परिचयललितपुरठेचो गोदावरी बज्रबाराहीलुभु
 ललितपुर
राष्ट्र  :-  नेपाल
अन्चल :-  बागमती
जिल्ला :- ललितपुर
क्षेत्रफल जम्मा :- ३८५ वर्ग किमी 
जनसंख्या जम्मा :-३,३७,७८५    (२०५८)
अबनति :-  अग्लो २८३१ मी   ( होचो ४५७ मी )
अक्षांश,देशान्तर :- 

ललितपुर जिल्ला

ललितपुर सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलमा रहेको काठमाडौं उपत्यकाका तीन जिल्लाहरू मध्ये ऐतिहासिक तथा पुरातात्विक रूपले सम्पन्न जिल्ला हो। नेपालको मानचित्रमा ७५ जिल्लाहरू मध्ये ललितपुर जिल्लाले आफ्नो गौरवमय प्रतिष्ठालाई परिचित गराएको छ। धार्मिक रूपले पनि प्रसिद्ध कृष्ण मन्दिर, अशोक स्तम्भ, महाबौद्ध, पाटन दरवार क्षेत्र लगायत विभिन्न मठ, मन्दिर, पाटि-पौवा र स्तम्भहरू पनि यस जिल्लामा रहेको हुनाले विश्वमा नै ललितपुर जिल्ला प्रख्यात रहेको छ। यस जिल्लाको भौगोलिक बनावट, हावापानी, वन-जङ्गलको विविधता, नदी-नाला र ताल, विभिन्न जनजातिहरूको रहन-सहन, भेष-भुषा आदिको विविधता रही यस जिल्लाले आफ्नै ऐतिहासिक महत्त्व बोकेको छ।
 
यस जिल्लाको ऐतिहासिक पृष्ठभूमितर्फ नियाल्दा लिच्छवीकालमा यसलाई यूपग्रामद्रङ्ग भनिन्थ्यो। लिच्छवीकालका जनताले त्यसवेला प्रायः एकै ठाउँमा गुजमुच्चिएर नबसी छरिएर आनन्दसँग बस्ती बसाएर रहने इच्छाले विभिन्न भेकमा संगसंगै जस्तै अनेक विकसित ग्रामहरू बनाएर त्यसलाई जोड्ने मूल सडक बिच-बिचमा मान बिहार आदि अनेक प्रसिद्ध विहारहरू बनाएका थिए। पछि यी ग्रामहरू र बिहारहरू संगै गांसिएपछि एक शहरको रूप लियो। पहिलेकाग्रामहरू पछि टोलको रूपमा परिणत भए। ठूल-ठूला कमलपोखरीहरू धारा पाटीपौवा उद्योग व्यवसाय आदिले गर्दा रमणीय शहरको रूपमा परिणत भएपछी यसलाई ललितपुरको नामाकरण गरेको हो भन्ने उल्लेख पाइन्छ।
 
त्यस्तैगरी पौराणिक कथाअनुसार एक समय उपत्यकामा १२ वर्षसम्म जलबृष्टि नभै सुख्खा परेको हुनाले त्यसबाट छुटकारा दिलाउन मत्स्येन्द्रनाथले मात्र सक्ने भन्ने निधो भएपछी भक्तपुरका राजा कान्तिपुरका आचार्य र ललितपुरका एक कृषक ज्यापू भारतका आसाम प्रदेशको कामारुकामक्षमा गई साधनाको बलले उपत्यकामा ल्याएको मत्स्येन्द्रनाथलाई कुन नगरमा स्थापित गर्ने भन्ने विषयमा तिनवटै नगर बिच मतभेद हुँदा तिन नगरको सबैभन्दा बयोवृद्ध जो छ त्यसलाई निर्णय गराउने निधो भएछ। त्यस अनुसार ललितपुरका ललित भन्ने एक कृषक बढी उमेर भएकोलाई ७ ओटा ओखलमाथि चढाई उपस्थित जनसमूहलाई निर्णय सुनाउन लगाउँदा उनले भक्तपुरका राजा तथा कान्तिपुरका आचार्यको भूमिका समेत वास्ता नगरी मत्स्येन्द्रनाथ बोकेर ल्याउने मानिस ललितपुरको भएकोले सोही व्यक्तिको नगरमा स्थापित गर्नुपर्दछ भनी निर्णय दिएको हुँदा सातैवटा ओखल समेत उक्त वृद्ध भासिएको हुनाले उक्त स्थानलाई ललितपत्तन भन्ने नामाकरण गरिएको थियो। कालान्तरमा सोही ठाउँको नामवाट ललितपुर तथा पटन भन्ने नामहरू देखा परेको भनिन्छ। त्यस्तै गरी अर्को किम्बदन्ती अनुसार ललितारण्य भन्ने वन फाँडेर वस्ती विकास गरिएको हुनाले उक्त नगरलाई ललितपुर भनिएको हो पनि भनिन्छ।
 
जनसंख्या
२०५८ सालको जनगणना अनुसार यस जिल्लाको जनसंख्या ३,३७,७८५ मध्ये १,६५,३३० (४८.९५%) महिला र १,७२,४५५ (५१.०५%) पुरुष रहेका छन्। विगत १० वर्षको अन्तरालमा जनसंख्या ८०,६९९ जनाले व्रीद्धी भएको छ। यस जिल्लाको वार्षिक जनसंख्या व्रिद्धिदर २.७३% रहेको छ भने लैङ्गिक अनुपात १०४.३१ रहेको छ। यस जिल्लाको जनघनत्व ८५९.८५ वर्ग कि.मी. रहेको छ। यहाँको घरधुरी संख्या ६८,९२२ रहेको छ भने औसत परिवार संख्या ४.९० रहेको छ। यहाँको जनसंख्या नेपालको जनसंख्याको १.४६% रहेको छ। साथै यहाँको शहरी जनसंख्या १,६२,९९१ छ भने ४१ वटा गा.वि.स. हरूको जनसंख्या १,७३,६३६ रहेको छ।
 
इतिहास
काठमाडौं उपत्यकाको प्रसिद्ध तीन शहरहरू मध्ये ललितपुर सवभन्दा पुरानो शहर मानिन्छ। यस शहरलाई प्राचीन कालदेखि हालसम्म समय अनुसार विभिन्न नामले चिनिदै आएको छ। जस्तै यल, युपग्राम, ललितपत्तन, ललितपुरी, मानिङ्गल, पाटन आदी। साहित्यिक श्रोत र जनश्रुतिअनुसार ललितपुर शहर किरातकालमा नै स्थापना भैसकेको थियो। उक्त जनश्रुति अनुसार ललितपुरको अर्को नाम "यल" पहिलो किराती राजा यलम्वरको नामबाट राखिएको हो। जनश्रुति तथा यहाँको रीतिरिवाज पनि ललितपुर शहर र किराँतहरूको प्राचीन सम्वन्ध देखाउन सहयोग गर्दछ। क्वालखु स्थित पट्को डोँ (किरात दरवार -), ८०० किराती मारिएको ठाउँ भनि चिनिने च्यासल, हालसम्म पनि किरातिहरू वर्षको एकपटक आई पूजा गर्नु पर्ने त्यागल स्थित सिद्धिलक्ष्मी मन्दिरको परिसरमा रहेका देवताहरू, तिखिदेवल स्थित शिवजीको मन्दिर आदिले किराँत र ललितपुरको प्राचीन सम्वन्ध थियो भन्ने प्रष्ट हुन्छ।
 
यस शहरको प्राचीनताको बारेमा प्रमाणित रूपमा प्रकाश पार्ने पुरातात्विक श्रोतहरूको अभाव छ। तर केही वंशावलीहरूले भारतका मौर्य सम्राट अशोकर् इ.पू. २५० तिर काठमाडौं उपत्यकाको भ्रमण गरेको र उनले ललितपुरको चारकुना चार र विचमा एक समेत गरेर पाँच स्तूपको स्थापना गरेको कुरा उल्लेख गरेका छन। हालसम्म पनि ललितपुर चारदिशामा चारवटा प्राचीन स्तुपहरू रहेका छन। जुन अशोक स्तुपको नामले प्रख्यात छ।
 
ललितपुर क्षेत्रमा प्राचीन समयदेखि नै बस्ती बसिसकेको र एउटा केन्द्रको रूपमा विकास भैसकेको कुरामा दुइमत छैन। लिच्छविकालमा यो क्षेत्र युपग्राम नामले चिनिन्थ्यो। यहाँ पूर्व दिशामा दीपावती नगर (गईट) दक्षिण दिशामा मतीनगर (लगनखेल), पश्चिम दिशामा शिलापुर दानागिरि (पुल्चोक), उत्तर दिशामा ललितारण्य (कुम्भेश्वर) र मध्य भागमा स्वस्तिक आकारको मंगलबजार रहेको बर्णन पाइन्छ। त्यस्तैगरी पूर्व दिशामा श्री बालकुमारी, दक्षिण दिशामा बटुकभैरव र श्रीमहालक्ष्मी, पश्चिम दिशामा खड्गयोगिनी र उत्तर दिशामा चामुण्डादेवी रहेको छ। लिच्छवी कालका पुरातात्विक श्रोतहरू अभिलेख, मूर्ति, ढुङ्गेधारा, जलद्रोणी आदि प्रसस्तै मात्रामा प्राप्त भएबाट लिच्छविकालमा ललितपुर पूर्ण रूपमा विकास भै सकेको बुझिन्छ। यहाँ रहेका २४ वटाभन्दा बढी लिच्छविकालिन शिलालेख, पहिलो शताव्दीको च्यासलको गजलक्ष्मी, हौगलको हारती, बगलामुखिको मातृकाहरूको मूर्ति, सिकुबहीको उमामहेश्वर, चण्डेश्वरी मन्दिर अगाडीको उमामहेश्वरको मूर्ति, खपिँछे भैरब मन्दिरको परिसरमा रहेको शिलालेख सहितको जलद्रोणी, अभिलेख सहितको ढुङ्गेधारा आदि प्राप्त भएबाट लिच्छविकालको युपग्रामको बनौट कला कौशल केही विकास हुन्दै आएको बुझिन्छ। हालसम्म यस ललितपुर उप-महानगरपालिका क्षेत्रमा २४ वटा लिच्छविकालका शिलापत्रहरू पाइएका छन। आजसम्म प्राप्त शिलालेखहरू मध्ये पहिलो अभिलेख स्वथ टोलको संवत् ४११को अभिलेखलाई पनि लिन सकिन्छ।
 
त्यस्तैगरी पाटन बाहालुखाको सम्वत ४३५को दण्डनायक र र्सवदण्डनायकको उल्लेख परेको छ भने सम्वत् ६७को नरेन्द्रदेवको अभिलेखमा युपग्राम, भट्ट र माप्चोक अधिकरणको अधिकार हर्टाईएको ब्यहोरा परेको छ। यहि लिच्छविकालको युपग्राम नै पछि गएर पाटन तथा ललितपुर भन्न थालियो। यल, पाटन, ललितपटन, ललितापुरी, ललितपुर, मनिङ्गल आदि नामले प्रख्यात यस नगर मल्लकालमा छुट्टै राज्यको रूपमा रहेको थियो। मध्यकालको बौद्ध धर्म र संस्कृतिको केन्द्रको रूपमा विकास हुनुको साथै कला र संस्कृतिको दृष्टिबाट महत्वपूर्ण केन्द्रको रूपमा रहिरह्यो। यसैले आज यस नगरलाई City of fine Artsको नामले चिनिन सफल भएको हो। ललितपुर नगरका भौतिक सम्पदाको प्राचिनता बारे धेरै अगाडिसम्म पुग्नसक्ने प्रमाणहरू नपाइएता पनि मल्लकालको पूवार्धमा बनेका सम्पदाहरू हालसम्म पनि जीवित नै रहेका छन्। बंशावली तथा अन्य केही स्रोतहरूले वरदेवको हजुरबाबुले -राज प्रसाद) दरबार बनाइएको, सन् ११७६ रुद्र देवले पाटन दरबारको एक चोक निर्माण गरेको उल्लेखहरू पाइएको छ।
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
 
 

 

ठेचो संक्षिप्त चिनारी
                                                                                                                                                                  कल्पना महर्जन
 
ललितपुरको लगनखेल बसपार्कमा ६ किमी दक्षिणतिर करिब १३ हजार ५ सय रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक, ऐतिहासिक तथा साँस्कृतिक सम्पदाले भरिपूर्ण ठेचो गाविस अवस्थित छ । ठेचो गाविसमा १,३१२ घरधुरी रहेका छन् । यहाँको कुल जनसंख्या ६,६२६ रहेको छ। जसमध्ये महिलाको संख्या, ३,९३० र पुरुषको संख्या ३,६९७ रहेको छ । यहाँ महिाल ४०५ र पुरुष ३४८ जम्मा गरी ७५३ जना साक्षर छन् भने ७० महिला र ३४ पुरुष गरी जम्मा १०४ निरक्षर छन् । विद्यालय शिक्षातर्फ हेर्ने हो भने मावि तहमा महिला १०१ र पुरुष १४८ गरी २४९ जनाले शिक्षा हासिल गरेका छन् भने उच्च शिक्षातिर महिला १४० महिला र १८७ पुरुष गरी जम्मा ३२७ रहेको छ । ठेचो गाविस खुवाको लागि प्रसिद्ध छ । तर ठेचोवासीहरुको अन्य व्यवसायतिर झुकाव बढिरहेकोले गर्दा परम्परागत खुवाको व्यवसाय लोप हुदैगइरहेको छ । हाल यस गाविसमा तेल, कार्पेट, दाना, घ्यू, कपी, फर्निचरको व्यवसायतिर आकर्षण बढिरहेको छ ।
यहाँ वार्षिकरुपमा नचाइने नवदुर्गा नृत्य नेपालको प्राचिन संस्कृतिमा आधारित छ । बा¥हवर्षे मेलामा ठेचोमा मानवबलि दिइन्छ भन्ने भनाई प्रख्यात भएपनि ठेचोवासीले मानवबलि दिएको देखेका छैनन् । ठेचो कोयलाछि वडा नं. ७ मा दुईतल्ले ब्रम्हायणी मन्दिर रहेको छ । सम्भवतः राजा श्रीनिवास मल्लको राज्यकालमा निर्मित ब्रम्हायणी पीठलाई स्थानीय बासिन्दाहरु निर्मित ब्रम्हायणी पीठलाई स्थानीय बासिन्दाहरु म्हासुख्वाः माजु भन्ने गर्दछन् । झिंगटीको छाना भएको यस ब्रम्हायणी मन्दिर अगाडी मयूर स्तम्भ र बौद्ध चैत्य पनि रहेको छन् । सोही देवस्थलको लहरै प्रख्यात दुईतल्ले नवदुर्गा द्यःछेँ रहेको छ । 
ठेचो वडा नं. २ मा अवस्थित तीनतल्ले बालकुमारी मन्दिर अर्को आकर्षक सम्पदा हो । ठेचोको मुख्य देवी राजा श्रीनिवास मल्लको राज्यकालमा स्थापित बालकुमारी मानिन्छ । बुद्ध पोखरी हुँदै भैरव मन्दिरबाट ठेचोभित्र प्रवेश गर्दा कलात्मक भ्वय्छेँ चोकमा बुद्ध चैत्यसहित तीनतल्ले बालकुमारी मन्दिरमा पुगिन्छ । हाल यो मन्दिर ‘ज्यापु गुथि खलः’ को व्यवस्थापनमा सञ्चालित छ । कुनै स्थानीय बासिन्दाको देहान्त भएमा वर्षभरि गर्नुपर्ने विधिविधान सकिएपछि मृतकको नाउँमा देवतालाई तामा वा पित्तलको भाँडाकुँडा चढाउनुपर्ने परम्परा छ ।
ठेचोमा प्रत्येक वर्ष धान्यपूर्णिमाको दिन नवदुर्गा, ब्रम्हायणी, भैरव, बालकुमारी लगायतका स्थानीय देवीदेवताको भव्य जात्रा हुने गर्छ । तर ठेचोलाई १२ वर्षे नवदुर्गागण नृत्य (गथु प्याखं) ले प्रख्यात बनाएको छ । नृत्य शुरु हुनुभन्दा एकवर्ष अगाडीदेखि श्रावण कृष्ण त्रयोदशीदेखि नै यसको तयारी शुरु हुन्छ । सिंघिनी, व्याघ्रिनी, वाराही, भैरव, अजिमा (दक्षिणकाली), मनमय्जु (महालक्ष्मी), म्हासुख्वाः माजु (ब्रम्हायणी), कुमारी, वाउँख्वाःमाजु (विष्णुदेवी), गणेश र तुयुख्वाः माजु (गंगादेवी) को मुकुण्डो, गहना, लुगा र आँगद्यः रहेको नवदुर्गा मन्दिरभित्र हाँस, कुखुराको बलि दिई भोज खाइसकेपछि एक महिनासम्म मूलढोका बन्द गरी ताला लगाउने गरिन्छ । यसै समयदेखि ठेचो गाउँभरि बाजा बजाउन, बिहे व्रतबन्ध गर्न र इष्टमित्र आफन्तलाई देश घुमाउने, राति बास दिन नहुने परम्परा छ । भनिन्छ, यस अवधिभित्र एक न एक अपरिचित व्यक्ति दही चिउरा खान मन लाग्यो भनी यहाँ आउने गर्छ । सोही व्यक्तिलाई १२ वर्षे जात्रामा नवदुर्गा देवीलाई बलि दिने गरिन्छ भन्ने आमधारणा रहेको छ । 
गणनृत्यका लागि देवता जगाउनुअघि लेलेको तीनपानी भञ्ज्याङ्गबाट आगसिँ काठ ल्याई नवदुर्गा मन्दिरको चोकमा नाच सिकाउन छाप्रो बनाइन्छ । सोहि राति संघिनी, व्याघ्रिनीलाई ठेचोको ह्याउँन्याँ पोखरी, भैरवलाई छप्पी दह, दक्षिणकाली अजिमा र मनमयजुलाई ह्याउँन्याँ पोखरी, वाउँख्वाःमाजु धापाखेलको नागदह, गंगा र गणेशका लागि गलवल ठेच्वको जल ल्याई गोप्य पूजा गरी विधिपूर्वक मुकुण्डो र पोशाक लगाउने गरिन्छ । आश्विण महिनाको फूलपातीका दिन कुश्ले बाजाका साथ ३४ जना गुठियार सुनाकुथि पीठमा जीवित परेवा, भंगेरा, सर्प, राँगा, हाँस यज्ञकुण्डमा होम गरी डरलाग्दो यज्ञ सम्पन्न गरिन्छ । नवदुर्गागणका सबै देवीदेवताले राँगोको काँचै रगत पिउँछन् । ठेचोको बारेमा प्रचलित अनेक किंवदन्तीहरु मध्ये एउटा किवंदन्ती अनुसार परापूर्वकालमा नवदुर्गा नाच महर्जनरुले चलाउने समयमा आफ्नै छोरीको श्रीमान्लाई भोग लिएको र उसको हड्डीहरु झयाङमा फेला परेपछि दुःखी बनेकी उक्त महिलाले आफ्नै छोरीको श्रीमान् भोग लिने यो परम्परा कुनै तल्लो जातमा जाओस् भनी श्राप दिए । त्यही श्रापको कारण हाल आएर यो नवदुर्गा नाच माली (गथु) हरुमा गएको भन्ने कुरा स्थानीयवासीहरु बताउँछन् । यस गाविसमा नवदुर्गामन्दिर, ब्रम्हायणी मन्दिर, बालकुमारी मन्दिर, भैरव मन्दिर, ढल्केश्वरमहादेव मन्दिर, भैरवेश्वर महादेव मन्दिर, फंगा पोखरी, बुद्ध पोखरी, ह्याउँन्याँ पोखरी, खाचा पोखरी, मन्दः पोखरी जस्ता ऐतिहासिक र धामिर्कक दृष्टिकोणले महत्वपूर्ण सम्पदाहरुले भरिपूर्ण यस गाविसले पर्यठकिय दृष्टिमा निकै महत्वपूर्ण सम्भावना बोकेको छ । यदि यस गाविसले पर्यटकहरुलाई आकषिएत गर्नेतिर आफ्नो पाइला बढाउने हो भने चाँडै सफलता पाउनुका साथै बेरोजगार स्थानीय युवाहरुको लागि रोजगारको अवसर पनि सृजना गर्नेछ ।
(स्रोत- मतिना अंक १२)
 

 l


                गोदावरी नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो। भौगोलिक वनावट, हावापानी, वनजङ्गल, नदीनाला र ताल, विभिन्न जनजातिहरुको रहनसहन, भेषभूषा आदिको विविधताले गर्दा यस गाँउ विकास समिति विशिष्ट महत्व बोकेको छ । गोदावरी एक धार्मिक र पौराणिक स्थल रहिआएको छ। यो गा.वि.स निर्वाचन क्षेत्र नं ३ मा पर्छ। काठमाडौँको सातदोबाटो चक्रपथबाट आठ किलोमिटर पर ६। यस् ठाउँ पर्यटकिय स्थल हो जाहा पर्यटक आवत जावत गर्छन्। यस् गाउ बिकास समिती अन्तर्गत १० वडा रहेका छ्न।यो गबिस मा काठमाडौं उपत्यकाभरिमा धेरै पानि पर्ने ठाउँ भनेर मानिन्छ।


 l
lalitpur
नयाँ जनसंख्यालाई जोड्दा बुढानिलकण्ठ नगरपालिकाको कूल जनसङ्ख्या १,०७,९१८ हुन्छ।
 

 1

 
                   लुभू नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको २२ वटा गाबिस मध्ये एक गाँउ विकास समिति हो। ललितपुको मंगलबजार हुँदै तेटास्तुप चक्रपथ ग्वार्कोबाट छ कि.मी पूर्वको लुभुको बारेमा अनेकौ आख्यान जोडिएको साँस्कृतिक नगर मानिन्छ। धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय दृष्टिकोणले महतत्वपूर्ण रहेको लुभु समुद्री सतहबाट चार हजार दुई सय २६ मिटर उचाइमा रहेको छ। ने.सं. ५६७ कोयलाछी टोलको नारायण मन्दिरमा रहेको शिलालेख अनुसार राजा यक्ष मल्लको पालामा लुभु कोटनायक ह«दयराम मुल्मीको नेतृत्वमा एउटा बलियो किल्लाको रूपमा रहेको थियो। हंसग्रहद्रङ्गलाई लुभु भनिनुका आख्यानहरू मध्ये राजा सिद्धिनरसिंह मल्लका नाति राजा योगेन्द्र मल्ल( नें. सं. ८०४ ( ८२५ ) लाई एक पटक ललितपुरदेखि लुभुसम्म तुल विछ्याएर लगिएको थियो। राजाले लुभुमा ढकमक्क तोरीको फुल फुलेको देखेपछि खुशीले गद्गद् हुँदै थ्व थायँ ला लुँ बुँ खनि – यी ठाउँहरू त सुनको खेत रहेछ ) भनी ब्यक्त गरेछन्। त्यसैबेला देखि गाउँको नाउँनै लुँबुँ हुन पुगेको हो। अर्को आख्यान अनुसार गङ्गाको महारानी ने.सं. ६७२ तिर आफ्नो सुनको थाल बेची महालक्ष्मी महाभैरव जात्रा चलाउनुका साथै हंसगृहद्रङ्ग वस्तीलाई ब्यवस्थित रूपमा विस्तार गरेको हँदा लुँ( वसुन र भुँ – थाललाई लुँभुँ भन्ने गरेको बताइन्छ। कान्तिपुरका राजा शिवसिंह मल्ले ने.सं. ८०३मा पाटनमा विजय प्राप्त गरी निजका छोरा हरिहरसिंह मल्लाई राजप्रतिनिधिको रूपमा शासन गर्न लगाइएको लुँभुँ दक्षिणमा श्रृङ्गमती खोला, पश्चिममा गोदावरी खोला, उत्तरमा ढुङ्गे खोलाले घरिएको छ। च्वहिटी, लाछी हिटी क्वय हिटी तीन खण्डमा विभक्त लुँभुँलाई पूर्वमा लुखाखिखा, मुगः पुखु) पश्चिममा क्वने लुखा, उत्तरमा मचालुख लाछी – जहाँ गँगा महारानीक दरबार छ ) र दक्षिणमा नासः लुखासहित चारैतिर पर्खालले घेरी शहर बसाएको बताइन्छ। तर हाल पर्खाल भग्नावशेषमा परिण भएको छ। लुँभुँ ढोकाबाट गाउँ प्रवेश गर्नासाथ ने सं. ५७३मा स्थापित नारायण मन्दिर गराएको सरस्वती लाकेश्व्रको कलात्मक मन्दिर बाटोका दायाँ बायाँ चोक कुनामा देख्न सकिन्छ। नौ पिठ र चार तीर्थस्थलको रक्षा गरेको मानिने लुँभु देशको इष्टदेवी महालक्ष्मी, महाभैरव मन्दिर तीन तल्ले झिँगटीछाने पेगौडा शैलीयुक्त मन्दिर प्राचीन दरबार नजीक रहेको छ। लुँभुँ महालक्ष्मी महाभैुव रातो मच्छिन्द्र नाथको पाँग्रा भैरव भैरवी भएको कारण वुंगद्योको जात्रासँगै यहाँको पनि जात्रा सुरू हुने गरेको हो। मन्दिरको दोस्रो तल्लामा गणेश, महालक्ष्मी कुमार, महाभैरव र कुमारीको पाँच देवीदेवताका शिर ख्वापा पुज्ने प्रचलन रहेको छ। ने.सं. ६३२मा भारो अर्थात श्रेष्ठ समाजले निमार्ण गराएको महालक्ष्मी महाभैरव देवस्थल लुँभुँका ९ पिठ मध्ये प्रमुख मानिन्छ।ने सं. ९९८मा जीर्णोद्धार भएको महालक्ष्मी महाभैरव मन्दिरवरिपरि पोखरी, ढुङ्गेधारा रहेका छन्। लुँभुँमा रहेका प्राचीन सम्पदा मध्ये गोभ्रातेश्वर महादेव पनि एक हो। देवताका रूपमा सादा लामो बाङ्गोढुंङ्गा पुजिदै आएको छ। लिच्छवीकालमा राजाको नाउाँपछाडि देव राखी सम्मान प्रकट गरिन्थ्यो भने देव अर्थात राजाभन्दा पनि अलौंकिक ठूलो ईश्वरलाई महादेव भन्न थालिएको हो।लुँभुँमा रहेको यो महादेव मन्दिर पाटनको महाबुद्धजस्तै शिखर शैलीमा निमार्ण गरिएको छ। गोभ्रातेश्वर महादेवका सम्बन्धमा जोडिएको अनेकौं अलौंकिक आख्यानहरू मध्ये कामधेनु गाईको पशुपतिनाथको आराधना गर्दा आफ्नै गोवरमा महादेवको दर्शन दिएको हुँदा गोभ्रातेश्वर भन्ने गरिएको सर्वाधिक चर्चित छ। वैशाख शुक्ल, अक्षय तृतीया र मंसिर पूर्णिमा चोमरी र दुवाल ज्यापुहरूले नुहाई धुवाई पवित्रबसी , नङ काटी एक्लै सुत्ने र सेतो जामा पहिरिएर जात्रा लाउनुप¥थ्यो। हाल राणाकालमा भारतीय भट्ट ब्राम्हण झिकाएर हिन्दुस्तानी परम्परा अनुरूप पूजा गराउने प्रथा लादिएको कुरा स्थानीय बासिन्दाहरू बताउँछन्। लँुभुँ महालक्ष्मी भैरव र गोभ्रातेश्वर मन्दिरबाट सिन्नेरी जाने बाटोछेउमा रहेको लुँभुँ देवी पिठलाई महालक्ष्मी महाभैरवकी आमा भनी पुकार्ने गरिन्छ। कथाअनुसार गंगा महारानी राज्यकाल ने.सं. ६०८मा लुँभुँ देशभरिका जनतालार्य गलगाँडले सताएछ। कारण पतालगाउँदा गोभ्रातेश्वर महादेवको शिरमा महालक्ष्मी पिठ रहेकोले हो भनी तान्त्रिकहरूले दिएको चेतावनीलाई मध्यनर राखी सो पिठलार्य हाल तीनतल्ले पेगौडा शैलीकोम महाभैरव महालक्ष्मी लायकुनजीक सारिएको बताइन्छ।पुरानो महालक्ष्मी महाभैरव पिठ खुल्ला रमणीय फाँटमा आयतकार भुइतल्ले शैलीमा रहेको छ। नौ पिठ मध्ये एक मानिने यस माता पिठको निमार्ण राजा हरिहर सिंह मल्ले अहिलेको रूप दिएको बताइन्छ। लुँभुँ धार्मिक, साँस्कृति, ऐतिहासिक पर्यटकीय दृष्टिकोणले मात्र नभई ग्रामीण पर्यटनको साथै शाहसिक खेल पर्यटनको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण रहेको छ।
 
 
 
 
 
 
 
 

 

 
 
 
 

ताजा अपडेट

भक्तपुर ≫ बोडे | ठिमी

काठमाडौं ≫ जमल

ललितपुर ≫ पाटन

    

संरक्षक
नाम:
फोन:

संयोजक 
नाम:
फोन:

संयोजक
नाम:
फोन:

सम्पादक
नाम:
फोन:

 

 
स्यस्यःसमाज               उदाय समाज ज्यापु समाज मेमेगु समाज      
१.जोशी ११.आचाजु २१.मल्ल ३१.दुगु ४१.फसि ५१.लाभाछा ६१.किसिमाक ७१.जाकिसो १.कसाः १.महर्जन १.बज्राचार्य ११.नकर्मी २१.मधिकर्मी ३१.धौबन्जा
२.पःमा १२.भंडेल २२. कल्हे ३२.वैद्य ४२.डोंफैं ५२.अमात्य ६२.कराङकुरुङ ७२.माथेमा २.ताम्राकार २.डंगोल २.राजकर्णिकार १२.हाडा २२.मुनिकार ३२.भुजु
३.भनि १३.कचिङ २३.भौ ३३.भुजिं ४३.महाभू ५३.टट्टु ६३.खाखिपुच ७३.कायस्थ ३.तुलाधर ३.सुवाल ३.बासुकला १३.शाक्य २३राजवंशी ३३.धाख्वा
४.खोसीं १४.डौंचंख २४. चाकु ३४.मिखुं ४४.वकूला ५४.शैजु ६४.नेपाखाचा ७४.बजिमय ४.बनिया ४.सिं ,५.मू ४.मुनंनकर्मी १४.नापित २४.ख्वाउजु ३४.न्याछ्यो
५.वन १५.विस्यत २५.ग्वंगः ३५.मास्के ४५.नेवाः ५५.ख्ये ६५.सिङख्वा ७५.पांयवजी ५.शिलाकार ६.प्रजापति ५.रञ्जिकार १५.कपाली २५.मानन्धर ३५.गोर्खाली
६.मुल्मी १६.प्रधान २६. साहि ३६.वांला ४६.चिपालु ५६.लाखे ६६.ध्वाकसिपो ७६.केमिख्य ६.स्थापित ७.अवाःल ६.राजोपाध्याय १६.तमोट २६.चित्रकार ३६.लाकौल
७.छुच्चुं १७.कसाछें २७.कसु ३७.तुकं ४७.सिवलों ५७.नेकु ६७.प्रधानाङ्ग ७७.धौभडेल ७.सिख्राकार ८.ग्वाला ७.ब्यञ्जनकार १७.शाही २७.कारंंजित ३७.लाखे
८.ख्याउं १८.सुल्प्या २८.मुस्या ३८.दुवा ४८.काउले ५८.सिंह ६८.राजभण्डारी ७८.सिङक्यो ८.सिन्दुराकार  ९.काबुजा ८.नगरकोटी १८.देउला २८.बलामी ३८.चक्रधर
९.जासि १९.न्याछ्यों २९.पाउंछा ३९.वोके ४९.छेन ५९.साखः ६९.कर्माचार्य ७९.लायलव ९.सेलालिक १०.लावत ९.ताण्डुकार १९.बनिया २९.उलक ३९.साहूखल
१०.श्रेष्ठ २०.मलेकू ३०.काकः ४०.वासिं ५०.मल्टा ६०.ढुसि ७०.राजवंशी     ११.पहि(पहरी) १०.गुरुवाचार्य २०.माली ३०.बिजूक्छे