीब १७ किलोमिटर उत्तर पूर्व दिशामा सुन्दर डाँडाकाँडाले भरिपूर्ण एक रमणीय स्चलमा साँखु अवस्थित छ । यस नगरलाई संस्कृतमा शंखरापुर भनिन्छ । शंखको आकारमा निर्माण गरिएको नगर भएकोले नै यसलाई शंखरापुर भनीएको हो । स्वस्थापनी व्रतकथामा यस ठाँउको नाम ‘लावण्य देश’ भनिएको छ । एतिहासिक, धार्मिक र शंखरापुर, साकेत साँखु जे भनिएता पनि नेवारहरु ‘सक्व’ भनेर निन्छन् । साँखु तिब्बत (भोट) मुनिको नगर हो । नेवारहरु तिब्बतलाई ‘सँखेय्’ भन्छन् । नेपालभषामा ‘क्व’को अर्थ मुनितिर हो । तिब्बतको मुनितिर पर्ने देश भएकोले सँक्व नाम रहन गएको हुनुपर्छ । याहा सँक्व शब्दलाई बिगारेर ‘साँक्व’ वा ‘साँख्व’ भन्दै त्यसैबाट अहिलेको प्रचलित नाउँ ‘साँखु’ हुन आयो । साँखुको स्थापनाबारे मणिशैल माहावदनमा उल्लेख गरिए अनुसार वज्रयोगिनिदेवीदूारा पीलिको रुखको जरामा रोपिएको जडीबुटीबाट एउटा बालक जन्मियो । देवीको आज्ञानुसार पुजारी जोगदेवले त्यस बालकको पालनपोषण गरेर हर्काए । उनको नाम शंखदेव राखियो । शंखदेव जवान भएपछि देवीको आज्ञा बमोजिम शंखदेवलाई त्यहाको राजा वनाइयो, देशको नाम शंखरापुर राखियो । यो काम कलिगत वर्ष १८०१ फाल्गुन शुदि तृतीयाको शुभ दिनमा भएको थियो ।

प्रत्येक वर्षको मिलापुन्हि (पौष पूर्णिमा) देखि सिपुन्हि (माघ पूर्णिमा) सम्म शालीनदीमा लाग्ने स्वस्थानी व्रतकथा मेला र प्रत्येक वर्ष चैत्र पूर्णिमा ‘सक्व पुन्हि’का दिन हुने वज्रयोगिनी जात्राले यस साँखुको सुन्दरतामा सुगन्ध थप्ने काम गरेको छ । साँखुलाई थुगुँ सलगुँ, गभागुँ र इतागुँ नाउँका डाँडाहरुदूारा घेरिएको छ । वज्रयोगिनी (म्हासुख्वाःमाजु)को देश साँखु नौ टोल, नौ विहार, नौ कुण्ड, नौ नागराजा, नौवटा ढुंगेधारा र नगरको वरिपरि अष्टमातृका पीठसहित शंखराकारमा बसाइएको विश्वास गरिन्छ । यहाँ नौवटा विहारहरु रहेका थिए । तर हाल गुँबहाः बज्रयोगिनी बाहेक प्रायः सबै लोप भइसकेका छन् । त्यस्तै रत्नकुण्ड, धर्मकुण्ड, मणिकुण्ड, मानकुण्ड, गुणवान्कुण्ड, पुर्णेदुकुण्ड, शीतलकुण्ड, ताराकुण्ड र योगकुण्ड गरी नौवटा कुण्डहरु स्थापना गरिएका छन् । ती कुण्डहरुमा नवनागराज (महापद्य, अनन्त, शंखपाल, वासुकी, पद्य, कुलिक, तक्षक, कर्कोटक, वरुण) लाई विराजमान गराइएको विश्वास गरिन्छ । धर्म र व्यावहारिकतालाई संयोजन गर्दै साँखु देशमा जोगहिटी, सतःहिटी, दुगाःहिटी, लांकोहिटी, जयबलीहिटी, छपुहिटी, निपुहिटी, स्वपुहिटी र सुपारीख्यःहिटी गरी नौवटा ढुंगेधाराहरु निर्माण गरिएका छन् । त्यस्तै साँखुमा विभिन्न प्रयोगजनका लागि ८ वटा ढोकाहरु बनाइएकाथिए । ती मध्ये परम्परागत ढोकाहरु ४ वटा मात्र बाँकी रहेका छन् । नयाँ बनाइएको एउटा ढोका समेत गरी साँखुमा हाल ५ वटा ढोकाहरु विद्यमान छन् ।
(१) द्यःध्वाखा (धुँल्ला ढोका) — चैत्र शुक्ल पूर्णिमाको दिन हुने वज्रयोगिनीदेवीको जात्रामा गुँविहार वज्रयोगिनीबाट देवीलाई तल झारी यही ढोकाबाट नगर प्रवेश गराइन्छ । यो जात्रा साँखुमा आठ दिनसम्म मनाइन्छ । भद्रकल्पको सत्ययुगको शुरुवातसँगै हाल मन्दिर अवस्थित स्थानमा रहेको ढुंगाको कापबाट पाँच रंगको आगोको ज्वाला (पञ्चरश्मि) निस्केको र धेरै कालपछि त्यही ज्वालाबाट ज्वालामुखी देवी उत्पत्ति हुन गई बज्रयोगिनीका नामले पसिद्ध भईन् । प्रथम पुजारीको रुपमा सिद्धकुल महाविहार नामक ढुंगाको गुफामा तपस्यारत ज्ञानाचार्य गोगीलाई बज्रचार्य दीक्षाबाट दीक्षित गरी बाचासिद्ध वज्राचार्य नामाकरण गरी नियुक्त गरिएकोमा हालसम्म निजकै सन्तानहरु पुजारीको रुपमा रहिआएका छन् । यस वज्रयोगिनी मन्दिर तीन तल्ले पैगोडा शैलीमा रहेको छ । बायाँपट्टि धर्मधमतु चैत्य एवं भगवान् जोगेश्वरको दुई तल्ले पैगाडा शैलीको मन्दिर अवस्थित छ जुन बैद्ध धर्मावलम्वीहरुले मान्ने चार बौद्ध मन्दिर मध्ये प्रथम मानिन्छ । दुई तल्ले पैगोडा शैलीभित्र बौद्ध मन्दिरको रुपमा गणना गरिन्छ । हालसम्म अस्तित्वमा रहेका विहारहरु मध्ये गुँविहारलाई सबभन्दा पुरानो मानिन्छ । यस क्षेत्रका ढुंगेयुगीन नौवटा गुफाहरु मध्ये एउटा गुफा दुईकोठे रहेको छ जुन विश्वमै दुर्लिभ मानिन्छ । यसलाई सिद्धकुल महाविहार भनिन्छ ।
(२) भौमचाध्वाखा वा भौध्वाखा (बुहारी ढोका)— बसपार्क नजीकैको साँखुको मूल प्रवेशद्धारबाट बुहारी भि¥याउने परम्परा हालसम्म पनि रहिआएको छ । यस ढोकाको दुईतिर रहेका दुईवटा पोखरी सगुनको प्रतीकका रुपमा रहेका छन् । कलात्मक यस ढोकाबाट नवविवाहिता दुलही भि¥याउने परम्परा छ ।
(३) म्हयायुमचाध्वाखा वा जयवलि ढोका (छोरी ढोका)— ऐतिहासिक साँखु नगरका चेलीबेटीहरुको विवाह गरेर अन्माउँदा बिदाइ दिने ढोका सुन्टोल गा.वि.स. को सांगालमा पर्दछ । यस ढोकाछेउ बसेर सम्धिहरुबीच परस्परमा सरसल्लाह गर्नुपर्ने प्रचलन अहिलेसम्म पनि चलिरहेको छ ।
(४) सीध्वाखा (साल्खा ढोका)— कुनै नगरबासीको मृत्यु हुँदा मसानघाट लैजान यही ढोका प्रयोग गर्नुपर्ने परम्परागत धार्मिक प्रचलन हाल पनि प्रचलित छ । तर नगर बाहिर कसैको मृत्यु भएमा नगरभित्र मुर्दा भि¥याउन पाइँदैन ।
(५) नादिध्वाखा— केही समय अघिमात्र बनाइएको यो ढोका नारायण देवता साँख टोलमा राख्ने बेलामा प्रयोग गरिन्छ । साँखुको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले अति महत्व बोकेको  स्वस्थानीमा वर्णित पवित्र तीर्थस्थल सालीनदीमा प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखुको मेला, शालीनदीमेला, स्वस्थानी मेला र माधवनारायण मेला इत्यादि नामले भब्य धार्मिक मेलाहरु लाग्छन् । उक्त मेला अवधिभर आफ्नो मनोकांक्षा पूरा हुने र मृत्यु पश्चात् बैकुण्ठबास हुने धार्मिक विश्वास छ । स्थानीय बासिन्दाका साथै अन्यत्रबाट समेत सयौं व्रतालुहरु आई आराध्यदेव श्री माधवनारायण परमेश्वरको पूजा प्रार्थना गरी स्वस्थानीको व्रत बसिन्छ । लाखौं श्रद्धालु भक्तजनहरु आफ्नो पापमोचन हुने र पुण्य आर्जन हुने विश्वास लिई शालीनदीमा स्नान गरी पुजा आराधना गर्नुका साथै व्रतालुहरुलाई उपभोग्य बस्तु र नगद समेत बाँड्ने गरिन्छ ।
साँखुमा रहेका पौराणिक, ऐतिहासिक एवं धार्मिक रुपले महत्वपूर्ण स्थलहरु मध्ये साँखु वज्रयोगिनी गा.वि.स. वडा नं. १ साल्खा टोलमा अवस्थित ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर पनि एक हो । यो साँखुको प्रमुख ब्यापारिक स्थल हो । प्राचीनकालमा भोट जाने साखँुको प्रवेश मार्ग तथा हाल साँखुबाट मेलम्ची जाने प्रमुख मार्ग यही हो । ज्योतिर्लिङ्गेश्वर महादेवको मन्दिर दुई तल्ले पैगोडा शैलीमा निर्मित छ । यहाँका बुढापाकाहरुको भनाइ अनुसार यो मन्दिर आफै उत्पत्ति भई प्रासिद्ध भएको हो । श्रीस्वस्थानी व्रतकथामा सत्यदेवीको अङ्ग पतन भएर श्रीज्योतिर्लिङ्गेश्वर महादेवको उत्पत्ति भएको कुरा उल्लेख गरिएको छ । तर स्थानीय राम श्रेष्ठका अनुसार यस मन्दिरको निर्माण नेसं ७५४ मा श्री काशीराम श्रेष्ठले गराउनु भएको थियो । यस मन्दिरको बायाँपट्टि राजकुलो  बगेको छ भने दायाँपट्टि वज्रयोगिनी मन्दिर जाने बाटो र ऐतिहासिक महत्व बोकेको महादेव पोखरी अवस्थित छ । हाल यस मन्दिर परिसरमा वज्रयोगिनी गा.वि.स भवन राखिएको छ । त्यसको सँगै साँखुको ऐतिहासिक एवं पुरानो पाठशाला श्री साँखु प्राथमिक विद्यालय रहेको छ । त्यस्तै ज्योतिलिङ्गेश्वर मन्दिर परिसरमा स्थापना गरिएको गणेशको मूर्ति करिब ७ फीट चौडाइको छ । यो मूर्ति नेपालकै सबभन्दा अग्लो गणेशको मूर्ति भएको अनुमान गरिन्छ । साँखुको ऐतिहासिक महत्व बोकेको देवीनाच हिन्दु धार्मिक परम्परामा आधारित एक प्रमुख नाच हो । यसमा मनोरञ्जनभन्दा बढी धार्मिक आस्था र विश्वास रहेको पाइन्छ । यो नाच साँखुमा प्रत्येक वर्ष येँयाःपुन्हि (भाद्र शुक्ल पूर्णिमा) भन्दा अघि आउने कागेष्टमीमा रातभरि साँखुको परम्परागत चार डबली (चलाखु टोलको देवीदबू, इल्ला टोलको लायकूदबू, धँुल्ला टोलको द्यःदबू र सालख टोलको जनदबू)हरुमा देखाइन्छ । नाचमा देवी, चण्डी र भैरवको एक समूह, ख्याक, कंकाल र बेतालको अर्को समूह गरी दुई समूह बनाइन्छ र पालैपालो समय परिस्थिति हेरी २ देखि १२ ताल (चरण) सम्मको नाच देखाउँदै साँखुको परिक्रमा गराइन्छ । सोही क्रममा प्रत्येक घरबाट आ—आफ्नो क्षमता अनुसार किबु (दक्षिणा र १ देखि २÷४ मानासम्मको चामल) पुजाबाट देवीलाई साक्षात भगवतीको स्वरुप मानी धार्मिक आस्थाका साथ पूजा आराधना गरिन्छ । नेवारहरुको परम्परागत मालश्री धुनमा खिं, नाय्खिं, तिनछु र म्वाहालिका साथै अन्य बाजाहरु बजाई शास्त्रीय संगीतको आधारमा यो नाच नाचिन्छ । बाजा बजाउनेले गल्ती गरेमा खड्गले उक्त बाजालाई प्रहार गर्ने गरेको भनाई रहिआएबाट उक्त नाचमा बाजा र रागको पनि उत्तिकै महत्व रहेको देखिन्छ । आन्तरिक तथा विदेशी पर्यटकको लागि सुन्दर शान्त प्राकृतिक दृष्टिकोणले पनि यो ठाउँ निकै रमणीय छ । साखुँका युवाहरु रोजगारीका लागि अमेरिका, सिंगापुर, ब्रिटेन जस्ता देशकहरुमा गएका छन् ।  यस ठाउँमा ठूला स्तरका उद्योगहरु नभएपनि साना कार्पेट फ्याक्ट्री, स्वेटर बुन्ने, ऊन काट्ने, धान तथा चिउरा कुट्ने मील, कुखुरा पालनको साथै टेलरिङ्ग जस्ता साना उद्योगहरुमा महिलाहरुको सहभागिता बढी छ । पर्यटन विकासको सहभागिता बढी छ । पर्यटन विकासको धेरै नै सम्भावना भएको यस ठाउाँमा एकपल्ट भएपनि पुग्नै पर्छ ।



 

काठमाडौँ उपत्यकाको उत्पत्तिका सम्बन्धमा विभिन्न धार्मिक ग्रन्थले आ-आफ्नै किसिमले उल्लेख गरेका छन्। पौराणिक साहित्यमा हिमवत् क्षेत्रमा अनगन्ती क्षेत्र तीर्थ, देवस्थल, ऋषिमुनिहरूका आश्रम तथा नदीहरूको चर्चा र माहात्म्य पाइन्छन्। यस क्रममा बालाजुको बाइसधारा अर्थात् ल्हुतिपुन्हि क्षेत्र पनि एक प्राचीन धार्मिक तीर्थस्थलको रूपमा रहेको देखिन्छ। बौद्ध धर्मावलम्बीहरू र हिन्दू धर्मावलम्बीहरू दुवैको आस्था केन्द्रको रूपमा रहेको बालाजु र नागार्जुन क्षेत्र धार्मिक सहिष्णुताको दृष्टिले पनि अनुपम नमुना मानिन्छ।
 
चैत शुक्ल पूणिर्माका दिन यस स्थलमा भव्य मेला लाग्छ। यस दिनलाई नेवारहरू ल्हुतिपुन्हिको रूपमा मनाउने गर्दछन्। यस पूणिर्मामा बालाजुको बाइसधारामा भक्तजनहरू स्नान गर्न जान्छन्। यसै दिन 'मन्नादी' देवीको जन्म भएकाले विशेष गरी महिलाले बाइसधारामा स्नान गरी त्यहाँ अवस्थित उक्त देवीको पूजा अर्चना गरेमा उनीहरूलाई बढी फलिफाप हुने विश्वास रहिआएको छ। त्यस्तै यहाँ नुहाउनाले जो कोहीको पनि शरीरका सम्पूर्ण रोगव्याधि हटी सुख प्राप्त गर्ने र परलोकमा समेत पुण्य प्राप्त हुने जनविश्वास रहिआएको छ।
 
बालाजु काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्दछ। यस स्थानलाई नेवारहरू ल्हुति भन्ने गर्दछन्। नागार्जुनको वनमा एक किसिमको ल्हुति भन्ने फल फल्ने गरेको र ती फलको रस मिसिएर त्यहाँबाट बग्ने पानीमा मिसिई बाइसधारामा आउने भएकाले विशेषगरी छालासम्बन्धी रोग निको पार्न त्यहाँ नुहाउने गरिएको हो भन्ने भनाइ छ। किनभने त्यस फलमा रोगसँग लड्न सक्ने क्षमता छ भन्ने जनविश्वास रहिआएको छ। सर्वप्रथम बालाजुमा नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। यो धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको भनिन्छ। देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने हुन्छ भन्ने किंवदन्ती छ। त्यस्तै अर्को एक यस क्षेत्रका शीतलामाई र गुहृयेश्वरीको पूजा अर्चना गर्दा बिफर रोग लाग्दैन भन्ने भनाइ छ। यही विश्वासमा यहाँ यस दिन भक्तजनको ठूलो भीड लाग्ने गर्दछ।
 
स्वयम्भू पुराणमा उल्लेख भए अनुसार कुनै समयमा महाचीनबाट महामञ्जुश्री बोधिसत्व केसिनी र उपकेसिनी देवीहरूसहित पञ्चशील पर्वत पार गरेर नेपाल आएका थिए। त्यतिबेला उनले नगरकोटमा बसी उपत्यकामा पानी कसरी विस्थापित गर्ने भनेर सोचेका थिए। पछि यहाँको पानी सुकेपछि विपस्वी बुद्धले कमलका फूल रोपेर "ॐ नमोरत्नत्रयाय" भनी मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरूपको उत्पत्ति हुन गएको देखिन्छ। यसैको सम्झनामा ल्हुतिपूणिर्मा मनाउने गरिएको हो भन्ने किंवदन्ती छ। विपस्वी बुद्धले ध्यान बसेको कारण यस पर्वतलाई "जातमात्रोच्च" नामकरण भएको भन्ने भनाइ छ। पछि अपभ्रंश हुँदै जाँदा यही पर्वतलाई जामाच्च भन्न थालियो। महायानी दार्शनिक आचार्य नागार्जुनले बुद्ध भगवानको संस्मरण गरी यही जामाचो पर्वतमा रहेको गुफामा ध्यान-साधना गरी सिद्धि प्राप्त गरेका थिए। त्यसैले यस स्थानलाई नागार्जुन पर्वत भन्ने गरिएको पाइन्छ र ल्हुति पूणिर्माका दिन बाइसधारामा स्नान गरी यही जामाचोमा मृत आफन्तको नाममा बत्ती बाल्ने परम्परा रहिआएको छ।
 
बालाजु बाइसधाराकेा जात्रामा पूर्णेको अघिल्लो दिनमै यहाँका बौद्ध स्तुपमा भक्तजनहरू आउँछन् र रातभर दिवंगत आत्माको मुक्तिका लागि बत्ती बाल्ने गर्दछन्। भोलिपल्ट चैतपूर्णिमाको बिहान सबेरै बालाजुको बाइसधारामा स्नान गरी स्वयम्भू स्तुपको ज्योतिको दर्शन गर्दछन्। साथै नागार्जुन स्तुपको पनि दर्शन गरी दिवंगत आत्माका बत्ती पुनः बाली र्फकने चलन यद्यपी रहिआएको छ।
 
यस दिन नुवाकोटको कडेल्चोक भगवतीलाई पनि बालाजुमा ल्याई यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलिद्वारा देवीको पूजा गर्ने परम्परा रहिआएको छ। त्यसपछि केही दिनसम्म उक्त भगवतीलाई यहीँ राख्ने परम्परा छ।
 
त्यस्तै मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसङ्ग देखिन आएको छ। ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ। यस दिन बालाजुको बाइसधारामा स्नान गरेर मनमैजु देवीको दर्शन गरेमा आफूले चिताएको कुरा पुग्छ भन्ने जनविश्वास छ।
 
ल्हुतिपूणिर्माका दिन बाइसधारामा मात्र होइन अन्यत्र धेरै स्थानमा पनि जात्रा मेला पर्दछन्। विभिन्न जात्रा र पर्व पर्ने भएकाले यस ल्हुति पूणिर्माको महìव पौराणिक ग्रन्थहरू ल्हुतितीर्थ माहात्म्य, स्वल्पाक्षरा, प्रज्ञापारमिता, भोट भारती ग्रन्थमाला, साधनामाला, राहुल सांकृत्यायनको पुरातत्त्व निबन्धावलि जस्ता ग्रन्थहरूमा विशेष उल्लेख छ। [१]

फर्पिग 

 
टोखा सरस्वती नेपालको बागमती अञ्चल अन्तर्गत काठमाडौं जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो।
टोखा सरस्वतीलाई टोखा का नामले पनि चिनिन्छ। जुन प्राचिन नेवार सामुदायले भरिएको एक सुन्दर सहर हो। काठमाडौको उत्तरी प्रबेशद्वारको रुपमा चिनिएको प्राचिन सहर टोखा, टोखाचाकु ले प्रसिद्ध छ। यस बाहेक बैशाख १ गते मनाईने सपनातिर्थ मेलाले पनि प्रख्यात छ।
नेपालको सन् २०११को जनगणना अनुसार टोखा सरस्वतीमा ११८९ घरहरू र जनसंख्या ५१५२ छ ।
टोखामा मनाइने मुख्य चाडपर्वहरू
टोखा बिस्केट जात्रा
देवाली पुजा
सिथि नख:
ह्वोगं जात्रा
घण्टाकर्ण जात्रा
श्रीक्रिष्ण जन्माष्टमी
इन्द्रजात्रा
गाईजात्रा
दशै
खंण् द्य जात्रा
योमरि पुन्हि
हरमार पुन्हि
घ्युचाकु सन्हु
शिवरात्रि
लखद्य सन्ङ्क्टामाई जात्रा
धेरै नै सम्भावना भएको यस ठाउाँमा एकपल्ट भएपनि पुग्नै पर्छ ।

नुवाकोट जिल्ला

अञ्चल: बागमती अञ्चल

सदरमुकाम:     बिदुर

क्षेत्रफल: १,१२१ वर्ग कि.मि.

जनसंख्या:     

गाविस संख्या:   ६१

नगरपालिका(हरू): बिदुर,

संविधानसभा निर्वाचन क्षेत्र संख्या:  ३

भौगोलिक अवस्थिति:     पहाड

सबै भन्दा अग्लो स्थान:  मिटर

सबै भन्दा होचो स्थान :  मिटर

प्रमुख जातिहरू:  तामाङ,नेवार,क्षेत्री,ब्राह्मण,कामी,मगर आदि

प्रमुख भाषाहरू:  नेपाली,तामाङ,नेवारी,मगर शेर्पा आदि

मानव विकास सूचाङ्क स्थिति:    (७५ जिल्लाहरू मध्ये)

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न•३ अर्न्तगत राजधानी काठमाडौंंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले सज्जित जिल्ला हो ।

भूगोल

नेपालको कुनै पनि अञ्चलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगालिक विभाजन अनुसार पहाडी प्रदेशमा अवस्थित यो जिल्ला झण्डै अर्ध चन्द्राकार रूपमा पुर्ब-पश्चिम फैलिएर रहेको छ। यस जिल्लामा उच्च पहाडी क्षेत्रको यठार, हिमालको दक्षिणी ढाल, पहाडी क्षेत्रको बिचमा यत्रतत्र छरिएर रहेका समथर बेंसी र टारहरू लगाएतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। भौगालिक बनावट पहाडी भू-भागको अंश ७१ प्रतिशत, लेकाली भू-भागको अंश १८ प्रतिशत तथा टार, बेंसी र समथर भू-भागको अंश ११ प्रतिशत रहेको छ। नेपालको मानचित्रमा नुवाकोट जिल्लाको अवस्थिति २७४५' देखि २८२०' उत्तरी अक्षांशसम्म र ८५०' देखि ८५४५' पुर्बी देशान्तरसम्मको फैलावटमा रहेको छ। समुद्रसतहबाट न्युनतम ४५७' मिटरदेखि अधिकतम ५१४४' मिटर उचाईसम्म भू-धरातल रहेको यस जिल्लाको क्षेत्रफल ११२१ वर्ग किलोमिटर छ। जिल्लाको समग्र भू-धरातलिय हिसाबमा मुख्यतः तीन भागमा विभाजन गर्न सकिन्छ।

इतिहास

राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहद्वारा तत्कालिन अवस्थामा नेपाल उपत्यका र गण्डकी तथा कर्णाली पारीका बाइसे-चौबीसे भनिने स-साना राज्यहरूलाई मिलाई एकीकृत र समुन्नत नेपाल राज्य खडा गर्ने उत्कृष्ट अभिलाषा व्यक्त गरिएको थियो। यही क्रममा उपत्यकाको पश्चिम तर्फको मुल ढोका र तिब्बतसँग व्यापार गर्ने मुख्य नाकाबाट अभियान शुरु गरियो। त्यसैबेला कान्तिपुर अधिनस्थ नुवाकोटलाई एउटा बलियो सामरिक किल्ला मानिन्थ्यो। जसको फलस्वरूप तेस्रो पटकको व्यापक तयारी पछि गरिएको आक्रमणबाट मात्रै वि.सं. १८०१ मा गोरखालीको विजय भयो।

 

नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मा इन्द्रजात्राको दिन कान्तिपुर सहर गोरखाली सेनाको हातमा पर्‍यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१ मा बडा महाराजको स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी राजाका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। यद्यपि भारतमा साम्राज्य फैलाईरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७ मा सम्पन्न सुगौली सन्धिका कारण नेपालले पुर्बमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरू गुमाउनु पर्‍यो।

 

यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्घ हुन गयो। यद्यपी इ.सं.१८५७ मा भारतका सिपाही बिद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले अङ्ग्रेजलाई महत्वपूर्ण सैनिक सहयोग उपलब्ध गराए बापत हालका चार किल्ला बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फिर्ता भएको थियो। तसर्थ नेपालको वर्तमान स्वरूप निर्माणमा थुप्रै साहसिला वीर शासकका साथै बहादुर सैनिकहरूको महत्वपूर्ण भूमिका रहेको स्वत स्पष्ट छ। यस एकीकरण अभियानमा गोरखापछि नुवाकोट विजयले सफलताको द्वार खोलिदिएको तथ्य छिप्न सक्तैन। राजा पृथ्वीनारायण शाहको वि.सं. १८०१ देखि १८२५ सम्मको महत्वपूर्ण समय नुवाकोट मै व्यतित भएको थियो।

 

गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने महत्वपूर्ण मार्गका रूपमा हात्तिगौंडा, र्राईसिंङ्ग, कागुने, सामरी, थर्पु, कटुञ्जे, व्याङ्रुङ, पालुङटार, आरुघाट भएर गोरखा बजार पुग्ने परम्परागत पैदल बाटोलाई मानिन्छ। जुन मार्ग भएर गोरखाली सेनाहरू महिनौ अघि आक्रमणको तयारीका लागि त्रिशुली बजारमाथिको खिञ्चेत बगैंचामा आई बसेका थिए। खिञ्चेत बगैंचा त्यही पबित्र स्थान हो जहाँ बिश्व प्रसिद्ध पुकार भण्डारीको जन्म भएको थियो । हाल यश स्थानलाई खिबोजको नामले चिनिन्छ । यसप्रकार महिनौदेखि प्रशिक्षण र भारतको बनारसबाट नयाँ हातहतियार, गोली गठ्ठा खरीद जस्ता व्यापक तयारीले लडाईंलाई सफल तुल्याएको देखिन्छ। नुवाकोट हात परेपछि मल्लकालिन दरबार मन्दिर कायमै राखी गोरखाली राजाले सामाजिक तथा आर्थिक क्रियाकलापलाई बढावा दिए।

 

पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्ववसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सात तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माण तर्फ सरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुरे जात्रा (नुवाकोट) लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइँ जात्रा, टाकटुके जात्रा र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरण सँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाई सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै इन्द्रचोक, ब्रह्मटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय सात तले नुवाकोट दरबारको निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।

नामाकरण

नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपाल वंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गएको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको हो |
 

 नेपाली विकिपिडियाबाट

 
 
 
 नेपाली विकिपिडियाबाट
 
 
 
 

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

१. अमात्य २.भडेल ३. देवज्ञ ४. द्वा ५. जोन्छे ६.खोंजु ७.मानन्धर ८.नकर्मी ९.प्रधान १०.राजोपाध्याय११.शिल्पकार १२.थकूलवाट १३.अवाले,अवाल१४.भजु १५. दलि १६. फैजु १७. जोशी १८.खोेसिं १९.मास्के २०.नापित २१.प्रधाना्ड २२.शर्मा २३.शिवाचार्य २४.थान्जु २५. बदगामी २६. भौमिखा २७.डंगोल २८.गाइजु २९. जुवाल ३०.कोजु ३१.माथेमा ३२.नेमकुल ३३.प्रजापति ३४.राजथला ३५.सुवाल ३६. तुुइतुइ ३७ .बैदार ३८.भोछिभोय३९. देउला ४०.गोंगल ४१. कक्षपति ४२.ख्वाउजु ४३.मूल ४४.न्याछ्यो ४५.पुजारी ४६. रामुदामु ४७. सिंह,सिं ४८.तुलाधर ४९ .बैद्य ५०.भुजु ५१.धाख्वा ५२. र्खाली ५३. कंसाकार ५४.लाभाजु ५५.मुलेपति ५६.न्याइच्याई ५७.पुतवार ५८.रंजितकार ५९.स्थापित ६०.उदास ६१ .बजिमय ६२.बिजूक्छे ६३.धौबन्जा ६४.गोसाई ६५.कारञ्जित ६६.लाकौल ६७.मुल्मी ६८.वन्त ६९.रघुवंशी ७०.राया ७१.श्रेष्ठ ७२.गजनथछें ७३. बज्राचार्य ७४ .बुद्धाचार्य ७५. धौभडेल ७६.गोसली ७७.कर्माचार्य ७८. लाखे ७९.मुनाकर्मी ८०.पाछै ८१.रजक ८२.साहूखल ८३. तमी ८४.उलक ८५ .बलामी ८६. ब्यांजु ८७. धौजल्य ८८.गुरुवाचार्य८९.कसजु ९०.लिगल ९१.मुनंनकर्मी ९२.पहरी ९३.राजवंशी ९४.शैजु ९५.तमोट ९६ .बनेपाली ९७. चक्रधर ९८. धवा ९९. ग्वंग १००. कायस्थ१०१.मधिकर्मी १०२.मुनिकार १०३.पलाञ्चोके१०४.राजभण्डारी१०५.साखः १०६.ताम्राकार १०७ .बनिया १०८. चाकुबजी१०९.ध्वंजु ११०. हाच्छेथु १११. खड्गी ११२.महर्जन ११३.मुस्याचु ११४.पालिखे ११५.राचल ११६.शाही ११७.तण्डुकार ११८.बासुकला ११९. चित्रकार१२०. दिपकार१२१. हाडा १२२ .खें १२३.मालाकार,माली१२४.नायजु १२५.पात्रवंश १२६.राजकर्णिकार१२७.शाक्य १२८.तौजल्य १२९. बाती १३०. चुके १३१. दुवाल १३२. हेंजु १३३. खिचाजु १३४.मल्ल १३५.नगरकोटी १३६.पिया १३७.राजलवट १३८.शिख्राकार १३९.थैव